१५ सय रुपैयाँ जरिवाना गराइएको गुल्मी घटनाको जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता

दलित अनलाईन ६ जेष्ठ २०७७, मंगलवार २१:४७

काठमाडौं– वैशाख २२ मा गुल्मीको कालीगण्डकी गाउँपालिका–५,फोक्सिङमा दलित युवकलाई गैरदलितको घरमा पसेको भन्दै १५ सय रुपैयाँ जरिवाना गराइएको  घटनाको कारबाहीकाे माग गरी जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएकाे छ ।

दलित अधिकारकर्मीहरुको उपस्थितीमा पीडित परिवारले जातीय विभेद गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । मंगलबार मुद्दा दर्ता गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए । आरोपित भने गिरफ्तार भएका छैनन् । गाउँपालिकाको कार्यपालिका सदस्य समेत रहेकी कौशिला परियारका २७ बर्षीय छोरा श्याम परियार मलामी गएर फर्किने क्रममा हावाहुरी र पानी ठूलो पानी परेपछि ओत लाग्ने क्रममा स्थानीय ४३ बर्षीय नेत्र काउछाको घरमा पस्दा उनलाई जातिय रुपमा गाली गलौज गरी १५ सय रुपैयाँ जरिवाना समेत तिराएका थिए । पीडित श्याम परियारलाई स्थानीय केही व्यक्तिहरुको उपस्थितिमा जवरजस्ती कागज गराई आर्थिक जरिवाना गराएका थिए ।

उनी र उनका बुवा धनबहादुर परियारलाई कुटपिट गरी, गालीगलौज र गाउँ निकाला गर्ने धम्की समेत दिएको बताईएको छ । अमानविय घटनाबाट जातिय विभेद भएको छर्लङ्गै भएको ठहर गर्दै घटनाले नेपालको संविधान, जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८, छुवाछुत मुक्त राष्ट्र घोषणा लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानून, प्रतिवद्धताहरुको मर्म र भावनाको धज्जी उडाएको भन्दै जिल्लामा क्रियाशिल  दलित अधिकारकर्मीहरुले दोषीलाई कडा कारबाहीको माग गरेका छन्  ।

गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले घटना सामान्य भएको भन्दै गाउँमै मिलाउन थालेको थिए । कार्यपालिका सदस्य समेत रहेकी कौशिला परियारले छोरा श्याम परियारलाई जातीय विभेदको निहुँमा गाली गलौज गरी उल्टो घरभित्र पसे वापत १५ सय रुपैया तिरेपछि घटनाको विषयमा गाउँघरमा विभिन्न टिकाटिप्पणी भएको भन्दै आफुलाई पार्टीगत दबाब आएको समेत बताएकी  थिइन् । आफ्नो छोरामाथि जातीय विभेदको निहुँमा गालीगलौज गरी विभेद गर्ने पीडकका विरुद्ध उजुरी दर्ता गर्न नसकिएको बताउँदै आएकी परियारलाई जिल्लाका दलित अधिकारकर्मीहरुले दोषीलाई कडा कारबाहीकाे माग गदै साथ दिएपछि जाहेरी दर्ता भएकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank