रुकुम हत्या प्रकरणकाे नेकपा स्थायी कमिटीको बैठकमा छलफल हुने

दलित अनलाईन ११ असार २०७७, बिहीबार ०१:१७

काठमाडौं— सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आजबाट सुरु भएको छ । आज (बुधबार) पहिलो दिनको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गरेका थिए । आजको बैठक स्थगित भएको छ । अर्को बैठक यही असार १२ गते शुक्रबार विहान ११ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटी बैठक सुरु हुनुअघि ५ वटा एजेण्डामा छलफल हुने जानकारी सार्वजनिक गराईएको थियो । तर, बैठकमा रुकुमपश्चिम घट्ना र नागरिकताको सम्बन्धमा पनि छलफल गरिने नेताहरुबीच सहमति बनेको छ । अब यी दुई एजेण्डा थपिएसँगै नेकपाको स्थायी कमिटी बैठकमा विभिन्न ७ वटा एजेण्डामा छलफल हुने भएको छ ।

आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरेको भन्दै फेहरिस्त सुनाएका थिए । अर्का अध्यक्ष दाहालले अब निर्मम समिक्षा गर्नुपर्ने र आगामी दिनमा सरकारको कामलाई अझै प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank