नेपालका अधिकारकर्मीहरुले भने – डा. आनन्द तेलतुम्बडे र गौतम नवलखाको विना शर्त रिहाइ गर

दलित अनलाईन १२ बैशाख २०७७, शुक्रबार १०:५९

काठमाडौं– दलित आन्दोलन पक्षमा र जात व्यवस्थाको विरुद्धमा निरन्तर पैरवी गर्दै आइरहेका भारतीय विद्वान, मानवअधिकारकर्मी तथा लेखक डा. आनन्द तेलतुम्बडे र अधिकारकर्मी, लेखक एवं पत्रकार गौतम नवलखालाई भारतीय प्रहरीले थुनामा राखेकोमा नेपालका मानवअधिकार तथा सामाजिक न्यायका पक्षधरहरुले विरोध जनाएका छन् । तेलतुम्बडे र नवलखालाई गैरकानुनी कार्यविरुद्धको कानुन अन्तर्गत वैशाख २ गतेदेखि भारतीय प्रहरीले थुनामा राखिएको छ ।

‘हामी भारत सरकारलाई संवैधानिक नागरिक अधिकारको सम्मान गर्दै निजहरुलाई तत्काल विना शर्त रिहाइ गर्न जोडदार माग गर्दछौ,’ संयुक्त विज्ञप्ति जारी गर्दै नेपालका मानवअधिकार तथा सामाजिक न्यायका पक्षधरहरुले भनेका छन् । संसारभरका मानव अधिकार तथा सामाजिक न्यायका पक्षधर आन्दोलनकर्मी तथा नागरिक अगुवा एवं दलित राजनीतिक अधिकार आन्दोलनकर्मीहरुलाई उहाँहरुले उठाएको समानता र न्यायको झण्डामुनि गोलबन्द भएर उभिनका लागि आव्हान समेत संयुक्त विज्ञप्तिमार्फत गरिएको छ ।

विज्ञप्तिको पूर्णपाठ

डा. आनन्द तेलतुम्बडे र गौतम नवलखाको गिरफ्तारीको विरोधमा नेपालका मानवअधिकार तथा सामाजिक न्यायका पक्षधरहरुकातर्फबाट जारी
संयुक्त प्रेस विज्ञप्ति

भारतीय दलित मुक्ति आन्दोलनका अध्ययनशील नेतृत्वदायी बौद्धिक व्यक्तित्व, प्रतिष्ठीत विद्धान लेखक नागरिक अधिकारकर्मी, अति सीमान्तकृत समुदाय तथा दलित आन्दोलनको पक्षमा र जातव्यवस्थाको विरुद्धमा निरन्तर संघर्षरत सीमान्तकृत समुदाय एवं दलित माथि राज्यका दमनकारी कार्यका विरुद्धमा खरो, निष्ठावान् एवं सत्य वक्ता दलित अगुवा प्रोफेसर डा.आनन्द तेलतुम्बडे र मानव अधिकारकर्मी गौतम नवलखालाई भारतीय सरकारले विनाकारण विना प्रमाण आधारहिन शंकाको भरमा गैरकानुनी हिसाबले गत २०७७ साल वैशाख २ गतेका दिनमा अप्रत्याशित रुपमा राज्यद्रोहको निराधार आरोपमा हिरासतमा राखिएको घट्नाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । कोरोनाको विश्वव्यापी महामारीको कठीन परिस्थितिमा उहाँहरुको गैरन्यायिक गिरफ्तारीलाई नेपालको दलित नागरिक समाज तथा मानव अधिकार तथा सामाजिक न्यायका पक्षधरहरुका तर्फबाट घोर भत्र्सना गर्दछौं ।

दक्षिण एशियाका दलित आन्दोलनका मसिहा भारतीय संविधान निर्माता, जुन संविधानले डा.भीमराव अम्बेडकरको जन्मजयन्ति (१४अप्रिल २०२०) को अवसरमा गरिएको गिरफ्तारीले भारतको आरक्षण, धर्मनिरपेक्ष तथा लोकतान्त्रिक पहललाई प्रेरणाका रुपमा लिइरहेका न्यायका पक्षधर दलित, आदिवासी, जनजाति र पिछडिएका अन्य सीमान्तकृत समुदाय मात्र होइन सिंँगो दक्षिण एशियाली मानव अधिकार समुदाय तथा नागरिक समाजलाई गम्भिर बनाएको छ । साथै उहाँहरुले बेलाबेलामा आफूहरु साधारण अधिकारकर्मी भएको र आफूहरु कुनै गैरकानूनी र संविधान विरोधी गतिविधिमा संलग्न नभएको अवगत गराउँदा गराउँदै उहाँहरुका विषयमा भारतीय अधिकारीहरुले विगत २ वर्षदेखि अमूक पार्टीहरुको योजनामा विभिन्न मिडियामा बनिबनाउ झूठ्ठा समाचार बनाएर फसाउने काम गरेको स्पष्ट छ ।

हाल उहाँहरुलाई भारत सरकारले भारतीय दण्ड संहिता (आईपीएस) को धार १, १५३ ए, ५०५, ११७ र १२० लगायत गैर कानूनी गतिविधि (रोकथाम) जस्तो कठोर मानिने ऐन बमोजिम अभियोग लगाएर गैर कानुनी कार्य विरुद्धको कानुन अन्तर्गत थुनामा राखिएको छ । कोभिड –१९ को दु्रत अभिवृद्धिको सन्दर्भमा जेलमा भिडभाड नगर्ने र अनावश्यक गिरफतार नगर्ने भन्ने सर्वोच्च अदालतको फैसलालाई समेत वेवास्ता गर्दै दलित आन्दोलनका भरोसा योग्य पाको उमेरका नेता तेलतुम्बडे र गौतमको गिरफ्तारीले भारत सरकारले उहाँहरुको स्वास्थ्य कोरोना संक्रमणको बेला जोखिमलाई गम्भीर वेवास्ता गरेको देखिन्छ । विश्वकै लोकतान्त्रिक मुलुकमध्येकोे भारत सरकारले मानव अधिकारका विश्वव्यापी घोषणा पत्र र विभिन्न महासन्धीहरु, भारतीय संविधान, अनुसार शान्तिपूर्ण भेला हुन पाउने र व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्ने काम गरेको छ । हामी भारत सरकारलाई संवैधानिक नागरिक अधिकारको सम्मान गर्दै निजहरुलाई तत्काल विना शर्त रिहाइ गर्न जोडदार माग गर्दछौं । साथै हामी संसारभरका मानव अधिकार तथा सामाजिक न्यायका पक्षधर आन्दोलनकर्मी तथा नागरिक अगुवा एवं दलित राजनीतिक अधिकार आन्दोलनकर्मीहरुलाई उहाँहरुले उठाएको समानता र न्यायको झण्डामुनि गोलबन्द भएर उभिनका लागि आव्हान गर्दछौं । साथै न्याय र दलित अधिकारका पक्षमा उहाँहरुको सिघ्र रिहाइका लागि नेपालको मानव अधिकार, दलित जनवर्गीय संगठन एवं दलित अधिकार आन्दोलनको तर्फबाट भारतीय दलित आन्दोलन प्रति पूर्ण ऐक्यवद्धता व्यक्त गर्दछौं ।

ऐक्यबद्धता एवं सिघ्र रिहाईकालागि विज्ञप्ति जारीकर्ताहरुः

नागरिक समाजको तर्फबाट
१    भक्त विश्वकर्मा, कार्य बाहक अध्यक्ष, दलित गैर सरकारी संस्था महासंघ
२    गणेश विश्वकर्मा, अध्यक्ष,राष्ट्रिय दलित नेटवर्क
३    जेवी विश्वकर्मा, महासचिव, दलित गैर सरकारी संस्था महासंघ (डिएनएफ)
४    मोतीलाल नेपाली, दलित कल्याण केन्द्र
५    कला स्वर्णकार, अध्यक्ष, दलित महिला संघ
६    ईश्वरी प्रसाद विश्वकर्मा, अध्यक्ष, दलित सेवा संघ
७    विनोद पहाडी,अध्यक्ष, नेपाल राष्ट्रिय दलित पत्रकार संघ
८    रेम विश्वकर्मा अध्यक्ष जागरण मिडीया सेन्टर
९    प्रदिप परियार, समता फउण्डेशन
१०   नरेन्द्र पासवान, अध्यक्ष, मधेसी दलित महासंघ
११   त्रिलोक चन्द विश्वास वि.क., एनएनडिएसडब्लुओ
१२   तिर्थ बर्मा, अध्यक्ष, ग्लोवल फोरम
१३   गौरा नेपाली, अध्यक्ष, दलित महिला केन्द्र
१४   पम्फा परियार, अध्यक्ष, एडवान
१५   सुशिल वि.के., नेपाल मानव अधिकार संगठन
१६   धन बहादुर मिजार सुर्यमति युवा जगरण केन्द्र
१७   सन्जु विश्वकर्मा, महासचिव, दलित सेवा संघ
१८   जितेन्द्र पासवान, अध्यक्ष, दलित उत्थान जनचेतना,
१९   राजन लोहोनी, महासचिव, जनउत्थान प्रतिष्ठान
२०  चेत रसाइली, अध्यक्ष, मर्यादा फाउण्डेसन
२१   पवित्रा सुनार, दलित पत्रकार संघ
२२  अशोक दर्नाल :  सम्पादक दलित अनलाइन
२३  युवराज दर्नालः मधुगंगा समाज सेवा संघ
२४  कमला हेमचुरी, अध्यक्ष, पीडिआरसी
२५  सरोज दिलु, , दलित साहित्य तथा संस्कृतिक प्रतिष्ठान
२६  दिपक सोनी, अध्यक्ष, ग्रासरुट डेभ्लोप्मेट फाउण्डेशन
२७  रुप सुनार, डिग्नीटी ईनिसिएटिभ,
२८  सुन्दर सेनी, अध्यक्ष, दलित युथ एलाइन्स
२९  कल्पना बस्याल, समावेशी फाउण्डेशन
३०  डि. वि. नेपाली, अध्यक्ष, नेपाल लोक सांस्कृतिक अनुसन्धान प्रतिष्ठान

जनवर्गिय संगठनहरुको तर्फबाटः–
१   मा. मीन विश्वकर्मा, अध्यक्ष, नेपाल दलित संघ
२   बोम बहादुर विश्वकर्मा, सह–संयोजक, नेपाल राष्ट्रिय दलित मुक्ति संगठन
३   दुर्गा सोव, संघीय समाजवादी फोरम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank