काठमाडाैं — अन्तरजातीय प्रेम विवाहको निहुँमा सुनियोजित सामुहिक ढंगबाट हत्या गरिएका मृतकको संखय छ पुगेको छ।
रुकुम पश्चिमको चौरजहारी प्रकरणमा नगरपालिका ८ सोतीगाउँमा जेठ १० गते भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको हाे
अन्तरजातीय प्रेम विवाहको निहुँमा सुनियोजित सामुहिक ढंगबाट हत्या गरिएको संख्या ६ पुगेको छ । श्रेष्ठका अनुसार १९ वर्षीय गोविन्द शाहीको शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल पठाएकाे छ ।
शाहीको टाउकोमा कपडाले बाँधेको, आँखा फुटेको तथा हात र नाक भाँचिएको अवस्थामा शव फेला परेको थियो। अन्तरजातीय प्रेम विवाहको निहुँमा सुनियोजित सामुहिक ढंगबाट जाजरकोटका नवराज विक सहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए । घटनामा यसअघि ६ जनाको मृत्यु भइसकेको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
Leave a Reply