संसदीय विशेष समितिका संयोजक देवेन्द्र पौडेलले भने,‘ रुकुम घटनाका दोषीहरुलाई हदैसम्म कारबाही हुन्छ’

दलित अनलाईन २० असार २०७७, शनिबार १३:३४

काठमाडौं–अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित रुपमा गरिएको रुकुम पश्चिम सोती हत्यामा संलग्नहरुलाई हदैसम्म कारबाही हुने घटनाको सत्यतथ्य बाहिर ल्याउने संसदीय विशेष समितिका संयोजक देवेन्द्र पौडेलले बताएका छन् ।
जातकै आधारमा नवराज विक लगायत थप पाँच जना युवाहरुको जेठ १० गते सोती गाउँमा सामुहिक रुपमा गरिएको हत्याका विरोधमा एक महिनादेखि सडक संघर्षमा जुटेको संयुक्त राजनीतिक दलित संघर्ष समितिको टोलीसँग शनिबार भएको छलफलमा समितिका संयोजकले हत्यामा संलग्नहरुलाई हदैसम्म कारबाही हुने घटनाको सत्यतथ्य बाहिर ल्याउने बताएका हुन् । संसदीय विशेष समिति संयोजक पौडेलले रुकुम हत्याकाण्डको पक्षबाट सत्यतथ्य बाहिर ल्याउने ढंगबाट अध्ययन भएको बताउँदै दोषीहरुलाई कानुनमा भएको प्रावधानलाई टेकेर हदैसम्म कारबाही हुने बताए । ‘सत्यतथ्यका लागि सबै पाटाबाट अध्ययन भएको छ, हदैसम्मको कारबाहीको लागि हामीले सिफारिस गछौं ।’

रुकुम पश्चिम चौरजहारी नगरपालिका—८ सोती गाउँकी शुष्मा मल्ल र भेरी नगरपालिका—४ राना गाउँका नवराज विकबीचको अन्तरजातीय प्रेम प्रकरणमा रचिएको नरसंहारयुक्त घटनाको चौतर्फी विरोध भएपछि सरकारले जेठ २६ गते सत्यतथ्य छानविनका लागि ९ सदस्य समिति गठन गरेको थियो । समितिले रुकुम हत्याप्रकरणको स्थलगत अध्यन गरी सत्यतथ्य बाहिर ल्याउने गरी काम गरिरहेको छ । संसदीय विशेष समितिले आह्वान गरेको छलफल कार्यक्रममा संयोजक पौडेलले तोकिएको समयमा प्रतिवेदन .बझाउन नसकिएकोे बताउँदै संघीय संसदको छैटौं अधिवेशन अन्त्य घोषणाले अन्यौल सिर्जना गरेकोले सभामुखसंग थप सल्लाह गरेर अगाडी बढ्ने जानकारी दिए ।
रुकुम हत्या जातीय आधारमा भएको र दोर्षीहरुलाई राजनीतिक संरक्षणविना हदैसम्मको कारबाही हुनुपर्ने र घटनामा राजनीतिकरण भइरहेको भन्दै न्यायका लागि आफुहरु १४ दलका भातृसंगठनहरु संयुक्त मोर्चाबन्दी गरी संयुक्त राजनीतिक दलित संघर्ष समितिबाट सडक संघर्ष गरिरहेको नेपाली कांग्रेस नेता तथा संघर्ष समितिका संयोजक जीवन परियारले बताए । ‘नरसंहारयुक्त घटनालाई राजनीतिकरण गरेर दोषीहरु उम्काउन खोजिएको छ , सडक आन्दोलनबाट न्याय दिलाउँछौ ।’
नेकपाका नेता तथा दलित अधिकारकर्मी गणेश विश्वकर्माले रुकुम पश्चिमको सोती हत्या प्रकरण दलित समुदायको इतिहासको कालो दिने भएको बताउँदै नरसंहारयुक्त घटनाका दोषीहरुलाई हदैसम्मको कारबाहीका लागि नेपाल दलित मुक्ति संगठन विरोधमा उत्रिएको बताए । नेता विश्वकर्माले सडक आन्दोलन नै सबै चिज नभएको भन्दै समितिले ल्याउने प्रतिवेदनले पीडितलाई न्याय दिन सक्छ कि सक्दैन भन्ने कुरा आम चासोको विषय रहेको बताए । ‘घटनाको विरोधमा नेपाल दलित मुक्ति संगठनले सबैभन्दा पहिला विरोध जनाएको हो, बाहिर प्रचार गरे जस्तो संगठनलाई आरोप लगाएर मुद्दाको लडाई जितिदैन ।’
सरकारले रुकुम पश्चिममा ६ जना युवाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्नका लागि नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो । संसदीय विशेष समिति सदस्यमा सांसदहरू इकवाल मियाँ, दुर्गा पौडेल, पावर्ती विशुंखे, प्रकाश रसाइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank