फेरी कल्याणपुरमा कुटिए दलितहरु

संजय महरा १५ भाद्र २०७७, सोमबार २३:४३

सिरहा — सिरहा कल्याणपुर नगरपालिका वडा ३ प्रसाही टोलका युवाहरु र दलित महिलामाथि गैर दलित युवाहरुले कुटपिट गरेका छन् ।
भदौ १४ गते राति ११ बजे वडा ३ स्थिति प्रसाही टोलमा रहेको दलित वस्तीमा नगरपालिका मेयरका भतिजाको नेतृत्वमा आएको गैर दलितहरुको टोलीले वस्तीमा रहेका युवाहरु र महिलामाथि कुटपिट गरेका हुन् ।
गैर दलित युवाहरुबाट कुटपिट गर्दा  पाँच जना घाईते बनेका छन् । कुटपिटबाट भोला महराका २५ वर्षीय देवशरण महरा ,१९ वर्षीय राजु देवि महरा , ४५ वर्षीय देब्रेन महरा र वर्ष ४० वर्षीय सानो देवि महरा घाईते बनेका छन् । रातिको वेला विष्णुदेव मण्डलको २६ वर्षीय छोरा विकरू मण्डलको१९ वर्षीय छोरामाथि संघातिक हमला गरेका थिए । कुटपिट गर्ने कल्याणपुर नगरपालिकाका निलम्वित मेयर सुर्यनाथ मण्डलका भतिज रहेको जानकारी घाइते भोला महराले दिए ।
कुटपिटबाट घाइते भएको राजुदेवि महरालगायतको उपचार नजिकको दुर्गा हेल्थ क्लिनिक कल्याणपुरमा उपचार भईरहेको छ । दलित समुदायमाथि भएको घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग दलित दलित अधिकारकर्मीहरुले गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank