अजित र नवराजकाे हत्या हिन्दू धार्मिक कानुनको आधारमा

चन्देश्वर दास १२ जेष्ठ २०७७, सोमबार १९:५४

“यदि तिमि यस व्यवस्थालाई तोड्न चाहन्छौ भने यो कुरो सधै याद राखकि यो व्यवस्था तोड्नको लागि वेद तथा अन्य धर्मशास्त्रहरुलाई वारुदले उड़ाइदेउ, वेद तथा धर्मशास्त्र आधारित धर्मलाइ नष्ट गर्नैपर्छ अन्य कुनै विकल्प छैन ।” डा. अम्वेडकर ।

नेपाली दलितहरुले हिन्दूधर्मको विधान किन बुझ्न सकेनन् हिन्दुधर्ममा अतिशुद्र (अछुत) हरुको हक अधिकार स्थान कस्तो छ ? नेपालको बाहुन शासकहरुले कानुनमा जातिविभेद छुवाछुत सम्बन्धी सामान्य कानुन निर्माण गरेपनि शासकहरुले हिन्दू कानुन द्वारा नै निर्देशित छ । छुवाछुत तथा जातिविभेद सम्बन्धि कानुन दलितको आंँखामा छारो हाल्ने काम मात्र भएको छ । हिन्दुधर्मको कानुनमा बाहुन क्षेत्रीको सुरक्षा हक अधिकारको सुनिश्चित गरिएको छ, शुद्र अतिशुद्र हिन्दूधर्मको अंग होइन यो त शासक र शासित बीचको विधान हो, जहाँं शासक जातिको हकमा सबै व्यवस्था गरिएको छ ।
हिन्दूधर्मको विधान को निर्माणलाइ हेर्दा अध्ययन गर्दा स्पष्ट हुन सकिन्छ कि सवर्ण (द्विज) र मुलवासि शुद्र विचको युद्धको कारण विजेता आर्यहरुले पराजित मुलवासीहरुलाई शासन गर्न निर्माण गरिएको विधान हो । जसको विधानमै शुद्र अतिशुद्रलाई अन्याय, अत्याचार गर्नु शोषण दमन गर्नु भनेर ठाड़ो आदेश दिएको छ । शुद्रहरुलाई लुट्न, पिट्नु, धन संपत्ति जफत गर्नु, हत्या हिंसा गर्नु । शुद्र र द्विज(बाहुन क्षेत्री) हरु यदि एउटै धर्मको हुन्थ्यो भने सहधर्मीहरुलाई विना कारण यस्ता कठोर सजायको व्यवस्था गर्देनथे ।

विश्वमा धेरै धर्महरु अस्तित्वमा छ । त्यस धर्मको विधानमा पनि दण्ड सजायको व्यवस्था गरिएको छ तर सहधर्मीहरुलाई त्यसो गरिएको छैन, इस्लाम, इसाई लगायतको धार्मिक विधि विधानमा पनि सहधर्मीहरुलाई माया गर्नु भनेर नै लेखिएको छ, संसारमा हिन्दू मात्र त्यस्तो धर्म हो, जसमा शुद्र अतिशुद्रलाई धर्मको सबै कुरोबाट वञ्चित गरिएको छ ।

हिन्दुधर्मको कानुनमा बाहुन क्षेत्रीको सुरक्षा हक अधिकारको सुनिश्चित गरिएको छ, शुद्र अतिशुद्र हिन्दूधर्मको अंग होइन यो त शासक र शासित बीचको विधान हो, जहाँं शासक जातिको हकमा सबै व्यवस्था गरिएको छ ।

विश्व नै कोविड १९ महामारी संग जुधिरहेको समयमा पनि नेपालमा दलित उत्पिडनको घटना निकै तीव्र भएको छ ।
यो नौलो घटना भने होइन । हिन्दूहरुको प्रमुख शास्त्र मनुस्मृति जो केहि पहिले सम्म नेपालमा लागु थियो शासन सत्ता परिवर्तन भए पनि अहिले पनि हिन्दु समाजमा त्यहि लागु छ तथा अहिले पनि द्विज तागाधारि (स्वर्ण)
त्यहि अनुसार चल्दैछ । अहिले पनि जाति विभेद तथा छुवाछुतको घटना होस् तथा अन्तर्जातीय प्रेम विवाहको घटना होस् । गैर कानुनी हत्या हिंसा रोकिएको छैन । २१ औं शताब्दीको आधुनिक युगमा पनि हिन्दुधर्मको दंण्ड विधान मनुस्मृति लगायतको विधानको पालना भै रहेको छ । अजित मिजार होस् कि नवराज विश्वकर्मा लगायतको घटनाको दण्ड सजाय धार्मिक कानुन बमोजिम नै भइरहेको छ । शुद्र तथा अतिशुद्रलाई हिन्दू विधानमा पशुपन्छि कै बराबर बुझेको छ, मानवको दर्जा दिएको छैन ।
शुद्रलाई मार्नु भ्याकुतो, काग तथा उल्लु(लाटो कोसेरो) मार्नु समान हो, यस्तो धर्मशास्त्रिय कथनले स्पष्ट छ । मनुको कथन अनुसार बिरालो, न्याउरिमुसो, नीलकंठ(पंछी) भ्याकुता, कुकुर, गोहि, उल्लु र काग यस मध्ये कसैलाइ मारेर शुद्र हत्या गरेर गरिने व्रत गर्नु पर्छ ।

मार्जारनकुलौ हत्वा. चाषं मडुकमेव च.
श्वगोधोल्लूककाकांश्च शुद्रहत्याव्रतं चरेत्..
(मनुस्मृति ११र१३१)

यति मात्र होइन, शुद्रले द्विजाति तागाधारिलाइ कटु वचन बोले पनि मृत्यु दण्डको भागि हुनेछ
(मनुस्मृति ८र२६७(२६८)

ब्राम्हणले आफु लगायत तीनवटै वर्णको स्त्री संग विवाह गर्न सक्छ तर शुद्रले द्विजातिको स्त्रीसंग सम्ंभोग गर्ने प्रयास गरे या सम्भोग गरेमा त्यस शुद्रको लिंग काटेर उसंग भएको सबै संपत्ति जफत गरेर प्राणदण्ड दिनु पर्छ ।

शुद्रो गुप्तमगुप्तं वा द्वैजातं वर्णमावसन्
अगुप्तमंगसर्वस्वैर्गुप्त सर्वेण हीयते.
(मनुस्मृति ८र३७४)
आजभोलि अतिशुद्र अछुत जसलाई दलित पनि भनिन्छ तिनिहरुमाथि अन्याय, अत्याचार, हत्या, हिंसा भइरहेको छ त्यो यहि धार्मिक कानुन अनुसार भइरहेको छ । हिन्दुधर्मको विधान नबुझे सम्म दलितहरु यसैगरि हत्या हिंसाको शिकार भइरहने छन् ।
आजको दलितहरुले यदि आफैलाइ हिन्दुधर्म भित्रैको अंग आफैलाई हिन्दू मान्छे भने हिन्दूधर्मको विधि र विधान पनि मान्नुपर्ने हुन्छ । हिन्दूधर्मावलम्वी भएर हिन्दू धर्मको विधान मान्दिन भनेर हुँदैंन । हिन्दुधर्म शास्त्रहरुमा शुद्र सम्बन्धि कहिं कतै सकारात्मक व्यवस्था छैन ।
नेपालमा इसाई, इस्लाम लगायतको धर्महरु पनि अस्तित्वमा छ । त्यहाँ जातिविभेद छुवाछुत भएको छैन । हुदैंन किनकि ती धर्मको शास्त्रमा न जात छ, न जातिय विभेद छ । तसर्थ दलितहरुले हिन्दूधर्म त्याग्नुको विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank