दलित बस्तीको उठीबास

दलित अनलाईन २ श्रावण २०७७, शुक्रबार १९:०८

सिमकोट- पहिराले हुमलाको ताँजकोट वडा नं ४ खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् । लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिराबाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको सम्बन्धित स्थलबाट धनसुर दमाईले जानकारी दिए ।

पहिराले दुई घरमा क्षति पुगेको छ भने अन्य सबै घरको नाजुक अवस्था आएपछि बिहानदेखि बस्तीका सबै घरपरिवार आफ्नो घर छाडेर देउला गैरामा पाल टाँगेर बसेको दमाईले बता। ।  उनले भने , ‘पहिरोले हाम्रो त उठीवास गरायो ।’

माथिबाट आएको सुख्खा पहिराले घर झुण्डिएको अवस्थामा रहेपछि सबै घर खाली गरेर बारीमा सरेका छन् । आफूले लगाएको मकै, कोदो, धान सबै पहिराले छोपेर लगेपछि घर पहिरामा झुण्डिएको अवस्थामा रहेको बताउँदै स्थानीयवासी तुथा परियारले उनले भने , “झुण्डिएको अवस्थामा रहेका घरलाई कतिखेर पहिरोले बगाउने हो भन्ने डर भएपछि दलित बस्तीका सबै घरधुरीले आफ्ना घर खाली गरेका छन् ।

पहिरामा परेर मानवीय र पशुचौपायाको क्षति नभए पनि प्रतिघर चार हल जग्गा बगाएर लगेको स्थानीयवासी धनसुर परियारले बताए । पहिरोस्थलबाट प्रहरी चौकी निकै टाढा भएपछि क्षतिको यकिन विवरण आउन बाँकी छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले पहिरो गएर दलित बस्ती जोखिममा रहेको खबर आएपछि कवाडी सीमा प्रहरी चौकीको टोलीलाई स्थलगत रुपमा बुझ्न पठाइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank