कर्णाली प्रदेशसभाका सदस्यहरुले भने : हत्या प्रकरण योजनाबद्ध भएको निष्कर्ष

दलित अनलाईन १७ जेष्ठ २०७७, शनिबार २२:५८

काठमाडौं— कर्णाली प्रदेशसभाका सदस्यहरुले अन्तरजातीय प्रेम विवाहको निहुँमा सुनियोजित सामुहिक ढंगबाट रुकुम पश्चिमको चौरजहारी हत्या प्रकरण योजनाबद्ध भएको निष्कर्ष निकालेका छन् ।
शनिबार पाँच सांसदहरुले घटनास्थल र सोतीगाउँको स्थालगत अुगमन तथा अध्ययन गरी घटना सुनियोजित र योजनाबद्ध भएको निष्कर्ष निकालेका हुन् ।
सांसदहरुले पीडित परिवार,स्थानीयबासी र प्रत्यक्षदर्शीलाई भेटेर प्रत्येक्ष रुपमा हत्या प्रकरणबारे खोज अनुसन्धात्मक ढांचाबाट घटनाको अनुगमन तथा अनुसन्धान गरेको उनीहरुको दावी छ ।उनीहरु घटनास्थलमा पुगेर सुर्खेत फर्किए लगात घटनाको न्यायिक र निष्पक्ष छानविन गर्नुको साथै दोषीहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।
प्रदेशसभाका सदस्य दानसिङ परियारले अन्तरजातीय प्रेम विवाहको निहुँमा सुनियोजित ढंगबाट हत्या गरिएको बताए । ‘यो अपराध छुवाछूतको मात्रै छैन, मानवताविरुद्धको अपराध र जातीय नरसंहार हो,’ उनले भने,‘ पोष्टमार्टम र स्थलगत धेरै तथ्यहरु आएका छन्, पीडकहरुलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’
प्रदेशसभा सदस्य रातो कामीले युवा-युवतीको प्रेम सम्बन्ध अभिभावक र गाउँलेहरुले अस्वीकार गरेकै कारण ठूलो घटना भएको बताए । ‘ जातीय कारणले गर्दा प्रेमीको गाउँमा पहिला पनि कुटपिट गरे, उनले भने,‘ हत्या नियोजित रुपमा सामुहिक गरिएको पाइन्छ । ’
केटीकी आमासित भनाभन परेपछि अर्को बाटो लागिसकेका युवालाई गाउँलेले योजनाबद्ध ढंगले कुट्दै लखेटेको पत्यक्षदर्शीले बताएको कामीले सुनाए । ‘भेरीमा नपुग्दै र भेरीमा पसिसकेपछि पनि उनीहरुमाथि ढुंगामुढा भएको हामीले पायौं,’ उनले भने, ‘तर्न सक्ने भेरीको सानो भंगालोबाट सजिलै बग्न सक्ने अवस्था छैन ।’
जेठ १० गते शनिबार जाजरकोटबाट आएका युवालाई चौरजहारी नगरपालिका–८ का स्थानीयले अन्तरजातीय प्रेम विवाहको निहुँमा नवराज विकसहितको टोलीलाई सुनियोजित रुपमा आक्रमण गरी ६ जना हत्या गरेका छन् ।

नेकपाकी सचेतक सीता नेपाली,सामाजिक विकास समितिका सभापति राजु नेपाली, सांसद रातो कामी, दानसिङ परियार र झोवा विक घटनास्थलको अवलोकन गरी फर्किएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank