दलित अधिकारकर्मीहरुले सांसद कृष्णबहादुर थापालाई कारबाहीकाे माग

दलित अनलाईन २९ बैशाख २०७७, सोमबार १४:५०

काठमाडौं- नेकपा कास्की अध्यक्ष तथा प्रदेशसभा सदस्य कृष्ण बहादुर थापाले दिएको अभिव्यक्ति  विरुद्ध दुई दर्जन भन्दा बढी दलित अधिकारकर्मी संस्थाहरुले आपत्ति जनाउँदै कारबाहीकाे माग गरेका छन् ।

आइतबार दुई दर्जन भन्दा बढी दलित अधिकारकर्मीहरू समलित कोरोना महामारी विरूद्ध दलित नागरिक राष्ट्रिय अभियानका संयाेजक भक्त विश्वकर्माबाट जारी भएकाे  विज्ञप्तिले  घटनाको विरोध गर्दै घटनामा संलग्न सवैलाई कडा कारवाही हुनु पर्ने माग राखेका छन्।

पोखराको वाटुलेचौरमा भएको जातिय विभेदको घटनाका अभियुक्तको पक्षमा वकालत गदै सिग्रो दलित सुमदाय र संविधानको अपमान हुने गरी जातीय छुवाछूतलाई पक्षपोषण गरेर  गण्डकी प्रदेश क्षेत्र नं २ का सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले बुधाबार  विज्ञप्ती जारी गरेका थिए । सांसद थापाले जारी गरेकाे विज्ञप्तीकाे चौतर्फीरूपमा चर्को आलोचना गदै  उनकाे कार्वाहीको माग गरिएको छ ।

पाेखरा घटनाकाे  भेदभावपूर्ण कार्य र सो कार्यलाई उद्वेलित गर्ने बक्तव्यले मानव अधिकारको विश्वव्यापी घोषणा पत्रले प्रत्याभूत गरेको समानता र सम्मानपूर्ण बाँच्नपाउने मानिसको मानव अधिकार, नेपालको संविधान, छुवाछूत तथा भेदवाव(कसुर र सजाय) ऐन २०६८ ले प्रत्याभूत गरेको नीजि तथा सार्वजनिक स्थानमा विभेद गर्न नपाउने अधिकार विरुद्धको अपराधपूर्ण कार्य साथै आजको लोकतान्त्रिक गणततान्त्रिक शासनव्यवस्था, चुनावताका गरेको बाचा र जनताको मुक्तिको लागि गरिएको प्रतिबद्धताको खिल्ली उडाउँदै आधुनिक समाजलाई नै ठाडो चुनौति दिएको  विज्ञप्तिमा भनिएको छ  ।

विज्ञप्तिकाे पूर्ण पाठ

पोखरा घट्नाका विरुद्धमा “कोरोना महामारी विरुद्ध दलित नागरिक राष्ट्रिय अभियान”

कातर्फबाट जारी गरिएको
संयुक्त प्रेस वक्तव्य
२०७७/०१/२७

मिति २०७६ बैशाख २७ गण्डकी प्रदेश अन्तरगत कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरमा भएको क्रियापुत्री भवनमा भएको जातीय भेदभावको घटना एवं त्यस घटनालाई लिएर नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) कास्की जिल्ला अध्यक्षसमेत रहेका गण्डकी प्रदेशसभाका सांसद कृष्णबहादुर थापाले जारी गरेको प्रेस विज्ञप्ति संवैधानिक तथा कानूनी हिसाबले दण्डनीय, सामाजिक हिसाबले अमानवीय र भत्र्सनायोग्य उक्त जातीय भेदभावको घटना र सो घटनालाई अझ बढवा दिने प्रदेश सांसदको प्रेश बक्तव्यप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । घट्ना विवरण अनुसार गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिका वडा नं. १६ बस्ने मोहनकुमार सुनारले वैदेशिक रोजगारीको सिलसिलामा दुवईमा रहेका आफ्ना भाईको पार्थिव शरिर ल्याउन असमर्थ भएर पश्चात काजकिरिया गर्न पोखराको गौराखोरमा रहेको महानगरपालिका समेतको लगानीमा बनेको काजकिरिया गर्ने सार्वजनिक भवनमा दलित समुदायको भएकै कारणले सार्वजनिक क्रियापुत्री भवाना बसी काजकिरिया गर्न नदिएपछि मिति २०७७ बैशाख १९ गतेका दिन जिल्ला प्रहरी कार्यालय, कास्कीमा मुद्धा दर्ताभइ कानूनी प्रक्रिया अगाडि बढेको थियो । मुद्दा दर्ता भएपछि पनि घटनामा संलग्नका आफन्तहरुले पीडित परिवारलाई अनेक धाक, धम्की डरत्रास दिई मानसिक तनाब दिने काम गरिरहेकै थिए । सो घट्नालाई अझ तनावग्रस्त बनाउन त्यहाँका क्षेत्री समाजका नाममा संगठीत व्यक्तिहरुको समूहले संविधान र कानूनलाई चुनौतिदिदै प्रहरी चौकीमागई झडपको अवस्था सिर्जना गरेका छन्। उक्त घट्नालाई एकजना जिम्मेवार जनप्रतिनीधिको हैसियतमा समाधन गर्नुपर्नेमा गाण्डकी प्रदेशसभा सांसद् कृष्णबहादुर थापाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिले आफ्नो सहोदर भाई गुमाएर शोकमा डुबेका मोहनकुमार सुनार र उनको परिवारलाई मात्र होइन सिंगो दलित समुदायको मानमद्र्धन भएको छ ।

उक्त भेदभावपूर्ण कार्य र सो कार्यलाई उद्वेलित गर्ने बक्तव्यले मानव अधिकारको विश्वव्यापी घोषणा पत्रले प्रत्याभूत गरेको समानता र सम्मानपूर्ण बाँच्नपाउने मानिसको मानव अधिकार, नेपालको संविधान, छुवाछूत तथा भेदवाव(कसुर र सजाय) ऐन २०६८ ले प्रत्याभूत गरेको नीजि तथा सार्वजनिक स्थानमा विभेद गर्न नपाउने अधिकार विरुद्धको अपराधपूर्ण कार्य साथै आजको लोकतान्त्रिक गणततान्त्रिक शासनव्यवस्था, चुनावताका गरेको बाचा र जनताको मुक्तिको लागि गरिएको प्रतिबद्धताको खिल्ली उडाउँदै आधुनिक समाजलाई नै ठाडो चुनौति दिएको छ । त्यसैले सार्वजनिक किरिया गर्ने स्थलमा प्रवेशमा रोक लगाई उल्टै निज मोहन सुनारमाथि जातीय आधारमा अमानवीय व्यवहार गर्ने सम्पूर्ण अपराधीहरुलाई कानून बमोजिम हदैसम्म कार्वाही गरियोस साथै उक्त घट्नालाई समाधान गर्नुको साटो उल्टै आफै अपराध गर्न खोज्ने निज कृष्णबहादुर थापालाई सासद पदबाट बर्खास्त गरी नेपालको संविधान, छुवाछूत तथा भेदवाव (कसुर र सजाय) ऐन २०६८ बमोजिम कडाभन्दा कडा कार्वाही गर्न नेपालको दलित नागरिक आन्दोलनका तर्फबाट जोडदार माग गर्दछौं । साथै निजमाहेन सुनारको र नीजको परिवारको जीउ, धनको सुरक्षा गरी उचित क्षतिपूर्तिसहित न्यायकालागि सरकार र सम्बद्ध निकाय समक्ष अनुरोध गर्दछौं ।

साथै मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिका वडा नंबर ९ की एक दलित समुदायकी १४ वर्षीय बालिकामाथिको बलात्कारका अपराधीलाई कार्वाही भएको छैन । र दोलखा जिल्लाको तामाकोशी गाउँपालिका वडा नंबर ५ का वडाअध्यक्ष राजकुमार रोका (क्षेत्री) ले सोही वडाका डबल मिजार र भुवन मिजारलगायतका २० भन्दा बढी मिजार परिवारहरु माथि अमानवीय व्यवहार गर्दै पटक पटकचमार, सार्की दलितहरु भन्दै अपमान गरेकाहुनाले सोका विरुद्ध प्रहरी समक्षउजूरी दर्ता गर्दा पनिकुनै कार्वाही नभएको हुनाले निजहरुमाथि पनि कडाभन्दा कडा
कार्वाही गरियोस्। अन्त्यमा, आज हामी विश्वव्यापीरुपमा कोभिड–१९ को महामारीबाट त्रसित भइरहेका बेलामा सिंगो समाज त्यसका विरुद्ध लड्नुपर्दछ भन्ने दायित्वप्रति हामी जिम्मेवार र अडिक छौं । यस्तो संवेदनशील संकटको घडीमा जातीय छुवाछूत तथा विभेदमा आधारित यस्ता अमानवीय घट्नाहरु हामीलाई स्वीकार्य छैन । यस्ता अपराधपूर्ण घट्नाले सिंगो लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायका पक्षधरहरु हरेकको शीर निहुरयाउने काम भएको छ । तसर्थ पोखरा, मोरङ्ग, दोलखा लगायत देशभरि घटिरहेका सृखलाबद्ध घटनाका सबै दोषीलाई संविधान र कानून बमोजिम हदैसम्मको कारबाही गर्न र पीडितहरुलाई तत्काल कानून बमोजिम न्याय प्रदान गर्न यसै प्रेस विज्ञप्तिमार्फत नेपाल सरकार र सम्बन्धित सरोकारवाला समक्षजोडदार माग गर्दछौं । यी घट्नाहरुका विरुद्ध लडाइको अग्रभागमा रहेका सम्बन्धित जिल्ला तथा क्षेत्रमा उठेका न्यायपूर्ण आन्दोलनप्रति हामीपूर्ण समर्थन तथा ऐक्यबद्धता प्रकट गर्न चाहन्छौं ।

प्रेस विज्ञप्तिमा हस्ताक्षरकर्ताहरु

१. भक्तविश्वकर्मा, संयोजक
२. गणेशविश्वकर्मा, सदस्य
३. मोतीलाल नेपाली, सदस्य
४.  जे. बि. विश्वकर्मा, सदस्य
५. तिर्थ बर्मा, सदस्य
६.  रेमविश्वकर्मा, सदस्य
७.  कला स्वर्णकार, सदस्य
८.  प्रदिप परियार, सदस्य
९.  विनोद पहाडी, सदस्य
१०. त्रिलोक चन्दविश्वास वि.क., सदस्य
११.  ईश्वरी प्रसाद विश्वकर्मा, सदस्य
१२. नरेन्द्र पासवान, सदस्य
१३. गौरा नेपाली, सदस्य
१४.  पवित्रा सुनार, सदस्य
१५.  अशोक दर्नाल, सदस्य
१६. गजाधर सुनार, सदस्य
१७. चक्रमान विश्वकर्मा, सदस्य
१८.राजन लोहोर्नी, सदस्य
१९. गौरा नेपाली, सदस्य
२०. पम्फा परियार, सदस्य
२१. सन्जु सिंह विश्वकर्मा
२२. कमला हेमचुरी, सदस्य
२३. सुशीलवि. के., सदस्य
२४. धनबहादुर मिजार सदस्य
२५. चेतनारायण रसाईली, सदस्य

२६. जे.वि. विश्वकर्मा (डिग्निटी) सदस्य
२७. सरोज दिलु, सदस्य
२८. दिपक सोनी, सदस्य
२९. सुन्दर सैनी, सदस्य
घण्। पवित्रा सुनार, सदस्य
३०. कल्पना बस्याल, सदस्य
३१. जितेन्द्र पासवान सदस्य
३२. एकराज लकान्द्री सदस्य
३३.  युवराजदर्नाल, सदस्य
३४. डि. वि. नेपाली, सदस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank