राहतका लागि समाजवादी पार्टी शिल्पी प्रदेशकाे समिति गठन

दलित अनलाईन ४ बैशाख २०७७, बिहीबार १५:४९

काठमाण्डाैँ-  कोरोना रोकथामका लागि सरकारले चैत ११ गतेदेखि गर्दै आएको लकडाउनकाे कारणा मजदुर तथा विपन्न समुदायलाई समस्या परेकाे भन्दै समाजवा्दी पार्टीकाे शिल्पी विशेषा प्रदेश समितिले राहत पारदर्शी ढंगबाट वितरण गर्न सरकारसँग आग्रह गरेको छ ।

समाजवा्दी पार्टीकाे शिल्पी विशेषा प्रदेश समितिले अनलाइनमा बैठक  बसी देशमा आइपरेकाे काेराेनाकाे महामारीबाट कसरी बच्ने र बचाउने विषयमा छलफल गरिएकाे थियो ।  समितिका अध्यक्ष दलमर्दन कामीकाे अगुवाइमा अनलाइनमा भएकाे बैठकले काेभिड १९ बाट बच्न अहिले हामी यस महामारीलाई पराजित गरि सुरक्षित रहन आ-आफ्नो घरमा स्व क्वारेन्टाइनमा बस्न अनुराेध गरिएकाे छ ।

बैठकले कामीकाे अध्यक्षतामा काेराेना राहत समिति गठन गरि लकडाउन कार्यान्वयन, स्वास्थ्य हेरचाह तथा जनचेतना, विपन्नलाई राहत लगायतका विषयमा केन्द्रित रहि काेराेनालाई पराजीत गर्ने विषयमा छलफल भएकाे जनाइएकाे छ ।

दलमर्लन कामीकाे संयाेजकत्वमा सदस्यहरु साजन घतानी, कौशल कुमार धोबी, डीबी नेपाली, केशव नेपाली, दुर्गा नेपाली र केदार गन्धर्व रहेकाे काेराेना राहत समिति गठन गरिएकाे छ ।

प्रेस विज्ञप्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank