दलित महिला संघको माग : सरकार बलात्कारीलाई आजीवान कारावासको कानुन ल्याउ

दलित अनलाईन १५ आश्विन २०७७, बिहीबार २०:४४

काठमाडौं — देशभर दलित समुदायमाथि भएका हत्या , हिंसा र बलात्कारपछि हत्याका घटनाहरु बढिरहेको भन्दै दलित महिला संघ फेडोले बलात्कारीलाई आजीवन कारावासको सजाय हुने गरी थप कानुन बनाउन सरकारसँग माग गरेको छ ।
दलित महिला र दलित नाबालिकाहरुमाथि बलात्कार र बलात्कारपछिको हत्याका घटना बढेको भन्दै फेडोले सरकारसँग बलात्कारीलाई हदैसम्मको सजायको व्यवस्था गर्ने गरी थप कानुन ल्याउन माग गरेको हो ।

विहिबार दलित महिला संघ फेडोले माइतीघर मण्डलामा सम्झना कामी र देशभर भएका दलितमाथिको हत्या र बलात्कारको दोषीहरुलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनमा बोल्दै दलित महिला संघ फेडोकी महासचिव रेणु सिजापतिले दलित महिला र दलित बालिकामाथि बलात्कारका घटनाहरु बढेको भन्दै बलात्कार सम्बन्धि सरकारले कडा कानुन निर्माण गर्नुपर्ने बताईन ।

बलात्कारसम्बन्धी भएका कानुनहरुको फितलो कार्यान्वयन हुँदा समाजमा दिनप्रतिदिन बलात्कारका घटनाहरु बढेको दाबी गर्दै अपराधीलाई कानुनी कठघरामा ल्याउने गरी आजीवन कारावासको सजायसम्म हुने गरी थप कानुन ल्याउन सरकारसँग आग्रह गरिन् ।
दलित समुदायका महिला दिदी बहिनीहरु हरेक दिन हिंसा खेप्न बाध्य भएको भन्दै दलित अधिकारकर्मी सुनिता मरिक डोम र मीन स्वर्णकारले सरकारले बलात्कारीहरुलाई कडाभन्दा कडा सजाय हुने गरी कानुन ल्याउन माग गरे ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank