प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएकाे संघर्ष समितिमाथि प्रहरीद्धारा कुटपीट ,सांसद लक्ष्मी परियार घाइते

दलित अनलाईन ११ असार २०७७, बिहीबार ०३:३३

काठमाडौँ—रुकुम हत्याकाण्डका दोषीलाई कारबाही माग गर्दै बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन गएकाे संयुक्त राजनीतिक दलित संघर्ष समितिमाथि प्रहरीले लाठीचार्ज  गर्दा कांग्रेसकी सांसद लक्ष्मी परियार घाइते भएकी छन् ।

एक महिनादेखि साना दल निकट र नागरिका सामाज र प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतको संयुक्त राजनीतिक दलित संघर्ष समितिको ब्यानरमा एक महिनादेखि घटनाको विरोधमा निरन्तर आन्दोलनमा उत्रिएका उनीहरू बुधबार  प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा प्रदर्शनकारीमाथि प्रहरीले  लाठीचार्ज  गर्दा सांसद परियार घाइते भएकी हुन् ।सांसद परियारको बाँया हातका तीनवटा औंला भाँचिएका छन् । उनी ट्रमा सेन्टरमा उपचार गरी अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

संयुक्त दलित सघर्ष समितिको नेतृत्वमा ज्ञापनपत्र बोकेर बालुवाटार पुगेका उनीहरूलाई प्रहरीले धरपकड गर्दै कुटपिट गरेको हो। कुटपिटबाट नेपाली कांगे्रसका सांसद लक्ष्मी परियार, चिन्तामणि डोम, समाजवादी पार्टीकी केन्द्रीय सदस्य सुनिता मल्लिक लगायत घाइते भएका छन्। घाइते सबैको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइतेसमेत गरेर प्रहरीले १५ जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका जीवन परियार, लक्ष्मी परियार, राजकुमार हिङमाङ, टेकबहादुर विक, रणबहादुर रम्तेल, राम नेपाली, शोभा विश्वकर्मा, दुर्गा बराइली, धर्मराज विडवाल, संघर्ष दाहाल, शर्मिला वागचन्द, हिक्मत महरा, सुनिता मल्लिक, लक्ष्मी थापा र नानीमैंया पुर्कोटीलाई बुधबारै रिहा गरिएको छ।

प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका संयुक्त राजनीतिक दलित संघर्ष समितिकाे टाेलीमध्ये केहीलाई प्रवेश दिएर भित्र प्रवेश दिए पनि बाँकी टाेली गेटबाहिर राेकेकाे  थियाे। ज्ञापनपत्र दिन भित्र गएको टोलीलाई प्रधानमन्त्री निवासका स्वकीय सचिव इन्द्र भण्डारीले प्रधानमन्त्री पार्टीको बैठकमा व्यस्त भएको भन्दै हातैमा पत्र मागे।

टोलीले कुनै खाली कोठामा वाचन गरेर मात्र पत्र दिने अडान राख्यो। तर भण्डारीले कोठा खाली नभएको भनेपछि ज्ञापनपत्र दिने र लिने काम भएन। ‘हामीले वाचन गरेर दिने भन्यौं, उहाँले हातैमा लैजान खोज्नुभयो, हामीले दिएनौं,’ संयुक्त राजनीतिक दलित संघर्ष समितिका तर्फबाट बालुवाटार पुगेका नेपाली कांगे्रसका केन्द्रीय सदस्य जीवन परियारले भने।

ज्ञापनपत्र नबुझाई बाहिर निस्केको टोलीले गेटबाहिर नाराबाजी गर्यो । सोही क्रममा प्रहरीले लक्ष्मी परियारसहित सबैलाई लाठीचार्ज गर्दै पक्राउ गर्न थाल्यो । प्रहरीको भ्यानमा कोच्ने क्रममा ढोकाले थिचिएर परियारको देब्रे हातका तीनवटा औंला भाँचिएका हो।

‘मैले किन नाराबाजी गर्न नहुने के भनेकी थिएँ, प्रहरीले आएर लछारपछार गर्याे,’ उनले दलित अनलाईनसँग भनिन्। प्रधानमन्त्री  निवास र प्रहरी दुवैबाट दलित संघर्ष समितिप्रति अपमानजनक  व्यवहार भएको दलित समुदायका सांसद तथा अधिकारकर्मीको गुनासो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank