वडाअध्यक्ष रामबहादुर नेपालीमाथि कुटपिट गर्ने दाेषीहरू धरौटीमा छुटे

दलित अनलाईन १ जेष्ठ २०७७, बिहीबार २२:४६

काठमाडाैं–जाजरकोट जुनिचाँदे गाउँपालिका २ मजकोटका रामबहादुर नेपालीमाथि जातीय रुपमा  कुटपिट को अभियुक्तहरु १ लाख १० हजार धरौटीमा छुट्ने भएका छन् ।
रामबहादुर नेपालीले किटानी जाहेरी दिएका आधारमा निज ७ जना अभियुक्तहरु थुनुवा थिए । आज मिति २०७७ जेष्ठ १ गतेका दिन जिल्ला अदालतमा भएको बहसमा जिल्ला न्यायाधिश देबकुमार गिरीले इजालसले अभियुक्तहरुलई १ लाख १० हजार एकमुष्ट धरौटीमा छुट्ने फौसला गरेको हो ।
जिल्ला अदालत न्यायाधिश देबकुमार गिरीले रामबहादुर नेपालीका अनुसार आज बहसका क्रममा निज पीडित रामबहादुर नेपालीलाई जिल्ला न्यायधिश गिरीले तपाईको उचाई कति छ ? तपाईको वडा कार्यालयको ढोकाको उचाई कति छ ? भनेर सोधेका थिए । सो को उत्तर दिएपछि न्यायधिशले तपाईको टाउको ढोकामा ठोक्किएको ठहरिन्छ भनेर सुनाएका थिए । रामबहादुर नेपालीले त्यस्तो होइन यसरी कुटपिट भउको हो भनेर भन्दा न्यायधिशले त्यस्तो भेटिएन भनेका थिए ।
बैशाख ९ गते आफ्नै वडामा राहात वितरण गरिरहेको बेला एक्कासी जयबहादुर नाथलगायतको ७ जनाको समूहले दलित, डुम, तल्लो जात भएर पनि राहात बाँडेर ठूलो पल्टेको भन्दै वडाअध्यक्षमाथि कुटपिट भएको थियो ।

निज रामबहादुर नेपाली गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए भने जयबहादुर नाथ उनीसँग पराजित भएका थिए । उनी नेपाली काँग्रेसकातर्फबाट उम्मेदवार थिए । निर्वाचनमा हारेको प्रतिसोधले आफूमाथि कुटपिट गरेको रामबहादुर नेपाली बताउँछन । निज रामबहादुर नेपाली घाइते भई नेपालगंजस्थित मेडिकल कलेजमा उपचार गरेर घर फर्केका छन् ।

जाजरकाेटमा कार्यालयमै कुटिए वडाध्यक्ष रामबहादुर नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank