जातीय विभेद विरुद्ध गीत ‘समान सबै जात हजुर’ सार्वजनिक

दलित अनलाईन ९ असार २०७७, मंगलवार २३:११

काठमाडौं—जातीय विभेद विरुद्ध सचेतना जगाउने उद्देश्यको गीत ‘समान सबै जात हजुर’ भएको छ ।

रुकुम पश्चिममा नवराज विक सहित ६ जना युवाहरुको जातकै कारण हत्या भएको अवस्थामा आन्दोलन र धर्ना जारी रहँदा काठमाडौँको नयाँ बानेश्वरमा आयोजित धर्ना कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।

नयाँ बानेश्वरमा जारी प्रर्दशनका क्रममा गीतको कांग्रेस नेता जीवन परियार, दलित आन्दोलन की नेता धनकुमारी सुनार साझा पार्टीका नेता एवं सामाजिक अभियन्ता प्रकाश चन्द्र परियार, रेम विश्वकर्मा नेता दलमर्दन कामी सामाजिक अभियन्ता एवं पत्रकार महाविर विश्वकर्मा लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

रुकुममा नवराज विक सहित टिकाराम सुनुवार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सन्जु बिक र गोविन्द शाहीको हत्या भएको थियो । सोही हत्याको विरोधमा काठमाडौा लगायत मुलुकका विभिन्न स्थानमा विरोध जारी रहादा सर्मथनमा गीत सार्वजनिक भएको हो ।

दीपेन्द्र रसाइलीको शब्द र संगित रहेको गीतमा स्वयं रसाइली र उर्मिला लाम्गादेको स्वर रहेको छ । रुकुमको चौरजहारीमा भएको घटना विरुद्ध सचेतना जगाउने उद्देश्यले गीत तयार पारिएको गायिका लाम्गादेले बताइन् । गीतमा दलित समुदायले लामो समय देखि भोग्दै आएको विभेद विरुद्ध लड्न आव्हान गरिएको छ । नेपाल टेलिभिजनको चर्चित टेलिसिरियल दलनमा समेत अभिनय गरेकी गायिका लाम्गादेले समान सबै जात हजुर बोलको गीतले समाजको वास्तविक चरित्र बोलेको बताइन् ।

रुकुम पश्चिममा नवराज विक सहित ६ जना युवाहरुको जातकै कारण हत्या भएको अवस्थामा सर्वजनिक भएको गीतले जातीय विभेद विरुद्ध गतिलो सन्देश दिएको छ ।गायक रसाइलीले आफ्नो गीतले समाजमा लामो समयदेखि विद्यमान विभेद विरुद्ध समानताको आवाज उठाएको बताए । गीतमा श्रमको सम्मान गर्ने देखि खुसी बााड्ने सम्मका भावहरु समेटिएका छन् । मन उज्यालो पारे संसार उज्याले हुने बताउँछन् गायक रसाइली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank