गुल्मीमा जातीय छुवाछूत : दलित घरभित्र पस्दा १५ सय जरिवाना तिरे, घर चोख्याइयो

प्रेम सुनार १ जेष्ठ २०७७, बिहीबार ११:५८

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका वडा न ५ फोक्सिङ्गमा मगरको घरभित्र दलित पसेको भन्दै १५ सय तिराएर घर चोख्याएको छ ।
दलित घर भित्र पसेकाले अपबित्र भयको र घरलाई पबित्र गराउन पुजा पाठ वास्तु गर्नु पर्छ भन्दै फोक्सिङ रिम गाउँका नेत्र काउचा, बुद्धि जिबि लगायत अन्य स्थानिय बासिन्दाले बैसाख २२ गते बेलुका मिटिङ्ग बसि सुरुमा सातहजार जरिवाना तिर्नु पर्छ भदै दबाव दिएका थिए । तर अन्त्यमा १५ सय जरिवाना रकम तिरेका हुन् ।
पिडक श्यामका बुवा धन बहादुर परिवारले उक्त रकम तिर्न सकिँदैन तिर्नु हुँदैन भन्दा हातपात गरि घाँटी अचटेको र पिडक श्याम परियारलाई अभद्र ब्यवहार पनि गरिएको जानकारी दिए ।
वैशाख २२ गतेको कुरा थियो । कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ कि वडा सदस्य कौशिला परियारका छोरा श्याम परियार आफ्नो हजुरआमाको दाहसंस्कार गरेर फर्किदै थिए । त्यही बेला एक्कासी हावाहुरी सहित भीषण पानी प¥यो । ओतिनको लागि फोक्सिङ्ग गाउँका नेत्र बहादुर काउछाको घर दलानमा छिरे । त्यही क्रममा घर बाहिर रहेको अस्थायी चुलोमा श्याम परियार मानिसहरुको पेलाम्पेल हुँदा छिर्न पुगे । त्यस पछि बबाल सुरु भयो । मानौ कि त्यस मगर परिवारमा आकाश नै खस्यो । अर्को दिन बिहान गाउँकार्यपालिका सदस्य रहेकी कौशिला परियार सहितका दलितहरुलाई बोलाइयो ।
वडा सदस्य परियारकी माइली आमा माया परियारको ५६ बर्षको उमेरमा भएको मृत्युले शोकाकुल त्यस परिवारमा सहानुभूति प्रकट गर्नु त परै जाओस् उनीहरुलाई तह लगाउनका लागि हातहातमा लाठी लिएर मगर समुदायहरु काउछाको घरमा जम्मा भएको वडा सदस्य परियारले बताइन् । सुरुमा किन ७ हजार तिर्ने भन्न साथ श्यामको बुवा धन बहादुर परियारको घोर्को अठ्याइयो । पछि श्यामलाई लौराले हान्न आएका थिए । मैले त्यसरी कुटेर होइन न्याय निसाफका कुरा गरौ भनेपछि छाडेका हुन् वडा सदस्य परियारले भनिन् । त्यहि क्रममा ७ हजार तिर्नु पर्ने र सो रकमले भान्छाकोटा लिप्दै बाहुन बोलाएर पुजा पाठ गरी चोख्याउने अडान काउछा परिवारले लिएको र अन्तिममा आर्थिक अवस्था कमजोर भएका कारण दर्शाउँदै १५ सयमा घर चोख्यान ठुङो लगाइ पैसा दिएर आफुहरु फर्केको वडा सदस्य परियारले बताइन् ।
यस घटनाप्रती गम्भिर आपत्ति जनाउँदै गुल्मीका दलित अधिकारकर्मी गणेश विश्वकर्मा लगायतका नेताहरुले जातिय विभेदको पराकाष्ठ विरुद्ध कार्वाहीको माग गरेका छन् । यतिका दिन भइसक्दा र सामाजिक सन्जालमा यो घटना भाइरल हुँदा पनि कालिगन्डकी गाउँपालिका अध्यक्ष वेद थापा मगरले बुझ्ने चासो गरेका छैनन् ।
चिनेका सन्चारकर्मीको फोन पनि उठाएका छैनन् । जनप्रतिनिधिहरुको घरमा कसैको मृत्यु हुँदा समवेदना प्रकट गर्न जाने चलन छ । त्यो चेस्टा आज अन्तिम दिन सम्म पनि त्यस गाउँपालिकाले गरेको छैन । यहाँ सम्मकी छिमेकी वडाध्यक्ष थम्मन सिङ्ग आले मगर समेत पुगेका छैनन् । गाउँ कार्यपालिकाकी सदस्य जस्तो जनप्रतिनिधिले त्यस्तो घटना भए पछि हामीलाइ जानकारी नदिएकोले आफुहरु नगएको वडाध्यक्ष आलेको भनाइ छ । त्यस भेगमा जनजाती बाहुल्य छ । कतिपय दलितका छोरी बुहारीहरु माथि माया प्रेमको नाममा यौन बास्नाको सिकार भए पनि न्याय पाउन सकेका छैनन् । सोही गाउँपालिकाको जयखानीमा पनि दलित समुदाय माथि चरम जातिय विभेद छ । अर्बेनीमा पनि त्यस्तै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank