गुल्मी विभेद प्रकरण : गाउँपालिका अध्यक्ष घटना गाउँमै मिलाउन लागे, दलित अधिकारकर्मीहरु विरोधमा

दलित डेक्स ३ जेष्ठ २०७७, शनिबार २२:१५

काठमाडौं– वैशाख २२ मा गुल्मीको कालीगण्डकी गाउँपालिका–५,फोक्सिङमा दलित युवकलाई गैरदलितको घरमा पसेको भन्दै १५ सय रुपैयाँ जरिवाना गराइएको घटनाको उजुरी अझै दर्ता हुन सकेको छैन ।
गाउँपालिकाको कार्यपालिका सदस्य समेत रहेकी कौशिला परियारका छोरा श्याम परियार हावाहुरी र पानीबाट जोगिन ओत लाग्ने क्रममा स्थानीय नेत्र काउछाको घरमा पस्दा उनलाई जातीय रुपमा गाली गलौज गरी १५ सय रुपैयाँ जरिवाना समेत तिराएका थिए । उक्त घटना घटेको शनिबार बाह्रौ दिन पुगे पनि जातीय विभेद गर्ने विरुद्ध उजुरी दर्ता गरिएको छैन ।

घटना गाउँमै मिलाउन चलखेल
कार्यपालिका सदस्य समेत रहेकी कौशिला परियारका छोरा श्याम परियारलाई जातीय विभेदको निहुँमा गाली गलैज गरी उल्टो घरभित्र पसेवापत १५ सय रुपैया तिराएपछि विभेद गर्ने विरुद्ध कारबाहीको माग बढी रहेको छ । पीडित परिवारको तर्फबाट जाहेरी दर्ता नभएसम्म घटनाको अनुुुसन्धान र पक्राउ गर्नं आदेश प्रक्रिया नै कही नहुने प्रहरी भन्छ । तर घटनालाई राजनीतिक रुप दिदै गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले घटना सामान्य भएको भन्दै गाउँमै मिलाउन थालेको बताए । थापाले पीडित र पीडक पक्षको बीचमा कुराकानी भएर गाउँको घटना गाउँमै मिलाउनुपर्छ भन्ने आफुलाई लागेको अध्यक्ष थापाले दलित अनलाईन डटकमलाई बताए । जातीय विभेद भएको छैन, घटनाको विषयमा छलफल भएपनि घटना गाउँमै मिलाउन सकिन्छ भनेर बुझेको हुँ ।

कार्यापालिका सदस्य कौशिला परियार भन्छिन् : घटना मिलाउन दबाब

कार्यपालिका सदस्य समेत रहेकी कौशिला परियारले छोरा श्याम परियारलाई जातीय विभेदको निहुँमा गाली गलौज गरी उल्टो घरभित्र पसे वापत १५ सय रुपैया तिरेपछि घटनाको विषयमा गाउँघरमा विभिन्न टिकाटिप्पणी भएको भन्दै आफुलाई पार्टीगत दबाब आएको समेत बताइन् । आफ्नो छोरामाथि जातीय विभेदको निहुँमा गालीगलौज गरी विभेद गर्ने पीडकका विरुद्ध उजुरी दर्ता गर्न नसकिएको बताइन् । ‘मलाई गाउँमै घटना मिलाउन दबाब आइरहेको छ, उनले भनिन्,‘विभेद भएको तर गाउँमै छलफल चलाइएको छ ।’
घटनामा अधिकारकर्मीबाट विरोध
कालिगण्डकी गाउँपालिका फोक्सिङमा दलित युवक श्याम परियारलाई घरभित्र पस्दा उल्टो विभेद गर्नेहरुले १५ सय जरिवाना तिराएको घटनाप्रति केन्द्रिय र स्थानीय दलित अधिकारकर्मीहरुले जरिवना लिने नेत्र काउछालाई कारबाहीको माग गरेका छन् । राष्ट्रिय दलित नेटवर्क नेपाल र जिल्लाका दलित अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । कालिगण्डकी फोक्सिङका नेत्र काउछाको घरमा पसेको भन्दै गाउँपालिकाको कार्यपालिका सदस्य समेत रहेकी कौशिला परियारका छोरा श्याम परियारलाई जरिवाना गराई जातिय विभेदको घटनाले दलित आन्दोलनलाई चुनौती दिर्दै सिङ्गो दलित समुदाय माथि नै धावा बोलेको भन्दै दलित अधिकारकर्मीहरुले आपत्ति जनाएका हुन् । कौशिला परियारकी आमाको गत बैशाख २२ गते मृत्युभएपछि स्थानीय लुग खोलामा दाहसंस्कार गरी मलामीहरु फर्कने क्रममा हावाहुरी र पानी परेको थियो । अत्यधिक पानी परेपछि बाटोमा पर्ने काउछाको घरमा मलामीसहित श्याम परियार ओत लागेर बसेको घटनालाई घर भित्र पसी घर विटालु पारिदिएको भनेर निज श्याम र उनका बुवा धनबहादुर परियारलाई समेत कुटपिट गरी, गालीगलौज र गाउँ निकाला गर्ने धम्की दिई १५ सय रुपैँया जरिवाना गराउँदै घरभित्र पसेको साँचो हो भन्ने व्यहोराको कागजमा जर्वजस्ती हस्ताक्षर समेत गराएको घटनाले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

उनीहरुले छुटाछुटै विज्ञप्ति जारी गर्दै अधिकार सम्पन्न स्थानीय तहको कार्यापालिका सदस्य समेत रहेका परिवारको सदस्यमाथि भएको निन्दनीय र अमानवीय घटनाबाट जातिय विभेद भएको छर्लङ्गै भएको ठहर गर्दै त्यस घटनाले नेपालको संविधान, जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८, छुवाछुत मुक्त राष्ट्र घोषणा लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानून तथा प्रतिवद्धताहरुको मर्म र भावनाको धज्जी उडाएको बताएका छन् । कानुनलई हातमा लिई जघन्य अपराध गर्ने पीडक काउछा तथा यस कार्यमा सहयोग पु¥याउने कथित स्थानीय केही व्यक्तिहरुलाई समेत जातिय भेदभाव तथा छुवाछुत कसूर र सजाय अनुसार मुद्दा चलाई हदैसम्मको कारवाही गर्न गराउन अधिकारकर्मीहरुले जोडदार माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank