काठमाडाैं-रुकुम पश्चिममा अन्तरजातीय विवाहको निहुँमा सुनियोजित ढंगबाट नवराज विक र थप दुईको हत्या गरिएको भन्दै घट्नाको सत्यतथ्य छनवीन गरी हत्यारालाई हदैसम्मको कानूनी कार्वाहीकाे माग गदै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
घटनाको छानबिन गर्न माग गर्दै मंगलबार काठमाडौंको माइतीघरमा राष्ट्रिय दलित विद्यार्थी संघले शान्तिपूर्ण प्रदर्शन गरेको हो । संघले रुकुममा नवराज विकसमेत तीनजना मारिएकाे घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।
माइतीघरमा विरोध प्रदर्शन गर्नुअगाडि विद्यार्थी संघले राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगसमक्ष पनि घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको राष्ट्रिय दलित आयोग तथा राष्ट्रिय दलित विद्यार्थी संघका नेता मन्जित ताम्राकारले बताए।
Leave a Reply