रुकुम पश्चिम जिल्लाको चौरजहारीस्थित सोतीमा अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर भएको ६ जना युवाहरुमाथि सांघातिक हमला गरी सामुहिक हत्या गरिएको घटना नेपाली दलित मुक्ति आन्दोलनको इतिहासमा नरसंहारकारी घटनाको रुपमा दर्ज हुन पुगेको छ । दलित समुदायमाथि हाम्रो समाजमा अपमान र विभेदका विभिन्न स्वरुपका थुप्रै घटनाहरु यसअघि पनि भएका थिए । जातीय विभेदकै कारणले कालिलोटका मनवीर सुनार, दैलेखका सेते दमाई, काभ्रेका लक्ष्मी परियारहरुलाई मार्नेदेखि लिएर अन्तरजातीय पे्रेम गरेको कारणले काभ्रेका अजित मिजारको पनि निर्मम तरिकाले मारेर पाटीमा झुण्ड्याइएको लगायतका दर्जनौं हत्याका घटनाहरु विगतमा घटेका थिए । पानीको इनार छोइएको निहुँमा मधेशमा सिङ्गै दलित बस्तीमाथि नाकाबन्दी गरिएको घटना पनि बाहिर आएकै थिए । तर, यसपटक रुकुममा भएको जातीय नरसंहारको प्रकृति, घटनाको अन्तर्य र घटना घटिसकेपछिका परिघटनाहरु नितान्त भिन्न प्रकृतिको देखिन्छ । तसर्थ, यस घटनाका समग्र पाटापक्षलाई सुक्ष्म ढंगले विश्लेषण गर्न आवश्यक छ । यो घटनाको विरोध र समर्थनमा उठेका स्वरहरु, संघर्षहरु र प्रवृत्तिहरुमाथि पनि मसिनोगरी चिरफारको जरुरी छ ।
मनुवादी समाजमा प्रेम सम्बन्ध
नेपाली समाज पुँजीवादी समाजमा विकास भएको जस्तो देखिएपनि कतिपय सवालमा अझैपनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा नै रहेको छ । समाजको सामाजिक–सांस्कृतिक पक्षलाई विश्लेषण गर्ने हो भने समाज अहिलेपनि २१ औं शताब्दीमा नभएर १६औं शताब्दीमा रहेको आभास हुने गर्दछ । हाम्रो समाजमा अझैपनि दलित समुदायमाथि छुवाछूत प्रथा, बालीघरे प्रथा, महिलामाथि छाउपडी प्रथा, दाईजो प्रथा, घुम्टो प्रथा जस्ता केही कुप्रथाहरु रहिरहनुले पनि हामी कुन शताब्दीमा छौं भन्ने प्रष्ट हुन्छ । समाजको समग्र पक्षलाई विश्लेषण गर्दा ८० प्रतिशत भन्दापनि बढी मनुवादी सामाजिक मुल्य मान्यता र संस्कार तथा संस्कृतिको अवलम्बन गर्ने गरिन्छ । मनुवादले जहिले पनि दलित र महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने गर्दछ । यसर्थ, नेपाली समाज मनुवादी समाज हो भनेर भन्न हिच्किचाउनु पर्दैन ।
यस नरसंहारको प्रारम्भलाई हेर्दा आजभन्दा करिब ३ वर्ष अघि एउटा खेलकुद कार्यक्रममा नवराज वि.कको शारिरीक सुसंगठन, उनको फुर्तिलोपन र लोभलाग्दो व्यक्तित्वबाट दर्शकको रुपमा रहेकी सुष्मा मल्ल प्रभावित हुन्छिन् । त्यसको लगत्तै सामाजिक सञ्जाल फेसबुकमा नवराज कुमालको नामबाट उनीहरुका बीचमा साथीत्वको शुरुआत हुन्छ । उमेर पुगेका केटा र केटीकाबीचमा हुने आकर्षण र प्रेम गर्ने हुटहुटीका बीचमा जात ढाँटेर शुरुभएको प्रेम अन्ततः सुष्माले जात चालपाउँदासम्म उनीहरुका बीचमा छुट्टिनै नसक्ने प्रेम सम्बन्ध प्रगाढ हुन पुग्दछ । हाम्रो समाज मनुवादी समाज भएको हुनाले उच्च जातीय अहंकारवाद र पितृसत्ताको अवशेष काफीमात्रामा रहनु स्वभाविक रहन्छ । जसका कारण उनीहरु बीचमा बढ्दै गएको आपसी प्रेम सम्बन्ध आफ्ना साथीहरु हुँदै दुवै परिवारका सदस्यहरुका बीचमा पुगीसक्दा उनीहरु दुवैमाथि समाजको निगरानी शुरु हुन थाल्दछ । नेपाली समाजमा एकातिर दलित मान्छे नै होइनन्, उनीहरुमाथि विभेद र अपमान गरिनुपर्दछ भन्ने घोर सामन्तवादी स्कुलिङ्ग र अर्कोतिर पुरुष र परिवारको नियन्त्रणभन्दा बाहिर महिला वा छोरी जानु हुन्न भन्ने मानसिकताले काम गरेको छ । सामन्तवादी संस्कार र संस्कृतिभन्दा बाहिर रहेर सोच्दा उमेर पुगेका केटाकेटीका बीचमा प्रेम सम्बन्ध हुनु र अन्ततः विवाह हुनु सामान्य कुरा नै हो । तर, मनुवादी समाजले अन्तरजातीय प्रेमलाई मान्यता दिनुको साटो सामुहिक नरसंहार गर्न पुग्दछ । वास्तवमा वर्गीय समाजमा धनी र गरीव बीचमा हुने साँचो प्रेमलाई र मनुवादी समाजमा कथित दलित र गैरदलितका बीचमा हुने प्राकृतिक प्रेमलाई पनि मान्यता दिईदैन ।
नरसंहारका कारक तत्वहरु
एक, दलित समुदायमाथि विगतदेखि नै राज्यले विभेदकारी नीति, नियम बनाएर सामाजिक जीवनका समग्र क्षेत्रबाट पछाडी पारिएको हो । राज्यद्धारा नै समाजलाई दलित समुदायप्रतिको गलत बुझाईको विकास गराइएको हो । केटाकेटीका बीचमा सामान्य रुपमा हुने गरेको प्रेम सम्बन्धलाई लिएर ३/४ वटा गाउँका गैरदलित मान्छेहरु जम्मा भएर जातीयता कै कारणले सयौंका संख्याले घेरा हाली आज यिनीहरु (डुम) लाई मार्नु पर्छ भन्दै घरेलु हतियार, लाठी, ढुङ्गाले हानेर हत्या गर्नुले हाम्रो समाजमा दलित समुदायप्रतिको बुझाई र उनीहरुलाई गरिने व्यवहार कति असहिष्णु र अपमानजनक छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग हुन्छ । तसर्थ, राज्यसत्ताले दलित समुदायप्रति विगत सदियौं वर्षदेखि हालसम्म पनि गरिँदै र लिँदै आएको अपमानजनक र विभेदकारी नीति नै यस नरसंहारको मुख्य कारक तत्व हो । दुई, व्राम्हणवादी विचार र मनुवादी संस्कृतिले नेपाली समाजमा रहेका हरेक मान्छेको दिमागलाई प्रदुषित र भ्रमित पारिदिएको छ । खास चाड पर्वको लागि भनेर पालिएको एउटा जनावरलाई मार्दा त मान्छेमा दया जाग्दछ भने प्रेम गरेकै आधारमा लखेटीलखेटी मार्नु सामान्य कुरा हुँदैहोइन । समाजमा सदियौंदेखि व्राम्हणवादी विचार र मनुवादी संस्कृतिले हाम्रो समाजका मनुवादी मनुवाहरुलाई दलित समुदायप्रति जस्तो अपराध पनि गर्न हुन्छ तर मान्छेको रुपमा स्वीकार गर्न हुँदैन भनेर सिकाएछ । जसको कारण यस्तो जघन्य अपराध हुन पुग्यो । तीन, उच्च जातीय ठकुरी अहंकारले पनि काम गरेको छ । हिङ्ग नभएपनि हिङ्ग बाँधेको टालो भनेझैं रुकुम, जाजरकोट, दैलेखका ठकुरीहरु आफूलाई निकै नै संभ्रान्त र सभ्य ठान्ने गर्दछन् तर यस नरसंहारकारी घटनाले इतिहासका असली कालीगढ, समाजका वास्तविक उत्पादक शक्तिका रुपमा स्थापित दलित समुदायलाई अझैपनि मान्छेको रुपमा स्वीकार्न नसक्ने एउटा असभ्य र अनौठो मानव झुण्ड अझैपनि विश्वमा रहेछन् भन्ने पुष्टि भएको छ । चार, अपराधीक मानसिकता । नेपालमा राज्यले संस्थागत रुपमा नै कानुन बनाएर दलित समुदायलाई अमान्छे घाषित गरी विभेद मात्रै नगरेर अपमान र घृणाको जीवन जीउन बाध्य पारियो । यसले समाजका सबैजसो मान्छेमा दलितप्रति विभेद र अपमानको अपराधिक मानसिकताको विकास गरिदिएको छ । जसलाई कांग्रेस र कम्युनिष्ट, क्रान्तिकारी र गैरक्रान्तिकारी, राष्ट्रवादी र राष्ट्रघाती जुन कुनै स्कुलिङ्गले पनि खासै छुन सक्दोरहेनछ । तसर्थ, समाजमा दलित समुदायमाथि हालसम्म पनि रहिरहेको गलत अपराधीक स्कुलिङ्गलाई राज्यले नै संस्थागत रुपमा सच्याउन थाल्नुपर्दछ । पाँच, राजनीतिक पार्टीहरुको पनि दलित समस्याप्रतिको बुझाईमा गम्भीर समस्या रहेको छ । नेपालमा दलित मुद्दामा राजनैतिक पार्टीहरुले गम्भीर ढंगले सैद्धान्तिक र राजनीतिक विश्लेषण गरी सही नीतिको अवलम्बन गर्नमा निकै कमी देखिन्छ । विगतमा माओवादी आन्दोलनमा विशेषाधिकारको नीति अघि सारेपनि त्यो सैद्धान्तिक तहमा मात्रै सिमित भएको तर व्यवहारमा जनस्तरसम्म नपुगेको कुरा यस घटनाले पनि पुष्टि हुन्छ । समाज रुपान्तरणमा दलित समुदायले भोग्दैआएको उत्पीडन र विभेद बाुधक हुने हँदा सबै राजनीतिक पार्टीहरुले यस्तो नरसंहारकारी घटनाबाट आगामी दिनमा पाठ सिक्न जरुरी छ । छ, यस घटनामा निर्वाचित जनप्रतिनिधि आफैं हत्याका योजनाकार छन् । प्रहरी प्रशासनले घटनालाई रोक्ने भन्दा पनि पीडकको पक्षमा उँभिएर सबुत प्रमाणहरुलाई बेवास्ता गरेको देखिन्छ । यसले राज्यसत्ता र शक्तिको दुरुपयोग भएको छ । सत्ता दलितको पक्षमा नभएपनि दलित यो देशका अनागरिक हुन् त भन्ने आशंका जन्माइदिएको छ ।
मुलतः अहिले विभिन्न बहानामा सडक संघर्ष विरोधी यही प्रवृत्ति हावी भयो । छ, आन्दोलनमा व्यक्ति उपस्थित हुने तर संगठन वा पार्टीको हवाला दिएर ‘काम कुरो एकातिर कुम्लो बोकी कतातिर’ भनेजस्तै रुकुम घटनाको दोषीलाई कार्वाहीको माग गर्नुभन्दा पनि अर्को सहकर्मी आन्दोलनकारी शक्ति र उसका नेतृत्व पंक्तिलाई अराजनीतिक गालीगलौजमा उत्रने बुरबुरे र भँडुवा प्रवृत्ति पनि झिनो रुपमा देखाप¥यो । जसले संयुक्त आन्दोलनलाई मझबुत पार्ने भन्दापनि भाड्न मद्दत गर्दछ ।
आन्दोलन संयुक्त र सशक्त किन भएन ?
नेपाली दलित मुक्ति आन्दोलन कम्युनिष्ट आन्दोलन भन्दापनि जेठो आन्दोलनको रुपमा स्थापित छ । यस आन्दोलनको इतिहासमा रुकुम नरसंहार सामान्य घटना होइन । यस नरसंहारका विरुद्ध संयुक्त र सशक्त आन्दोलनको उठान गरी संघर्षलाई देशव्यापी रुपमा घनिभूत बनाउनु पर्दथ्यो तर त्यो सम्भव हुन सकेन । दलित राजनीतिककर्मी, अभियान्ता, अधिकारवादी हामी सबैले यसको वस्तुनिष्ट समिक्षासहित आगामी दिनमा संयुक्त आन्दोलनलाई व्यवस्थित र घनिभूत बनाउनुको अर्को विकल्प हामीसंग छँदैछैन । तसर्थ, हामी दलित अधिकारका पक्षमा लागिरहने आन्दोलनकारी शक्तिले रुकुम नरसंहारका विरुद्धको संयुक्त र सशक्त आन्दोलन उठान गरी ठोस परिणाम हाँसिल गर्न हामी कहाँ चुक्यौं भन्ने बारेमा कुनै लाज नमानी र नडराईकन कसैलाई आरोप र प्रत्यारोपन नलगाई वस्तुवादी समिक्षाको जरुरी छ । वास्तवमा हाम्रो जस्तो मनुवादी समाजमा दलित आन्दोलनलाई सदावहार प्रतिपक्षीय आन्दोलनको रुपमा विकास गरेर लैजानु पर्दछ । जुनसुकै पार्टी सत्तामा भएपनि दलित आन्दोलनलाई संयुक्त र व्यवस्थित नगरीकन दलितको मुद्दाहरु खासै सम्बोधन नभएको इतिहास हाम्रो सामु उँभिएको छ । केही वर्ष यतादेखि नेपाली दलित मुक्ति आन्दोलन संयुक्त रुपमा विकास हुँदै आएको छ । यो निकै नै सकारात्मक छ तर, यसपटक भने यो अभियानमा अवरोध जस्तो हुन पुग्यो । यसमा निम्न समस्या र प्रवृत्तिहरुले काम गरेको देखिन्छ ।
एक, संयुक्त राजनीतिक दलित संघर्ष समिति राजनीतिक पार्टीका दलित भातृ संगठनहरुको सहकार्यबाट निश्चित राजनीतिक एजेण्डाहरु तय गरेर आचार संहिताद्धारा आवद्ध साझा संगठन हो । यस साझा संयन्त्रको लामो समयदेखि बैठक हुन नसकिरहेको सन्दर्भमा नयाँ संविधान जारीभएपछि यस संगठनको पुनर्गठन र राजनीतिक एजेण्डामा संशोधनसहितको नयाँ समझदारीको आवश्यकता थियो । संघर्षको औजार बलियो संगठन हो तर, त्यही साझा संगठन विगत लामोसमयदेखि निकम्मा भएर थन्किएको थियो । यस घटना लगत्तै राजनीतिक दलित संगठनका मूल नेतृत्वहरुले पहलकदमी लिएर पुनर्गठन गरी आन्दोलनको नेतृत्व गर्न नसक्नु मूल समस्या हो । यसमा विभिन्न दलित संगठनमा रहेका मूल नेतृत्वको असक्षमता नै देखा पर्दछ । दुई, संघर्ष समितिमा आवद्ध ठूला दुई घटक संगठनहरु मुक्ति समाज र दलित मोर्चाका बीचमा एकता प्रक्रिया नटुङ्गिनु पनि अर्को कारण रहेको छ । यद्यपी, त्यस संगठनका मूल नेतृत्वमा देखिएको अकर्मण्यताले पनि काफी मात्रामा संयुक्त आन्दोलनलाई प्रभाव पारेको देखिन्छ । तीन, सत्ता पक्ष र विपक्ष मानसिकताले पनि आन्दोलनलाई केन्द्रीत हुनबाट केही हदसम्म बाधक बनेको छ । हाम्रो पार्टी सरकारमा छ, त्यसकारण हामी सडक आन्दोलनमा जानु हुँदैन भन्ने सत्ता पक्षीय सोंच, चिन्तन र अर्कोतिर सत्ता पक्षका दलित संगठन सडकमा नआईदिएदेखि आफ्नो संगठनलाई राजनीतिक लाभ हुने थियो भनेर आन्दोलनमा गैरराजनीतिक चरित्र देखाउने प्रतिपक्षीय मानसिकता र व्यवहारले पनि संयुक्त दलित आन्दोलन कमजोर हुन पुगेको छ । चार, आन्दोलनमा जाँदा आफ्नो वर्ग र समुदायको हितलाई के होला भनेर हेर्नु भन्दापनि आफ्नो नजिकको नेता रिसाउलाकि, भोली मेरो मुल्यांकनमा असर पर्ला कि भनेर हिसावकिताव गर्ने दास मनोवृत्ति र पदलोलुपता पनि आन्दोलनको बाधक तत्व देखापर्दछ । पाँच, दलित आन्दोलनलाई वर्ग र वर्ण संघर्षको समायोजनबाट अगाडी बढाएर मात्रै परिणाममा पु¥याउन सकिन्छ । तर, आन्दोलनमा विगतदेखि नै सडक संघर्षको नामदेखि नै एलर्जी हुने खतरनाक प्रवृत्ति पनि रहिआएकोछ । मुलतः अहिले विभिन्न बहानामा सडक संघर्ष विरोधी यही प्रवृत्ति हावी भयो । छ, आन्दोलनमा व्यक्ति उपस्थित हुने तर संगठन वा पार्टीको हवाला दिएर ‘काम कुरो एकातिर कुम्लो बोकी कतातिर’ भनेजस्तै रुकुम घटनाको दोषीलाई कार्वाहीको माग गर्नुभन्दा पनि अर्को सहकर्मी आन्दोलनकारी शक्ति र उसका नेतृत्व पंक्तिलाई अराजनीतिक गालीगलौजमा उत्रने बुरबुरे र भँडुवा प्रवृत्ति पनि झिनो रुपमा देखाप¥यो । जसले संयुक्त आन्दोलनलाई मझबुत पार्ने भन्दापनि भाड्न मद्दत गर्दछ ।
निर्विकल्प संयुक्त र सशक्त दलित आन्दोलन
देशमा विद्यमान सबैजसो दलित संघ-संगठनहरु रुकुम नरसंहारका विरुद्धको आन्दोलनमा छन् । यो सामान्य विभेदको स्वरुपमा मात्रै सिमित रहेको घटना नभएर जातीय विभेदकै कारणले घटाइएको जघन्य सामुहिक नरसंहारकारी घटना हो । यसका विरुद्धमा सबै दलित संघसंगठन र अधिकारकर्मी आन्दोलनका पक्षमा भएपनि विगतमा जस्तै संयुक्त आन्दोलनको माहोल सृजना गरेर आन्दोलनलाई घनिभूत बनाएर परिणाममुखी बनाउन नसक्नु निकै नै दुखद पक्ष रहेको छ । यसमा विभिन्न प्रवृत्तिहरु र तत्वहरुले प्रभाव पारेको कुरालाई सुक्ष्म ढंगले समिक्षा गर्दै आगामी दिनमा सुस्पष्ट रुपमा अगाडी बढ्नुपर्दछ ।
यस आन्दोलनमा बाधकको रुपमा देखिएको मनुवादी सोंच, चिन्तन र संस्कार–संस्कृति, सत्ता पक्ष र विपक्ष मानसिकता, दास मनोवृत्ति, संघर्षमा नरमाउने आदि डरलाग्दा प्रवृत्तिका विरुद्ध निरन्तर संघर्षको आवश्यकता देखिन्छ । यस घटनामा एकातिर सत्ता पक्षीय दलित मुक्ति संगठन र तिनका नेताहरु पहलकदमी लिएर नेतृत्व गर्न चुकेका छन् भने अर्कोतिर सापेक्ष रुपमा संयुक्त आन्दोलन गरिरहेका अरु संगठनका नेताहरु पनि संयुक्त र सशक्त आन्दोलन बनाउनको लागि त्यत्तिकै चुकेका छन् । यो घटनाले पनि हामीलाई राम्रोसंग पाठ सिकाएको छ कि संयुक्त दलित आन्दोलन बिना दलितहरुले हाम्रो जस्तो मनुवादी समाजमा कुनै उपलब्धी हाँसिल गर्न सक्दैनन् र पाएको उपलब्धीको पनि रक्षा गर्न सकिँदैन । राज्यसत्ताका सबै अबयवहरुमा, सबै पार्टीभित्र र हरेक मानिसको दिल दिमागमा दलित समुदायप्रतिको गलत बुझाई र मनुवादको प्रभाव कति छ भन्ने कुरा यो घटनाले नाङ्गै देखाएको छ । यसर्थ, नेपाली दलित आन्दोलनलाई वस्तुवादी समिक्षासहित फेरिपनि दलित आन्दोलनलाई संयुक्त बनाएर घनिभूत बनाउनुको अर्को विकल्प हामीसंग छँदैछैन । आन्दोलनको समग्र रणनीति र कार्यनीतिको तय गरेर मुद्दा र उद्देश्यको किटानी सहित चरणवद्ध ढंगले एउटा नमुनायोग्य संयुक्त दलित आन्दोलनको सृष्टि गरेर मात्रै अहिलेसम्मको दलित आन्दोलनका उपलब्धीको रक्षा र थप उपलब्धीको विकास सम्भव छ ।
Leave a Reply