रूकुम घटना सरकारले गराएकाे हाेइन : प्रधानमन्त्री

दलित अनलाईन ४ असार २०७७, बिहीबार २०:१२

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले रुकुम घटना सरकारले  नघटाएको भन्दै कसैले विरोध र आलोचना गर्नुपर्ने ठाउँ नरहेकाे बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सबै हिसाबले अपराधीहरुलाई कारबाही गर्ने गरी सरकारले काम गर्दा पनि विरोध र आलोचना गर्नका लागि मात्र मुद्दा बनाएर सरकारकाे विरोध गर्नु  गलत भएकाे  बताएका हुन् ।

सरकारले उक्त घटना अपराधिक भएको र त्यसमा संलग्नलाई कारबाही गर्ने भनिरहेको र कदम चालेको अवस्थामा पनि सरकारको आलोचना गरेकोमा आक्रोश व्यक्त गदै प्रधानमन्त्रीले  भने, ‘रुकुम घटनमा दुःखद् हो । त्यसभित्र अनेक अनुचित सोच होलान्, भावना होलान् । गलत क्रियाकलाप हुँदै हो । कसरी भयो ? के भयो ? जसरी भएपनि मानिस मारिए । त्यसमा सरकारमाथि हमला गर्नुपर्ने विषय ? सरकारले त्यहाँ घटना घटाएको हो र ?’

उक्त घटनाको छानबिनमा सरकारी संयन्त्रको परिचालन सही ढंगले नभएको भन्दै सदन र सडकमा उठेका विरोधका आवाजको जवाफमा प्रधानमन्त्री ओलीले घटनालगत्तै सरकारी संयन्त्रले संलग्नलाई पक्राउ गरेको, अनुसन्धान गरेको र मुद्दा चलाएको प्रधानमन्त्रीको भनाइ थियो । ‘सरकारले अपराधी बचाउन खोजेको छ र ? सरकारले गिरफ्तार गर्न लापरबाही गरेको छ र ? सरकारले यस्तो हुनु ठूलो कुरो होइन भनेको छ र ?,’ प्रधानमन्त्रीका प्रश्न थिए ।

सरकारले उक्त घटना अपराधिक भएको र त्यसमा संलग्नलाई कारबाही गर्ने भनिरहेको र कदम चालेको अवस्थामा पनि सरकारको आलोचना गरेकोमा प्रधानमन्त्रीले आक्रोश व्यक्त गरेका हुन् । घटनाको छानबिन सरकारी संयन्त्रले मात्रै गर्दा सही हुन्न कि भनेर संसदीय समितिसमेत गठन गरिएको अवस्थामा अनावश्यक आलोचना नगर्न प्रधानमन्त्री ओलीको आग्रह थियो । उनको प्रश्न थियो, ‘संसदीय छानबिनसमेत गराइरहेका छौं । यसमा सरकारको आलोचना गर्नुपर्ने ठाउँ कहाँ छ ?’

रुकुम पश्चिममा साेतीमा अन्तरजातीय प्रमे विवाह गर्नेका लागि  जेठ १०  गएका दलित युवासहित  ६ जनाको हत्या गरिएको थियो । जाजरकोटका नवराज विकलगायत ६ जनालाई जेठ १० गते युवती पक्षका गाउँलेहरूकाे सामुहिक र सुनियोजित ढंगबाट हत्या गरी  भेरी नदीमा फालेका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank