काठमाडाैं- लोकप्रिय गायक प्रकाश सपुतको पछिल्लो तिजी गीत ‘बदला बरिलै’ युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ। छोरा र छोरीमा गरिने विभेद सहित बलात्कार विरुद्वको विद्रोही स्वरमा रहेको गीतले सोमबार युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा प्रवेश पाएको हो।
यो गीतको भिडियो तीन दिनकै अवधिमा ७ लाख ६९ हजार बढी दर्शकले हेरिसकेका छन्। गीत सार्वजनिक भएको ३ दिनमै पहिलो नम्बरमा आउनु श्रोता दर्शकको अपार माया र सद्भाव भएको गायक सर्जक प्रकाश सपुत बताउँछन्। उसो त सपुतको यसअघिको ‘बोलमाया’ र ‘गलबन्दी’ गीत सर्वाधिक सुनेको र हेरिएको गीत हो। जसले युट्युव ट्रेन्डिङको पहिलो स्थानको रेकर्ड राखिसकेका छन्।
‘तीज विशेष गीत त धेरै नै आएका छन्, अझ अहिलेको कठिन परिवेशमा ठुलो लगानी गर्ने कुरा आफैंमा चूनौतीपूर्ण थियो। तर मलाई यो कुराले अघिल्लो वर्षदेखि नै निकै बिझाइरहेकाले सामाजिक दायित्व सम्झेर काम गरेको हुँ’, सपुत भन्छन्, ‘गीत संगीतमार्फत पनि समाजमा विद्यमान सामाजिक समस्याबारे केही बोल्नुपर्छ भन्ने हिसावले गरेको हुँ, म आफ्नो कामप्रति सन्तुष्ट छु।’
समाजका सत्ता, शक्ति र सम्पतिको पहुँचमा गरिने बलत्कारको विषयमा तयार तीज विशेष गीत ‘बदला बरिलै’ ले समाजमा नयाँ तरंग पैदा गरेको छ। छोराछोरी बीचको विभेद, छोरीहरुले बेहोर्नु परेको यौन हिंसालाई संवेदनशील ढंगले उठान गरिएको छ।
Leave a Reply