शारिरीक सम्बन्ध राख्न नमानेपछि दलित महिलालाई निर्घात कुटपिट

दलित अनलाईन जेष्ठ ११, २०७७

काठमाडौं– आफुसँग शारिरीक सम्बन्ध राख्न नमानेपछि कल्याणपुर नगरपालिका ११ का गान्धी साहले एक दलित महिलालाई निर्घात रुपमा कुटपिट गरेका छन् ।
सप्तरी जिल्ला सिसबाकटि वडा नम्बर ६ हाल वस्ने उमेश प्रसाद साहको छोरा २४ वर्षीय गान्धी साहले सोहि कल्याणपुर नगरपालिका ११ का हरिशरण महराकी श्रीमती रिंकु महरालाई शारिरिक सम्बन्ध राख्न नमानेपछि निर्घात रुपमा कुटपिट गरेका हुन् । पीडित रिंकुका अनुसार गान्धी साहबाट आफुलाई पटक पटक फोन गरेर अनैतिक सम्बन्ध राख्न दवाब दिने गरेको थियो । रिंकु महराले अनैतिक सम्बन्ध राख्न नमान्दा गान्धी शाहले गालीगलौज गरी कल्याणपुर नगरपालिकाको अगाडि घिसार्नुसंगै लुगाफाटो समेत च्यातिदिदै कुटपिटमा उत्रिएका थिए ।
पिडित रिंकुका अनुसार आफुलाई रू ५०० दिने प्रलोभन गरेको सो कुरा आफुले नमान्दा दलितको के औकात छ भन्दै गालिगलौज गरी गान्धीले कुटपिट गरेका थिए । साह नेकपा निकट सिरहा जिल्ला युवा संघका अध्यक्ष बैजनाथ साहका आफ्नै भान्जा हुन् । बैजनाथ साहलाई रिंकु महराले तपाईंको भान्जाले फोन गरेर हैरान किन गरेको भनेको भोलि पल्ट शनिबार गान्धी रिंकुको घरमा पुगेर कुटपिट गर्न थालेका थिए ।
कल्याणपुर ईलाका प्रहरी कार्यालय प्रमुख प्रमोद साहलाई घटना बारे बताए पनि बैजनाथ साहको पहुँचले गर्दा उसको भान्जा गान्धी साहलाई समातेको छैन । आफुलाई कुटपिट गरे लगतै ईलाका प्रहरी कल्याणपुरमा जाँदा ईलाका प्रमुखको अगाडी जातीय छुवाछूत र नराम्रो गाली गलौजमा उत्रिदै मारेर फालिदिने धम्की समेत साहले दिएका थिए ।
पिडित रिंकु हाल मिचैर्या अस्पतालमा उपचार भइरहेको छ । दलित अधिकारकर्र्मी संजय महराले अन्याय अत्याचार गर्नेलाई कठगारामा ल्याई दोषीलाई करबाहिको माग गरेका छन् । जातीय आधारमा कसैको श्रीमातिलाई अनैतिक सम्बन्ध राख्न खोज्ने र कुटपिटमा उत्रिने साहलाई तत्कालै कारबाहीको दायरामा ल्याउनुपर्ने संजयले प्रहरी प्रशासनसँग माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank