‘मैले जातीय विभेद गरेको छैन’ – नगरपालिकाका प्रमुख देवराज देवकोटा

दलित डेक्स बैशाख १७, २०७७

काठमाडौं– अछामको पञ्चदेवल विनायक नगरपालिकाभित्र क्वारेन्टाइनमा राख्ने विषयमा मेयरसावबाटै जातीय विभेद भएको भन्ने घटनामा नगरपालिकाका प्रमुख देवराज देवकोटाले आफुले नियतपूर्वक जातीय छुवाछूत नगरेको स्पष्ट पारेका छन् ।
नगरपालिका वडा ४ का प्रकाश विक र स्थानीय ३ जनाहरु युवाहरु सुर्खेतबाट आछाम पुगेपछि अन्यलाई क्वारेन्टाइनमा नराखी प्रकाशलाई जातीय विभेद गरी क्वारेन्टाइनमा राखिएको भन्दै स्थानीय दलित अधिकारकर्मीहरुले घटना सार्वजनिक गरेका थिए । बुधबार दलित अनलाईन डटकमसँग कुराकानी गदै प्रमुख देवराज देवकोटाले आफुबाट प्रकाशलाई कुनै विभेद नगरेको बताएका हुन् ।
विदेशबाट आएका चन्द्र देवकोटा, ललित शाही, जय बडुवाल लगायत चार जनालाई क्वारेन्टाइनमा नराखी घर पठाएको र आफ्नो घरमै क्वारेन्टाइनमा बसेका सोही नगरपालिकाको वडा नम्बर ४ क प्रकाश विकलाई प्रहरी लगाई समातेर नगरपालिकाले तोकेको क्वारेन्टाइनमा राखेको आज ६ दिन भइसकेको छ ।

दलित अनलाईनसँगको कुराकानीमा मेयर देवकोटाले भने, यही जातिय भेदभाव, छुवाछुत ,सामन्ती प्रथा जस्ता विभिन्न शासनकालका आन्दोलनहरुमा म सहभागी भएर सक्रिय रुपमा राजनीतिमा लागेको मान्छे हो । यहाँ कुनै केहि भएको छैन, पूर्ण रुपमा समानता छ । म एउटा सामन्त, ठुलो जमिन्दारको छोरा पनि होइन ,म एउटा साधारण मान्छे हुँ र म स्वयं छुवाछुतको विरोधमा छु ।
दलित अनलाईन डटकमले सुरु गरेको कोभिड –१९ को ‘लकडाउन वाच’ मा पञ्चदेवल विनायक नगरपालिका प्रमुख देवराज देवकोटालाई के प्रकाशमाथि विभेद भएकै हो ? भनेर सोधेका छौं । प्रस्तुत छ कुराकानीको संम्पादित बाँकी अँश ।

घटना के हो ?
अछाममा क्वारेन्टाइनमा राख्ने बेलामा विभेद भयो भनेर केही मिडियाहरुले समाचार बनाए त्यो शतप्रतिशत झुठा हो । त्यहाँ ३ जना हुनुहुन्छ , २ जना अनिल राव र कमल राव , प्रकाश जी । उहाँहरु सबै एउटै कोठामा बस्नुहुन्छ । भान्से प्रेम विक पहिलाको कार्यालय सहयोगी हुनुहुन्छ , एकजना स्वास्थ्यकर्मी हुनुहुन्छ, २ जना सुरक्षाकर्मी हुनुहुन्छ, २ जना भान्से हुनुहुन्छ । कहि पनि विभेद गरिएको छैन , त्यो विभेदको पूर्ण विरोधी हुँ म । म ३६ सालको जनमत संग्रह देखि हरेक आन्दोलनमा सहभागी छु । यही जातिय भेदभाव, छुवाछुत ,सामन्ती प्रथा जस्ता विभिन्न शासनकालका आन्दोलनहरुमा म सहभागी भएर सक्रिय रुपमा राजनीतिमा लागेको मान्छे हो । यहाँ कुनै केहि विभेद भएको छैन, पूर्ण रुपमा समानता छ । म एउटा सामन्त, ठुलो जमिन्दारको छोरा पनि होइन ,म एउटा साधारण मान्छे हुँ र म स्वयं छुवाछुतको विरोधमा छु भने केहि अनलाइनले त्यसै लेखेर हुदैन । मैले हिजो पनि यसको विरुद्धमा प्रेस विज्ञप्ति नै निकालेको थिए ।
अहिले विश्व महामारीको चपेटामा छ , यसलाई निराकरण गर्ने भनेको अहिले सोसल डिस्ट्यान्स गर्नुप¥यो, क्वारेन्टाइनमा बस्नुप¥यो भन्ने हो । क्वारेन्टाइन भनेको वन्दीगृह होइन, त्यहाँ पनि बस्ने, खाने व्यवस्था छ ,मेडिकल टिमहरु लाई बाहिर राखेका छौं ,। त्यसको तेहौं, चौधौ दिनमा पनि चेक गरेर नेगेटिभ आयो भने घर पठाउँछौं । पहिला पनि हामीले त्यसै गर्दै आइरहेको हो । हाम्रो सम्पर्कमा आउँदा कोही पहाडबाट आउँछन्, कोही इन्डियाबाट लुकी लुकी आउँछन्, कोही काठमाडौबाट आउने, सम्पर्क नहुने छन् तर सम्पर्कमा आएका दाजुभााइहरुलाई गर्ने हो र प्रकाशको सन्दर्भमा उसको घर परिवार संगै सल्लाह गरेर यो रोग १४, १५ दिनपछि पनि देखिन्छ , तिमी बाहिरबाट आएको हो, त्यसैले तिमी त्यहाँ गएर बस्नुपर्छ भनेर उसको बाबु आमाले पनि भनेपछि उसलाई ल्याएको हो । उनलाई त्यस्तो असुविधा पनि छैन , सबै एकै ठाउँमा बसेका छन् । जसरी एउटा मिडियाले लेखेका छन् , यो नियतवश गरिएको हो र मेरो विरोधमा कसरी लाग्नुभयो मलाई थाहा छैन , यो सरासर झुट हो ।
नियतवश त्यस्तो केहि छैन, खाली यो कोरोना रोगबाट बच्नको लागि जिल्लाभन्दा बाहिरबाट आएपछि कसरी गर्ने हो, जिल्ला प्रशासन कार्यालयले पनि निर्णय गरेको छ की कोही पनि बाहिरबाट आएको मान्छे केहि समय क्वारेन्टाइनमा राख्नु भनेको छ, त्यही अनुसार पो गरेको हो त ।

दलित वर्गलाई पनि भान्से बनाएको छु , म बिहान जान्छु उहाँलाई सोध्छु , उहाँ खुशीसाथ बस्नुभएको छ ,उहाँलाई ६,७ दिन भयो, अब बाँकी ६, ७ दिन राखेर र्यापिड टेष्ट गराएर नेगेटिभ आएमा घर पठाउनेछु । अहिले पनि भारतबाट १ जना आउनुभएको छ भन्ने खबर पाएको छु, उहाँलाई पनि क्वारेन्टाइनमा राखिन्छ । त्यसैले अहिलेको हाम्रो काम भनेकै लकडाउनको पूर्ण पालना गर्नु हो र मैले पनि पालना गरेको छु र अरु पनि कोही बाहिरबाट आउनुभएको छ भने उहाँहरु पनि क्वारेन्टाइनमा बसिदिनुहोला भन्ने म आग्रह गर्दछु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank