पत्रकार प्रेम नेपालीमाथि प्रहरीद्वारा गरेको दुर्व्यवहारकाे बिभिन्न संघसंस्थाबाट विरोध 

दलित अनलाईन २४ बैशाख २०७७, बुधबार २१:१२

काठमाडौं– आमा पव्लिकेशनद्धारा संचालित आवरअल न्यूज डटकम र आवर टीभीका प्रधान सम्पादक प्रेम नेपालीलाई जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी निरीक्षक नरहरी अधिकारीले दुरब्यबहार गरेका छन् ।
जातीय विभेद गर्ने अभियुक्तलाई कारबाही गर्न ढिलाई भएपछि प्रहरीको ध्यानाकर्षण गर्न गएका दलितअधिकारकर्मीहरु र पत्रकार नेपालीलाई जिल्ला प्रहरी कार्यालाया कास्कीका अधिकृतहरुले दुरब्यबहार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको गेट नजिक पुगेर फरक–फरक दूरीमा जम्मा भएका पीडित र दलित प्रतिनिधिलाई प्रहरी नायव उपरीक्षक राजकुमार केसीले घाँटीमा कार्ड झुण्डाएर कामै नपाएर हिडेका भनेर अपमानजनक शव्द प्रयोग गरी सुरुमै हप्कीदप्की गरेका थिए ।
प्रहरी निरीक्षक नरहरी अधिकारीले जाहेरी परेको पाँच दिनसम्म दोषिलाई किन कार्वाहीको दायरामा नल्याएको भनेर दलित जनप्रतिनिधिले राखेको जिज्ञासाप्रति आक्रोशित हुँदै अनुसन्धानमा दख्खल दिन खोजेको भन्दै कार्वाही नहुने धम्की दिएका थिए । अर्का प्रहरी निरीक्षक दीपक केसीले दलित महिला जनप्रतिनिधिहरुलाई उता हट उता हट भन्दै धम्काएका थिए ।

पोखरा १६, वाटुलेचौरमा सार्वजनिकस्थानमा वनेको किरियापुत्री भवन प्रयोग गर्न नदिएको भन्दै स्थानीय तीन जनाविरुद्ध पिडित मोहन सुनारले जिल्ला प्रहरी कार्यालय कास्कीमा गएको बैशाख १९ गते जातीय भेदभाव सम्बन्धि उजुरी दिएका थिए।

कास्कीका डिएसपी राजकुमार केसीले अधिवक्ता शिव सुनारको घाँटीमा झुण्डाईएको अधिवक्ताको कार्डलाई देखाउँदै वकिलको कार्ड आफुसँग पनि भएको भन्दै कानुन वारे सुनारलाई आवश्यक भन्दा धेरै जान्ने भन्दै होच्याएर वोलेका थिए । केसीले घटनास्थलको मुचुल्का उठाएर कार्वाही प्रकृया अघि वढाईएको भन्दै चासो राख्न पुगेकाहरुलाई नआत्तिन आग्रह गरेका थिए ।

पत्रकार प्रेम नेपालीमाथि पनि दुरब्यबहार 

आमा पव्लिकेशन्सद्धारा संचालित आवर अल न्यूज डट कम र आवर टीभीका प्रधान सम्पादक प्रेम नेपालीले घटनाको दृश्य कैद गर्न क्यामरा निकालेर अन गर्ने वित्तिकै प्रहरीले ठाडै हस्तक्षेप गरी क्यामरा खोस्ने प्रयास गरेको थियो ।

जातिय विभेदवाट पीडित मोहन सुनारसँग अभद्र शैलीमा प्रस्तुत हुँदै गरेका प्रहरी निरीक्षक नरहरी अधिकारीले पत्रकारको प्रेस लेखिएको ज्याकेट र छात्तिमा स्पष्टसँग पत्रकारको परिचय पत्र देख्दा देख्दै ‘किन खिचेको’ भन्दै क्यामरा खोस्न आई लागेका थिए । सँगै रहेका अर्का प्रहरी निरीक्षक दिपक केसीर्ले ‘हाम्रो अनुमति नलिइकन कसले भनेर भिडियो खिचेको ? हामीलाई नसोधिकन खिच्ने, वन्द गर,’ भन्दै क्यामरा खोस्न पछ्याईरहेका थिए । प्रहरीको अनुमति विना सार्वजनिक स्थान होस वा जहासुकै होस तस्वीर र भिडियो खिच्न नपाईने भन्दै धम्काएर नखिच्न भन्दै प्रहरी निरीक्षक केसीले प्रहरीले दलित जनप्रतिनिधिमाथि गरेको अभद्र र आक्रामक शैलीको भिडियो लिन अवरोध खडा गरेका थिए ।

पत्रकारमाथि भएको दुरब्यबहारको ब्यापक विरोध 

पत्रकार प्रेम नेपालीमाथि प्रहरीद्वारा भएको दुरब्यबहारको पत्रकारितासँग सम्बन्धित बिभिन्न संघ संस्थाले विरोध  गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन्।  यसरी कारवाही माग गर्ने संघ संस्थाहरुमा नेपाल पत्रकार महासंघ कास्की, राष्ट्रिय दलित पत्रकार संघ, गण्डकी बिभिन्न संघ संस्थाल  छन्।

आरोपित तीनजना पक्राउ 

व्यापक दबाब र तिकातिप्पनी पछि कास्की प्रहरीले आरोपित तीन जनालाई मंगलबार बेलुका पक्राउ गरेको छ।  कास्की प्रहरीले किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष रामबहादुर जिसी, स्थानीय देबबहादुर थापा र जनक थापालाई पक्राउ गरेको समाचार स्रोतले जानकारी दिएको छ।  तर यस बारेमा कास्की प्रहरीले आधिकारिक रुपमा केही बोलेको छैन।

घटना के हो ?

पोखरा १६, वाटुलेचौरमा सार्वजनिकस्थानमा वनेको किरियापुत्री भवन प्रयोग गर्न मोहन सुनारले चावी माग्दा कथित ठुलो जाति भन्ने केहि व्यक्तिले आफ्नो समुदायले बनाएको किरियापुत्री भवन प्रयोग गर्न दलितलाई दिन नमिल्ने भन्दै प्रयोग गर्नवाट वन्चित गरिएको थियो।  त्यसपछि पीडितले गत १९ गते प्रहरी कहाँ जाहेरी दिन पुगेका थिए । स्थानीय क्षेत्री समाजको अगुवाईमा सार्वजनिकस्थलमा वनेको भवनमा पोखरा महानगरपालिका, वडा कार्यालय १६ ले समेत वजेट निकासा गरेका छन ।

पोखरा महानगरपालिका वडा नं १६ का वडा सदस्य मेहरमान थापाले मोहन सुनारले चावि मागेपछि छलफल गर्न जुटेको भेलामा दलितलाई दिन नहुने भन्दै केहि व्यक्तिले विरोध गरेपछि दिनुपर्छ र दिनु हुँदैन भन्ने विच विवाद भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank