दलित अनलाईन छैठौं वर्षमा प्रवेश

दलित अनलाईन ३ आश्विन २०७७, शनिबार ०८:३२

देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ‘नेपालको संविधान २०७२’लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको थियो । यही संविधान जारी गरेको ऐतिहासिक दिनको शुभदिन सँगै हजारै वर्षदेखि मान्छे हुन संघर्षमा हुर्किएका दलित समुदायको मुक्तिको उज्यालो र आवाजविहिनहरुको खास आवाज दलित अनलाईन डटकमको जन्म भएको हो । यही ऐतिहासिक दिन नै दलित अनलाईन डटकमको जन्मोत्सवको दिन हो ।
आजदेखि दलित अनलाईन डटकम पाँचौं वर्ष पुरा गरेर छैठौं वर्षमा प्रवेश गरेको छ । संघर्ष र सफलताका यी पाँच वर्षमा दलित अनलाईनसँग प्रत्यक्ष–अप्रत्यक्ष जोडिनुभएका सबै पाठक, दर्शक, संघसंस्था, व्यक्तित्व, विज्ञापनदाता, पत्रकारलगायत सबै सुभेच्छुकमा दलित अनलाईन परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ । साथै वार्षिक उत्सवको यो सुखद अवसरमा आगामी वर्षहरुलाई पनि जनपक्षिय पत्रकारिताको बलियो मिडिया निर्माण गर्न दलित अनलाईन डटकम उस्तै लगन र स्वाभिमानका साथ लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछ ।

गरिब, उपेक्षित र सीमान्तकृत दलित समुदायको आवाज बोकेर हिँडिने कुनै पनि पाइला सहज हुँदैन । दलित अनलाईन डटकम पनि आफ्नो पाँच वर्षे यात्रामा अनेकौं कठिनाईको सामना गरेको छ । थुप्रै असुविधाको बीचबाट सानो टिमले शुरु गरेको दलितअनलाईनसँग शुरुवातमा आफ्नै विवेक र पसिनाको बल सिवाय केही थिएन । सबैभन्दा ठूलो शक्ति भनेको आत्मविश्वास र जनताको सत्य बोल्ने साहस हो भन्ने विचारलाई पक्रेर दलित अनलाईन पाँच वर्षसम्म संघर्षका असंख्य पाइलाहरु नेपाली समाजको हाइवेमा दर्ज गरिरह्यो । संचार विस्फोटको आजको युगमा छापा, टेलिभिजन, रेडियो लगायतका परम्परागत मिडियाको हुलमा अनलाइन मिडिया पनि दर्जनौंको संख्यामा मिसिन आइपुगेको छ । सत्यलाई असत्य र असत्यलाई सत्य सावित गर्ने हजारौं प्रयत्न हरेक दिन नेपाली मिडियाको दुनियाँमा ‘बिजनेस’ पनि चलिरहन्छ । यो चुनौतीलाई सामना गर्दै दलित अनलाईनले समुदायको पक्षमा सत्य बोल्ने बलियो शक्ति संस्थागत गरेको तथ्य नेपाली जनताका सामु राख्दा आज हामी गौरवान्वित महसुस गरिरहेका छौं ।

निकै भविष्यमै नेपाली मिडियामा दलित अनलाईन डटकमले आफ्नो छुटै परिचय स्थापित गर्न सफल हुनेछ । दलित अनलाईनलाई जनपक्षिय पत्रकारिताको एउटा पूर्ण मिडिया बनाउने हाम्रो प्रयत्नको यो एउटा नयाँ पहल हो । दलित अनलाइनलाई हामी छिटै नै एक बलियो श्रव्यदृश्य मिडियाका रुपमा विकसित गर्ने अभियानमा छौं । वैकल्पिक र जनपक्षिय पत्रकारिताको हाम्रो अविचल प्रयत्नलाई भविष्यमा पनि पाठक, दर्शक, सुभेच्छुक, विज्ञापनदाता लगायत सबैले उसैगरी साथ दिनुहुनेछ भन्ने हाम्रो अटल विश्वास छ । पाँचौं वार्षिक उत्सवको यो अवसरमा सबैलाई बधाई तथा शुभकामना ।

तथ्यको हत्या गर्ने र असत्यलाई नक्कली तथ्यको मुखण्डो लगाएर जनतालाई दिग्भ्रमित पार्ने प्रयत्न आज पनि उसैगरी चलिरहेको छ । दलित समुदायको कमै मात्र मुद्दाहरुको बहस पैरवी हुन्छ त्यहाँ । छिटपिट स्पेस दिएजस्तो देखिए पनि जात व्यवस्थाको मामिलामा समुदायप्रति मिडिया हाउस जति उदार हुनुपर्ने थियो, त्यति हुनसक्दैन् । केन्द्रित तहको मिडियाहरुबाट सिंगो जनसंख्याको १३.८ प्रतिशत रहेको यति ठूलो हिस्सा दलित समुदायहरु मिडियाबाट बहिस्कृत र उपेक्षाकृत हुनु नै प्राज्ञिक आन्दोलन र एकीकृत मुद्दा केन्द्रित समुदायले उठाएको आन्दोलनलाई मूलप्रवाहीकरणमा गर्नेबाट चिफलाइनु नै लज्जाको विषय हो । हामी हाम्रा पाठक, दर्शक र सुभेच्छुकहरुलाई के विश्वास दिलाउन चाहन्छौं भने दलित अनलाईन कुनै पनि चुनौतीका सामु झुक्नेछैन । हामी कुनै प्रकारका प्रलोभन, लालच र विदेशी पैसाको असरमा परेर परम्परागत शक्तिको खेलमा कुनै प्रकारको मोहरा बन्ने छैनौं । दलित अनलाईन चुनौतीको पहाड समुन्ने उभिएको त्यो किसान जस्तो हो जसले कुटोले खनेरै पनि यो पहाड छिचोलेर बाटो बनाउने संकल्प लिएको छ । हामी समुदायको मुद्दामा कहिले ड्गमगाउने छैनौं । राज्य संयन्त्रणलाई सूचनाको हक अन्तर्गत समुदायको हक अधिकार, संरक्षण तथा प्रर्वद्धन गर्नु हाम्रो दायित्व हो । समुदायको मुद्दा केन्द्रित धेरै काम चाहेर पनि गर्न सकिएको छैन । निकै भविष्यमै नेपाली मिडियामा दलित अनलाईन डटकमले आफ्नो छुटै परिचय स्थापित गर्न सफल हुनेछ । दलित अनलाईनलाई जनपक्षिय पत्रकारिताको एउटा पूर्ण मिडिया बनाउने हाम्रो प्रयत्नको यो एउटा नयाँ पहल हो । दलित अनलाइनलाई हामी छिटै नै एक बलियो श्रव्यदृश्य मिडियाका रुपमा विकसित गर्ने अभियानमा छौं । वैकल्पिक र जनपक्षिय पत्रकारिताको हाम्रो अविचल प्रयत्नलाई भविष्यमा पनि पाठक, दर्शक, सुभेच्छुक, विज्ञापनदाता लगायत सबैले उसैगरी साथ दिनुहुनेछ भन्ने हाम्रो अटल विश्वास छ । पाँचौं वार्षिक उत्सवको यो अवसरमा सबैलाई बधाई तथा शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank