किशोरीकी आमाकाे बयान : दलितले छोरीलाई विवाह गरे बेईज्यत हुने भएकाले मार्ने लगाए (पूर्ण पाठ)

दलित अनलाईन १ असार २०७७, सोमबार २३:०२

काठमाडौँ — गत जेठ १० गते हत्या गरिएका नवराज विककी प्रेमिका सुष्मा मल्लकी आमाले नवराजलगायतका केटाहरु मार्ने पूर्व योजना अनुसार मेरो श्रीमान र डम्बरबहादुर मल्लसमेतका व्यक्ति बोलाएर पिछा गरी घरेलु हतियार प्रयोग गरेर हत्या गरी भेरी नदीमा बगाएको बयान  दिएकी छन् ।

रुकुम पश्चिमको सोतीगाउँमा तीन साताअघि नवराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको सामूहिक हत्यामा ३४ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएर थुनछेक बहस  सुरु भएकाे छ ।  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा आइतबार तीनवटा छुट्टाछुट्टै आरोपमा अभियोगपत्र दर्ता भएका छन् । प्रहरीले घटनाको सूत्रधार र प्रमुख योजनाकारको रुपमा प्रेमिका सुष्मा मल्लकी  आमालाई राखेकाे थियो । उक्त आरोपमा अभियोगपत्र  सुष्मा मल्लकी आमाले उनीहरुलाई तल जिउला भन्ने ठाँउमा फेला पारेपछि घेरा हालेर ढुंगा, हसिया समेतले प्रहार गरी भेरी नदीको किनारमा पुर्‍याएर मारेर भेरी नदीमा बगाएको स्वीकार गरेकी छन् ।

त्यो दिन नवराजलगायतका केटाहरु मेरो घरनजिक आएपछि मैले गाली गरेको हुँ । उनीहरुलाई मार्ने पूर्व योजनाअनुसार मेरो श्रीमान र डम्बरबहादुर मल्लसमेतका व्यक्ति बोलाएर पिछा गर्न थालेका हुन् । उनीहरुलाई तल जिउला भन्ने ठाँउमा फेला पारेपछि घेरा हालेर ढुंगा, हसियासमेतले प्रहार गरी भेरी नदीको किनारमा पुर्‍याएर मारेर भेरी नदीमा बगाएको हो ।

मेरो छोरी र नवराजबीच फेसबुकमार्फत चिनाजान भएको रहेछ । पटकपटक नवराज समेतका केटाहरु मेरो घरमा आउने गरेको कुरा थाहा छ । मेरो भतिजी नाता पर्ने सुस्मा मल्ल ठकुरी (यही नाम पीडित किशोरी भनी कतिपय युट्युब च्यानलहरुमा आएका छन्) ले नवराजले मेरी छोरी घरबाट थुतेर लैजान केटाहरु लिएर जान्छु भनेको कुरा बताएकी हुन् । केटाहरु लिएर आए मारिदिने भनी घरपरिवारले सल्लाह गरेर योजना बनाएका हौं । पछि मात्रै मरेको थाहा भएको हो ।

आमाले दिएको बयानको पूर्ण पाठ :

जेठ १० गते नवराज  विक समेतका केटाहरु मेरो घरमा आएको अवस्थामा निज नवराज विकलाई मैले जातिय विभेद हुने शब्द (डुम )समेत भनि गाली गरेपछि निजहरु फर्केर गए  । नवराज  विक  केटाहरुलाई मार्ने  पूर्व योजना मेरो श्रीमान् परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) १, र डम्बर बहादुर मल्ल समेत जाहेरी दरखास्तमा उल्लेखित ब्यक्तिहरुलाई बोलाई पिछा गर्दै जाने क्रममा जिल्ला रुकुम चौरजहारी नगरपालिका वडा नं.८ औल जिउला भन्ने स्थानमा फेला पारी छेका हाली ढुङ्गा हँसिया समेतले प्रहार गरी भेरी नदीको किनारमा पुर्याई नवराज  विक समेतलाई कर्तव्य गरी मारी भेरी नदीमा बगाएको र सुदिप खड्का समेतलाई कुटपिट गरी नियन्त्रमा लिई घटना घटाएको ठिक हो । मेरो छोरी परिबर्तित नाम ५४ रुकुम पश्चिम (३६) र नवराज  विक  फेसबुकमार्फत चिनजान भएको रहेछ । पटक पटक निज  नवराज  विक समेतका केटाहरु मेरो घरमा आउने गरेको कुरा थाहा छ । मेरी भतिजी नाता पर्ने सुस्मा मल्ल ठकुरीसंग नवराज  विकले मेरी छोरीलाई घरबाटै थुतेर लैजान केटाहरु लिएर जान्छु भन्ने कुरा गरेको थाहा पाई १० गते निज भतिजीलाई मैले ९८४८२०९९०६ र ९८१९५९८९३६ मध्ये एउटा नम्बरबाट ९८६४७१६७७८ मा फोन गरी बुझ्दा निज नवराज  विकले मेरी छोरीलाई लैजान केटाहरु ल्याएर आउदैछ भन्ने थाहा पाई निज दलित भएकोले छोरीलाई बिवाह गरी लिए पछि बेईज्यत हुने भएकाले बेईज्यत हुनु भन्दा केटाहरु लिएर आए निजहरुलाई मारी दिए बिबाह हुन नपाउने भएकोले निज नवराज  विकले केटाहरु लिएर आए मारी दिने भनि घरपरिवारले सल्लाह गरि योजना बनाएका थियौं ।  हामीले योजना बनाई बसेको अबस्थामा मिति २०७७।०२।१० गते अं.१७:०० बजेको समयमा मेरो छोरी घर भित्र टि.भी. हेरी  बसिरहेको र म घर बाहिर आँगनमा रहेको अबस्थामा नवराज  विक समेतका केटाहरु आएको देखी नवराज  विकलाई तँ डुम फेरि किन आईस आज मर्छस् भनि धम्की दिई  गालिगलौज गरी कराउदै मेरो श्रीमानलाई फोन गरी नवराज  विक समेतका केटाहरु घरमा आएका छन भनि खबर गरे पछि निज केटाहरु घर देखी तल तिर गएको र पुर्ब योजना बमोजिम मेरो श्रीमानले वडा अध्यक्ष डम्बर बहादुर मल्ललाई खबर गरे पछि वडा अध्यक्षले पुर्ब सल्लाह र योजान बमोजिम गाउँमा खबर गरेको र मैले नवराज  विक समेतका केटाहरुलाई तल सम्म निग्रानी गरेको थिएँ ।  केही समय पछि मेरो श्रीमान, छोरा, मोहन पुन समेत घरबाट संगै केटाहरुलाई पिछा गर्दै गएका थिए भने केही तल वडा अध्यक्ष डम्बर बहादुर मल्लले बोलाएका अन्य जाहेरी दरखास्तमा उल्लेखित प्रतिबादीहरु समेतका गाउँका मानिसहरु आई हातमा लाठी ढुङ्गा ,हँसिया समेत लिई
मेरो घर देकि तलको सडक तर्फ नवराज  विक समेतका केटाहरुलाई नियन्त्रणमा लिई मार्नको लागी चारैतिर बाट घेरा हाली लखेट्दै गएका थिए । त्यस पछि म घर फर्किएँ,अन्य के भयो मैले देखिनँ । नवराज  विक.समेतका केटाहरुलाई लखेट्दै भेरी नदी पुर्याई लखेट्दै गएका ब्यक्तिहरुले कुटपिट समेत गरी नवराज  विक समेत ६ जनालाई मारी भेरी नदीमा बगाएको र अन्य १२ जनालाई घाईते बनाएको थाहा पाएकी हुँ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank