विस्तारवाद अंग्रेजसँग पनि पानी नपिएर लडेर नेपाली भुमि कालापानी सुरक्षित गरेको जीउँदो ईतिहास विश्वमा अतुलनीय छ । कालापानीमा नेपालीको स्वामित्व मात्र नभई नेपालीहरुको वीरता र गौरव झल्किने एउटा ऐतिहासिक चिनारी रहिआएको छ । विश्वसामु विरगोर्खालीको शाहस र हिम्मतलाई स्थापित गरेको स्थल कालापानी आज आएर भारतको कब्जामा हुन पुगेकोमा ठुलो चिन्ताको विषय बनेको छ । यो नेपालमाथिको भारतले गरेको ठाडो र नसुहादो दमन हो । डटेर लड्ने नेपालीहरुको कथा सुनेर विश्वका ठुला राष्ट्रमध्ये जर्मनीका ‘कैजारा’ को भनाई सबै सामु स्पष्ट छ । ‘अरु सारा विश्व आओस लड्छौ तर गोर्खालीको नाम मात्र सुन्दा बित्तिकै मेरो मुटु काप्छ’ । यो कुनै उखान र टुक्का होईन यो त वीर गोर्खालीहरुको शाहस र आँटलाई जर्मनका कैजराले त्यतिवेला नै वीर गोर्खालीप्रति गरेको सम्मान थियो । भोग–तिर्खा नभनि जोगाएको कालापानीमा नेपालीको विश्वमा एउटा उच्च पहिचान र विरता छ । कसैसामु नझुक्ने नेपालीहरुको चिनारीको प्रतिक हो, कालापानी । नेपालीहरुको एउटा भनाई छ कसैसँग जाई नलाग्ने र आईलाग्नेमाथि जाईलाग्न पनि पछि नपर्ने भनाई अर्थपूर्ण छ । यो भनाईले नेपालीहरुको इतिहासलाई अर्थाएको छ । भारतले धेरै पछिको किमार्थमा वीर गोर्खालीको विरताको प्रतिक मानिएको कालापानीमा अवैधानिक मनपरि गरेको छ । जसमा बारम्वार नेपालका राज्यसत्तामा फेरबदल भएका अनुहारहरुले पुर्खाको जननी कालापानीलाई महत्वको विषय बनाउनु नसकेको हुँदा त्यसैको परिणाम भारतको नाङगो आक्रमण हुन पुगेको छ । भारतबाट पटक–पटक नेपालमाथि आफ्नो दमनकारी भूमिका प्रदर्शन र आफ्नो कमजोरीहरु देखाईरहन्छ । भारतले सिमा हस्तक्षेप गर्दै आएको कुरा नौलो होइन । सिमा विवादका कारण सुदुरपश्चिम कञ्चनपुरका गोविन्द गौतम सरकारबाट सहिद नाममा घोषित भएको धेरै समय भएको छैन ।
नेपालका पुर्व, दक्षिण र पश्चिम गरी ७१ सीमा क्षेत्रमा भारतले अतिक्रण गर्दै आइरहेको छ । भारतको ज्यादतिलाई आम नेपालीहरुले टुलुटुुलु हेर्ने शिवाय अरु केहि पनि थिएन । यसको समाधान उच्चस्तरिय कुटनैतिक र राजनैतिक पहलबाट हुने प्रयास कहिले पनि गरिएन । जसले गर्दा कालापानी लिपुलेख र लिम्पियाधुरा लगाएत नेपाली भुमि संकटको घडिमा पर्ने गर्छ । जसले गर्दा आज चारैतिर नेपालीहरुको स्वाभिमान गुमेको भान हुनु स्वभाविक नै हो । अहिले सम्म लुटिदै आएको नेपाली भुमि फिर्ता गर्न नसकेको देख्दा लाग्छ ईतिहासले सपुत जन्माएको नेपाली भुमिले आज कपुत जन्माउँदै छ ।
नेपाल एउटा सानो राष्ट्र भएता पनि यसको स्वाभिमानमा गौरवशाली ईतिहास निकै सान्दर्भिक र ठुलो गाथा छ । सन् १९४७ जुन १३ मा भारत र नेपालबिचको दौत्यसंम्बन्ध हुँदै आएको छ । विश्वमा अरु कुनै त्यस्तो देश छैन जुन देशको प्रत्येक नागरिकको नामको अगाडि वीर अथवा बहादुर थपिएको या जोडिएको । यस्तो देश जुन एकमात्र देश नेपाल हो । जुन विश्व सामु नेपालीहरुले आफ्नो योगदान र बलिदानबाट स्थापित गरेको बहादुरीपन जसको शिरोधार्य कालापानीको युद्धले स्थापित गरको छ । यसको आफ्नै महिमा छ । कालापानीमा नेपालीहरुले अंग्रेजमाथि विजय प्राप्त गरेर नेपालीहरुको नामको अगाडि बहादुर गोर्खाली नाम थप्नुमा नेपालीहरुको विश्वसामु स्वाभिमानी र महत्वपुर्ण बलिदानी छ । त्याग र बलिदानले रचिएको गोर्खाली नाम यसको आफ्नै स्वामित्व र अस्तित्व कायम छ । विश्वमा प्रतिष्ठावान् वीर गोर्खालीलाई भारतले किन चौतर्फी घेरामा राख्ने प्रयास गरको छ र यो निकै राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा बहसको विषय बन्नुपर्दछ । मित्र राष्ट्र भन्दैमा कति दिन भारतको दमन र अत्याचार सहेर हामी नेपालीले हाम्रो विर गोर्खालीको ईतिहास बचाउन सक्छौ ? किन मौनताले छाएको छ ? वीर नेपालीको जोस र जाँगर भारतले भने आफ्नो भुमि नभएको क्षेत्रलाई आफ्नो भुमि भन्दै नक्सा प्रकाशन गर्न सक्ने तर नेपालले भने आफ्नो भुमिलाई आफ्नो नक्सामा राख्न नसकेको कारण के हो ? नेपालले समयमा नै आफ्नो सिमा सुरक्षा गर्न नसक्दा भारतले चीनको मानसरोवर जाने बाटो नेपालको भुुमि मिचेर बनाईसकेको छ । यसरी भारतले नेपाली भुमिलाई मात्र मिचेको होईन यो सिंगो बहादुर नेपालीहरुको मान, प्रतिष्ठा स्वाभिमान र वीर योद्धा भक्ति थापा बलभद्र कुँवर अमरसिंह थापा लगाएत वीर गोर्खालीहरुको ईतिहासलाई मिचेको छ । राष्ट्रघाति र असमान संन्धिकै कारण आज आएर अन्र्तराष्ट्रिय कानुन मिचेर नेपालको भुमि कालापानी, लिम्प्यिाधुरा र लिपुलेकमा आफ्नो खुला हस्तक्षेप जमाउन खोजको थियो । तत्कालै नेपाल सरकारले भारतले नेपाली सार्वभौमिकतामाथि अन्यापुर्ण दमन गरको छ भन्दै नेपालको भूमि दोहोनको लडाईमा नेपाल कदपिपछि नहट्ने अठोट सहित नयाँ नक्सा जारी ग¥यो त्यो नै नेपाली भूमिको सम्मान र सरकारको एउटा इतिहासिक कदम हो ।
देशप्रतिको अथक माया र समपर्णलाई चिनाउन पुर्खाको ईतिहासलाई ब्युउँझाउन सक्नुपर्दछ । बहादुर नेपाली योद्धाहरुले आर्जिएको विर गाथालाई हामी सबैले जोगाउन अब ढिला गर्नुहुन्न । नेपाल सरकारले यतिखेर तत्काल र दिर्घकालिन सीमा समाधानमा गम्भिरतापुर्वक उभिनुएकाे छ , सरकारलाई यतिखेर सबैले साथ दिनुपर्छ र एकसाथ सबैले पुनः नदोहोरिने गरी सीमा सम्बन्धि अन्तिम लडाई लड्नैपर्छ ।
कसरी भयो त लिपुलेक, लिम्प्यिाधुरा र कालापानी नेपालकै भुमि
तथ्य, प्रमाण र संन्धिअनुसार लापानी लिम्प्यिाधुरा र लिपुलेक नेपालकै भुमि हुन भन्ने कुरामा दुई मत छैन । अंग्रेजी संम्वत १८१६ मार्च ४ मा नेपाल र ईष्टि इन्डिया कम्पनी बिच भएको सुगौलि संन्धिको धारा ५ मा नेपालको पश्चिम सिमा माहाकाली नदिलाई बनाएको छ । लिम्प्यिाधुरा भई बग्ने काली नदि नै महाकालीको वास्तविक उद्गम स्थान हो । जसको पूर्वतिरको लिम्प्यिाधुरा कालापानी लगाएतका क्षेत्र भएको ऐतिहासिक प्रमाण नक्सा, तथ्य र सुगौली संन्धिलगाएत अन्य दस्तावेजहरुले पुष्टि गरेको छ । त्यतिखेर त्यो सिमा भारतले पनि स्विकारेको छ । कालापानी र लिम्प्यिाधुरा बीचमा कुटि,गुञ्जि र छाङगरु गरि तिन ओटा गाउँ पर्दछन् । तीन गाउँको जनगणना, मालपोत लगाएतका दस्तावेजहरुपनि उपलब्ध प्रमाणको रुपमा छन् । जसले यो भुमि निर्विबादित रुपमा नेपालको हो भन्ने स्पष्ट छ । त्यतिमात्र नभएर सन् १८२७ र १८५६ मा ब्रिटिस सर्भे अफ ईन्डियाले निकालेको नक्सामा लिपुलेक, कालापानी र लिम्प्यिाधुरा नेपालको नक्सामा रहेको कुरा प्रष्ट देखाएको छ ।
कहिले देखि भारतले नेपाली भुमिलाई हस्तक्षेप गर्दै आयो त ?
विश्व मानचित्रमा अंग्रेजी संम्वत १८५० भन्दा पहिलाका नक्साहरुले नेपालको पश्चिम सिमाना लिम्प्यिाधुरालाई प्रस्ष्ट देखाईएको छ । त्यसपछिको नक्साहरुले नेपालको सिमाना लिपुलेक वा लिपियाधुरालाई देखाईरहेको छ ।
त्यसैगरि अंग्रेजी संम्वत १९२४ तिर प्रकाशित नक्साहरुमा पुरै कालापानी क्षेत्र भारतमा भएको देखाईएको छ । यतातिर १९६१ ई संम्वतमा नेपाल र चीन सीमा सम्झौता गर्दा सीमा रेखा लिम्प्यिाधुरा हिमालको डाँडादेखि सुरु गर्नु ठुलो गल्ति छ । यसरी नै पटक–पटक नेपाली भुमि चीन र भारतसँंगको भावनात्मक सम्बन्धको कारण मातृभुमि गुम्न पुगेको छ । २ नोभेम्बर २०१९ मा भारतले नेपालको लिपुलेक कालापानी र लिम्प्यिाधुरालाई आफ्नो नक्सामा पार्दै प्रकाशन गरेको थियो । नेपाल भारत बीच भएको १९५० को संन्धिको धारा ८ ले सुघौलि संन्धि लगाएत नेपाल र तत्कालिन ईष्टि ईन्डिया बिच भएको सबै संन्धि तथा सम्झौता खारेज गरेको छ । आज यहि संन्धिको कारण नेपालको भुमि अतिक्रण भएको छ । नेपाली भुमि फिर्ता हुन्छ भनेता पनि अहिले सम्म नेपालका शासकहरुले भारतसंँग सिमाको बारेमा कुरा उठाउन नसक्नु यहि संन्धि नै प्रमुख कारक बनेको छ । यो संन्धि मात्र नभएर भारतले कार्यान्वयन नगरेको जलस्रोत सम्झौताहरुको पालनामा समेत कुरा उठ्न सकेको छैन । आफ्नो भुमिलाई समयमा नै सुरक्षा गर्ने दायित्व वहन नभएकै कारण आज भारतले नाङगो हस्तक्षेप गरेको छ ।
जुन दुई देशबिच सम्बन्धमा आज दुरी बढेको छ । नेपाली भुमिलाई मिचेर चीनको मानसरोवरमा पुग्ने बाटो बनाउदै ८० कि.मि लम्बाईको सडक निमार्ण गरेर गत बैशाख २६ गते भारतिय सरकारले बाटोको उद्घाटन गरिसकेको छ । अन्य देशलाई बचाउन पछि नपर्ने वीर गोर्खाली यसरी भारतले आफ्नो अधिनमा प्रयोग गर्दा यो निकै चासोको विषय बनेको छ । नेपाल एक सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो । तर पनि नेपालको स्वतन्त्र भुमिलाई भारतले किन आफ्नो हातमा लिन खोज्दै छ ? भन्ने गरिन्छ,‘अरु सबै थोक परिवर्तन गर्न सकिन्छ, तर छिमेकी परिवर्तन गर्न सकिदैन’।
कहिले सम्म सहने भारतको विस्तारवाद र अत्याचार ?
बारम्बार भारतले कालापानी, लिम्प्यिाधुरा र लिपुलेकलाई आफ्नो सम्प्रभूक्षेत्र भनेको छ । कालापानीमा नेपालको कुनै सम्बन्ध छैन भनेको छ । यसैगरि पटक–पटक दशगजा क्षेत्रका नेपाल तर्फका सिमा स्तम्भहरुलाई नेपाल तर्फ सार्दै आएको छ । विभिन्न स्थानमा बाँध निमार्ण गरि नेपाली भुमि डुवानमा पार्ने गरेको हुन्छ । विना अनुमति भारतीय प्रहरी नेपाल प्रवेश गरेर मनोमानी ज्यादति गरिरहेको हुन्छ । कहिलेकाही नाकाबन्दि लगाएकै हुन्छ । यता नेपालमा भने हाम्रा नेपाली राजनीतिज्ञहरु पदीय मोहमा सत्ता टिकाउने होडबाजी गरिहन्छन् । कहिले होला त्यो होडबाजी र शत्ताको मोह छोडेर र आफ्नो गुमेको भुमिलाई फिर्ता गरेर सीमा सुरक्षालाई बलियो र चुस्त दुरुस्त बनाउनमा ध्यान जाने । यसो भनिरहँदा छिमेकी परिवर्तन गर्न सक्दैनौ भनेर छिमेकीको अतिवाद, अन्याय, अत्याचार र दमन पनि त सहेर बस्न पनि त सकिदैन होलानी ? भलै छिमेकिको बस्ने सृष्टि परिवर्तन गर्न नसके पनि उसको दृष्टि परिवर्तन गर्न सक्नुपर्दछ । ईतिहासलाई नियाल्दा विश्वमा नेपाली गौरावन्तित हस्ति छ । जस्मा अंग्रेजले नालापानी पछि देरादुनमा जिलेस्पी र बलभद्रको स्मारक बनाएर,‘विर दुस्मन’ भन्दै युद्धकौशलको सम्मान गरको छ । कसै सामु नझुकेको नेपाली स्वाभिमान र कसैबाट नहेपिएको विर गोर्खाली माथि छिमेकी मित्र भारतले अधिनायकत्व क्षमता प्रर्दशन गर्नु निकै दुर्भाग्यपुर्ण कार्य हो । १५ मे सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणकै समयमा संयुक्त वक्तव्यको बँुदा न २८ मा व्यापार मार्ग निर्माण गरिएको विषय छ । यसमा चीन र भारतका नेता बसेर त्रिदेशीय सिमानामा पर्ने क्षेत्रबारे सम्झौतामा नेपाललाई बेवास्ता गरिएको छ । दुई ठुला शक्तिशाली राष्ट्रले आफु खुशी निर्णय गरेर नेपालको भुमिलाई प्रयोग गर्न खोज्नु यो कत्तिको न्यायोचित र राष्ट्रिय र अन्र्तराष्ट्रिय मुल्य मान्यता सम्मत छ त्यसको जवाफ हामीले अन्र्तराष्ट्रिय नियम कानुन र संवैधानिक प्रक्रिया अनुसार खोजिनुपर्दछ । नेपालीहरुको बलिदानबाट आर्जिएको एउटा हस्ती कालापानी माथि भएको भारतको मनगणन्त्य दबाव लाई आम नेपालीहरुले नबोली विरगाथाको ईतिहासको गुमाउन कदापि पनि सक्दैनौ । रगत उल्मिएको छ ,शरिर तातेको छ । कुनै हालतमा भारतको अतिवाद र मनपरिमा सह्य छैन । हाम्रो एक चिम्टी माटो भारतलाई हुन दिदैनौ । यो हामी सबै नेपालीहरुको एक मात्र आवाज हो ।
शासकहरुले आफ्नो व्यक्तिगत फाईदालाई मात्र हेर्दा देशको भुमि मात्र नभई देशको स्वाधिनता र राष्ट्रिय अखण्डता खुला हक दाबि गर्ने मौका भारतले पाएको छ । गुमेको भुमिलाई देशको नक्सामा नसमेटेर विंसं २०३२ सालमा नयाँ नेपालको नक्सामा कालापानी लिम्प्यिाधुराको पुर्वतिरको भुभाग मात्र समेटिनु नै नेपालको प्रमुख कमजोरी हो । जसमा भारतविरुद्धको विरुद्धमा शसक्त आवाज नउठ्दा भारतले मौका पाएको छ । अब यो मौका भारतलाई फेरि–फेरि दिनुहुुन्न ।
जसरी भारतले गोवा, चीनले मकाउ र हंङकङ फर्काएझै हामीले पनि गुमेको नेपाली भुमिलाई फर्काउन सक्नुपर्छ । कालापानीमा ७० वर्ष अगाडि देखि बस्दै आएको भारतीय तैनाथ लाई हटाएर नेपाली सेना राख्नुपर्दछ । ब्रिटिस सर्भे नक्सा र सुगौली संन्धि १८१६ को धारा ५, तथ्य र प्रमाणको आधारमा अन्र्तराष्ट्रिय कानुन मार्फत नेपाली भुमिलाई सुरक्षित गरिनुपर्दछ । नेपालको भुभागमा नेपालकै अधिकार र स्वामित्व रहने गरी सरकारले उच्चस्तरिय कुटनैतिक र राजनैतिक पहल बाट यसको समाधान गर्न सक्नुपर्दछ । १९५० मा भएको असमान र राष्ट्रघाती संन्धि खारेज गर्नुपर्छ । नेपालको नक्सामा कालापानी लिपुलेक र लिम्प्यिाधुरा समेटिनुपर्दछ । भारतको अधिनायकत्व सोचलाई चिर्न आम नेपाली एकजुट हुनुपर्दछ । देशप्रतिको अथक माया र समपर्णलाई चिनाउन पुर्खाको ईतिहासलाई ब्युउँझाउन सक्नुपर्दछ । बहादुर नेपाली योद्धाहरुले आर्जिएको विर गाथालाई हामी सबैले जोगाउन अब ढिला गर्नुहुन्न । नेपाल सरकारले यतिखेर तत्काल र दिर्घकालिन सीमा समाधानमा गम्भिरतापुर्वक उभिनुएकाे छ , सरकारलाई यतिखेर सबैले साथ दिनुपर्छ र एकसाथ सबैले पुनः नदोहोरिने गरी सीमा सम्बन्धि अन्तिम लडाई लड्नैपर्छ ।
Leave a Reply