कहिलेसम्म गरौं भक्ति
कमरेड
तिम्रो जुक्तिले
मेरो मुक्ति रोकियो ।
तिम्रा माक्र्सवाद
र अरु वाद, धारा र पथहरुले
खुलेन मुक्ति पथ,
तिम्रो कथित सर्वहारा मुक्तिको नारा
विभेद बिरुद्धको नारा
खोजीरहेछु वर्तमानमा ।
खै, कहाँ गए
मानिस अन्तराष्ट्रिय जाती हुने
कुनै पनि मानेमा भेदभाव नहुने
अनि सवै मानव समान हुने
स्वप्निल नाराहरु
आदर्श समाज वनाउने सपनाहरु
कमरेड, म जान्न चाहन्छु
अनि,
विभेदबाट मुक्तिको आशा राखेर
रातो झण्डा मुनि आवद्ध
लाखौलाख मुक्तिकामीहरु जान्न चाहन्छन् ।
तिम्रो वर्ग संघर्षले
कुन वर्गको मुक्ति भयो ?
तिम्रो क्रान्तिकारीता र आदर्शले
कस्तो वन्यो समाज ?
कहाँ पुग्यो छुवाछुतको जङ्गार ?
कति पुरिए असमानताका खाडलहरु ?
कस्तो वन्दैछ समानताको आकाश ?
म जान्न चाहन्छु,
के टुकी वालेरै खोज्नुपर्ने हो परिणाम ?
मैले वुझ्न नसकेको
तिम्रो क्रान्तिकारी भाषाको परिवर्तन
साम्यवाद–समाजवाद–समानता
के यही हो ?
यत्रतत्र छुवाछुत र विभेद,
कदम कदममा अपमान र तिरस्कार
रोग, भोक र गरिवीको शिकार ?
म भन्छु,
कमरेड, भित्र आउँ ?
तिमी भन्छौ
कमरेड, मेरा वावा आमा मान्दै मान्नुहुन्न !
कुल देवता मान्नुहुन्न !
उहाँहरुको स्वतन्त्रता पनि….
अव उहाँहरुको सेखपछि विस्तारै……
के विस्वास
भोली तिम्रो छोराले पनि भन्ला,
मेरा वावा आमाको सेख पछि……
वोली र व्यवहार
भनाइ र गराईको गहिरो खाडलमा
कति भासिन्छौं,
कहिलेसम्म स्खलित हुन्छौ
आफ्नो सिद्धान्तमा ?
कहिलेसम्म गर्छौ उपहास
कमरेड भन्ने गर्बिलो शव्दको ?
म अव कुनै पनि मुल्यमा
मुक्ति चाहन्छु,
खुल्ला आकाशको कैदी वनेर
पशुवत नारकिय जीवन बिताउन चाहन्न,
सम्झौता गर्न चाहन्न
मेरा नैसर्गिक अधिकारमा
किनकि वर्तमानमा
तिमीलाई
तिम्रा वा आमाको डर छ
मलाई भावि पुस्ताको
मेरो आत्मसम्मानको
मानव मर्यादाको
Leave a Reply