दलित संघर्ष समितिको प्रदर्शनमाथि प्रहरी दमन : ९ जना घाइते [तस्बिरहरु]

दलित अनलाईन १८ जेष्ठ २०७७, आईतवार २३:३४

काठमाडौँ—संयुक्त राजनीतिक दलित संघर्ष समिति गरेको रुकुम पश्चिम हत्याको विरोध प्रदर्शनमाथि प्रहरीले दमन गर्दा नौ जना घाइते बनेका छन् ।
आइतबार माइतीघर मण्डलामा उनीहरुले विरोध गर्नुअघि पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई छोटो सम्बोधन गरेर फर्के लगतै उनीहरुलाई प्रहरीले धरपकड सुरु गरेको थियो । दोषीहरुलाई कडा भन्दा कडा कारबाही गर, घटनाको सत्यतथ्य छानविन गर, नाराबाजी गर्दागदै एक्कासी प्रहरीले पानीको फोहोरा प्रयोग गर्नुअघि प्रहरीले लाठीचार्ज गरी ९ जनालाई घाइते बनेका छन् । प्रर्दशनकारीमाथि प्रहरीले पानीका फोहोरा हान्दै लाठीचार्ज गर्दा दुर्गाा वराइली, टेक विश्वकर्मा, विष्णु विश्वकर्मा, अमर सुनार, प्रेम विश्वकर्मा, राजकुमार परियार, साजन विश्वकर्मा, के—के थापा, कविराम विक घाइते भएका हुन् । उनीहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
जेठ १० गते जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका २१ वर्षीय नवराज विकको अन्तरजातिय प्रेमलाई लिएर रुकुम पश्चिमको सोतीमा भएको नरसंहारमा ६ जनाको ज्यान गएको थियो भने एकजना अझै वेपत्ता छन् । सोतीमा रहेकी आफ्नी प्रेमिका सुष्मा मल्ललाई साथीहरुसहित लिन जाँदा नवराजमाथि गाउँलेले आक्रमण गर्दा उनीसहित ६ जनाको हत्या भएको थियो । जुन घटनाको संसददेखि देशभर व्यापक विरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank