साहित्यकार पदम विश्वकर्माको ‘यसपालिको दशै मान्न घरै आउनु कान्छा’ गीत सार्वजनिक (भिडियो)

दलित अनलाईन कार्तिक ३, २०७७

काठमाडौ— साहित्यकार पदम विश्वकर्माको ‘यसपालिको दशै मान्न घरै आउनु कान्छा ’बोलको गीत सार्वजनिक भएको छ ।
साहित्यकार पदम विश्वकर्माको शब्द र राम कार्कीको सगीत अनि कृष्ण भक्त राईको स्वरमा रहेको ‘यसपालिको दशै मान्नघरै आउनु कान्छा’ बोलको गीत सार्वजनिक भएको हो ।
यसपालिको दशै मान्न घरै आउनु कान्छा, कसैगरी टिका थाप्न घरै धाउनु कान्छा ,
घरै धाउनु कान्छा । यसपालिको दशै मान्न । ’
केटाकेटी लालाबाला कति खुशी होलान् , महिना दिनै बस्ने गरी छुट्टी ल्याउनु कान्छा ।
यसपालिको दशै मान्न ।
दशै विशेष बोलको  गीत युट्युवमार्फत सार्वजनिक भएको छ । अन्तर्रराष्ट्रिय साहित्य समाजका पूर्व अध्यक्ष पदम विश्वकर्मा अनवरत रुपमा नेपाली साहित्यको सम्वद्र्धन र प्रवद्र्धनमा लागि परेका छन् । अनेसास केन्द्रीय समितिमा दुई कार्यकाल अध्यक्ष भइसकेका विश्वकर्मा बोर्ड अफ ट्रस्टीको उपाध्यक्ष समेत भइसकेका छन् । नासो कम्युनिटी र ब्लड डोनर्स अफ अमेरिका गरी दुईवटा निकायको सल्लाहकारका रुपमा तथा जातीय भेदभाव विरुद्ध विश्वमञ्चको वरिष्ठ उपाध्यक्ष भइसकेका साहित्यकार पदम विश्वकर्मा ‘पदम विश्वकर्मा साहित्य प्रतिष्ठान’का अध्यक्ष हुन् ।
त्रिभुवन विश्वविद्यालय काठमाण्डौंबाट नेपाली साहित्यमा स्नातक र समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका उनले साहित्यकार डा. अम्वेडकर अन्तर्रराष्ट्रिय पुरस्कार–२०१८ लगायत केही विशिष्ट पुरस्कार तथा सम्मानहरु प्राप्त गरिसकेका छन् । विश्वकर्माको ‘तमसुक’ कथा संग्रह र शब्द सुमन कविता संग्रह  पुस्तक प्रकासित छ । यस अघि साहित्यकार विश्वकर्माको शब्दमा सोच तिम्रो शीर्षकको गीत सार्वजनिक  भइसको छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank