गाउँपालिकाको कार्यालयमा राहत माग्दै घेराउ

दलित अनलाईन २२ बैशाख २०७७, सोमबार १७:३०

महोत्तरी — राहत वितरण नगरेको भन्दै स्थानीयले मोहत्तरीको साम्सी गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् ।

लकडाउनका कारण रोजगारी गुमेपछि खान समस्या हुँदा समेत गाउँपालिकाले कसैलाई राहत वितरण नगरेको भन्दै स्थानीयले सोमबार गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

वडा कार्यालयले घर–घर पुगेर नाम संकलन गरी हस्ताक्षर गराएको महिना दिन बितिसक्दा समेत राहत वितरण हुन सकेको छैन । खाद्यान्न नभएपछि आक्रोशित बनेका स्थानीयले गाउँपालिका कार्यालय घेराउ गरेका हुन् ।

गाउँपालिकाबाट राहत वितरण गर्न ७ वटा वडालाई १० लाखको दरले बजेट पठाएको थियो । तर, वडा कार्यालयहरुले राहतको सट्टा मास्क र सेनिटाइजर मात्रै बाँडेको पाइएको छ ।

गाउँपालिका घेराउ गर्न पुगेका आक्रोशित समूहले जनप्रतिनिधि र कर्मचारीविरुद्ध नाराबाजी गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष शेष फारुकले राहत वितरणका लागि वडा कार्यालयलाई रकम उपलब्ध गराएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank