दोषीहरु उम्किन सक्ने खतरा भएको भन्दै जिल्ला अदालत रुकुम अगाडी विरोध प्रदर्शन

दलित अनलाईन ७ असार २०७७, आईतवार २२:२९

काठमाडौं—अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित रुपमा हत्या गरिएका छ जनाका दोषीहरु उम्किन सक्ने खतरा रहेको भन्दै पीडित परिवार र दलित अधिकारकर्मीहरुले जिल्ला अदालत रुकुम अगाडी विरोध प्रदर्शन गरेका छन् ।
आइतबार दिउँसो अदालतभित्र थुनछेक बहस चलिरहँदा बाहिर पीडित परिवारजन, दलितअधिकारकहरुर्मीले घटनाका दोषीलाई हदैसम्म कारबाहीको माग गरी अदालतबाहिर विरोध प्रदर्शन गरेका हुन् ।
जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको रुकुमको चौरजहारीस्थित सोती हत्यामा संलग्न रहेको भन्दै सरकारी वकिलको कार्यालयले ३४ जना प्रतिवादी विरुद्ध मुद्दा जाहेर गरेको छ । नवराज विककी प्रेमिका भनिएकी १७ वर्षीया युवती र उनका भाइलाई नावालक ठहर गर्दै यसअिघ नै जिल्ला अदालते सुधार गृहमा राख्ने आदेश दिइसकेको छ ।
आइतवार जिल्ला अदालत रुकुममा २७ जना प्रतिवादीको थुनछेक बहस चलिरहेको छ ।  राजनीतिक संरक्षणबाट दोषीहरु उम्काउन सक्ने खतरा भएको भन्दै देशव्यापी दलित समुदायहरु आन्दोलित भएको छन ।सोती घटनाको न्याय र दोषीलाइ हदैसम्मको कारवाहीका लागि माग गदै रुकुममा जेठ १२ गतेदेखि नै निरन्तर आन्दोलनमा उत्रिएको संयुक्त दलित अधिकार मंच सहसंयोजक यज्ञ परियारले बताए । ‘जातको आधारमा गरिएको यो हत्याका दोषीहरु छुट्ने डर छ, त्यसको लागि पनि देशव्यापी आन्दोलन चकाउनुपर्छ,’उनले भने,‘ न्याय नपाउँदासम्म आन्दोलन जारी राख्नेछौ ।’


सुनियोजित रुपमा सामुहिक हत्या गरिएका ६ जनाको पोष्र्टमार्टम रिर्पोट गलत आएपछि घटना तोडमोड गर्ने षड्यन्त्र भएको भन्दै दलित समुदायले देशभरीबाट विरोधसभाहरु गरिरहेको छ ।
नवराज विकसहित ६ जनाको हत्या गरेको सयौ प्रमाणहरुहुँदा हुँदै पनि षड्यन्त्र गरी पोष्र्टमार्टम रिर्पोट गलत ल्याइएको पीडित परिवार र अधिकारकर्मीहरुको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank