रुकुम चौरजहारीमा मारिएका नवराज विकलाई सरकारी पुरस्कार

दलित अनलाईन १५ असार २०७७, सोमबार २१:१०

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुकुम पश्चिम चौरजहारीमा मारिएका नवराज विकलाई मरणोपरान्त पुरस्कार दिने भएको छ।

२०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार अन्तर्गत उनलाई समाज सुधार अभियानतर्फ प्रदान गर्न लागिएको हो। एक लाख रुपैयाँ पुरस्कार राशी रहेको उक्त पुरस्कार अन्य दुई जनालाई समेत प्रदान गरिनेछ। समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो ।

मन्त्रालयले यस वर्ष प्रदान गर्ने अन्य विधामा समेत पुरस्कृत हुनेको नाम टुङ्गो लगाएको छ । त्यसैगरी २०७६ सालको साहित्य, संस्कृति र विज्ञान विधातर्फको पुष्पलाल राष्ट्रिय पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको छ । यो आविष्कार केन्द्रका संस्थापक महावीर पुन हुन् । त्यस्तै, संस्कृति विधा तर्फको राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ र भाषा साहित्य विधा तर्फ महाकवी लक्ष्मीप्रसाद देवकोटा पुरस्कार भैरव रिसाललाई दिने निर्णय भएको छ । नाटक विधातर्फ गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार वरिष्ठ साहित्यकार अभि सुवेदीलाई दिने निर्णय गरेको छ । यी सबै पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।

यसबाहेक संस्कृति, भाषा, ललितकला, सङ्गीत तथा नाट्य गरी चारै विधामा एक एक जनालाई जनही रु एक लाख राशिको राष्ट्रिय प्रतिभा पुरस्कार र ती प्रत्येक विधामा सात–सात जनालाई जनही रु ५० हजार राशिको प्रादेशिक प्रतिभा पुरस्कार पनि घोषणा भएको मन्त्रालयले जनाएको छ ।

महाकवी देवकोटा पुरस्कार भाषा, सहित्य विधासहित कविता, निवन्ध, गद्याख्यान/नाटक र वालसहित्य/लोकसाहित्य गरी पाँच विधामा पाँच स्रष्टालाई दिने निर्णय भएको छ । गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटकसहित कविता विधामा एक जनालाई, पुष्पलाल राष्ट्रिय पुरस्कार साहित्य, संस्कृति र विज्ञानसहित राजनीतिक र सैद्धान्तिक तथा इतिहास गरी तीन विधामा तीनजनालाई र भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार समाज सुधार अभियानसहित मानवअधिकार र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धान गरी तीन जानलाई दिने निर्णय भएको छ । यी प्रत्येक पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank