देशव्यापी रुपमा मुसहर उत्थान अभियान चल्ने

दलित अनलाईन १६ आश्विन २०७७, शुक्रबार २३:३७

काठमाडौं—पुस्तौँदेखि चरम गरिबी, रोग, भोक, शोक, अन्याय, अभाव, अत्याचार र अमानवीय जीवन जिउन बाध्य मुसहर समुदायको उत्थानको अभियानले थप गति लिने भएको छ । मुसहरको उत्थानका लागि गएको दशकयता चल्दै आएको ‘शक्तिहीनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियान’ (भोर) लाई अझै बढी सशक्त र प्रभावकारी बनाउने निर्णय भएको छ ।

अभियानले प्रदेश र जिल्लास्तरमा समेत समिति विस्तार गरेको छ । अभियान सन् २००९ देखि सञ्चालित छ । अभियानका अध्यक्ष पचुलाल माझी मुसहरले अभियानलाई देशव्यापी बनाउने उद्देश्यले प्रदेश र जिल्लास्तरमा समेत संयोजकहरू तोकिएको जानकारी दिए ।

‘जसको सवाल उसको नेतृत्व’ भनेझैँ मुसहरको उत्थान, क्षमता अभिवृद्धि र सशक्तिकरणका लागि मुसहरले नै नेतृत्व लिन थालेका छन् । अभियानको राष्ट्रिय संयोजकमा अनुप माझी, सूचना प्रविधि प्राविधिक संयोजकमा राजकुमार सदाय, प्रदेश एक संयोजकमा सुदेशी ऋषिदेव र भावना ऋषिदेव, प्रदेश दुई संयोजकमा धनिर सदाय र सलिता सदा र बागमती प्रदेश संयोजकमा सुन्दर सदा तोकिएका छन् ।

यस्तै, जिल्लातर्फ पर्सा संयोजकमा सनोज माझी, बारा संयोजकमा अस्मिताकुमारी माझी, रौतहट संयोजकमा नथुनी माझी, सर्लाही संयोजकमा महेश माझी, महोत्तरी संयोजकमा रामवेचन सदा, धनुषा संयोजकमा विजय सदा र अजय सदा, सिराहा संयोजकमा सुनिल सदा, सप्तरी संयोजकमा जयकान्त ऋषिदेव र प्रवीण सदा, सुनसरी संयोजकमा सुरज सदा, मोरङ संयोजकमा उषा ऋषिदेव, झापा संयोजकमा रेखा ऋषिदेव, उदयपुर संयोजकमा बनहु सदा र सिन्धुली संयोजकमा हरिलाल मुसहर चयन भएका छन् ।

अभियानलाई थप बलियो बनाउन समिति विस्तार गरी मुसहर समुदायको समग्र उत्थान अभियान सञ्चालन गरिने अध्यक्ष माझीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank