कोरोनाको कहर र जातीय कलंक

रणेन्द्र बराली २ बैशाख २०७७, मंगलवार २०:१८

विकासवादी सिद्धान्तकार चाल्र्स डार्विन (ई.१८०९–१८८२) का अनुसार ६ करोड वर्ष पूर्व गिब्बन, स्यामङ्ग, ओराङउटान, गेरिल्ला, चिम्पाञ्जी, अफ्रिकी जस्ता बढी चेत भएका बानर जातिको विकास भएको थियो । जसले बढीभन्दा बढी श्रम गर्न र हातहतियारको अधिक प्रयोग गरेर जीविकोपार्जन गर्न सिके । त्यही नरब वानरबाट विकसित भएको मानव जाति आजका मान्छे हुन् भन्ने कुरामा विश्वका सबै भौैतिकवादी मानवशास्त्रीहरूको मतैक्य छ ।

ती नरबाँदरले मानवको रूप लिएपछि यो धर्तीमा आठथरिका मानवजातिले आफूलाई विकास गरेको पाइन्छ । तिनमा जावा, स्यामङ्ग, हैडेलवर्गे, नियण्डर्थल, रोडेसियाली, ग्राईमाल्डी, क्रोमेग्नन र सपियन हुन् र अहिलेका हामी साँंसारिक जीवन व्यतित गरिरहेका मानव सपियन जातिका हुन् भन्ने मानवशास्त्रीहरूको ठहर छ । जसरी करिव १० देखि २० करोड वर्षपूर्व भीमकाय जिउ भएका डाइनासोर र प्लिओसारस जस्ता प्राणीहरू लोप भएर गए, त्यसरी नै विभिन्न युगको अन्तरालमा विभिन्न जातका मानव यो धर्तीबाट विलोप भएकोे मानिन्छ । हैडेलवर्गे र नियण्डर्थल जातका मानिसको त पृथ्वीमा करोडौ वर्ष अस्तित्व रहेको कुरा आज वैज्ञानिकहरूले विभिन्न प्रमाण प्राप्त गरिरहेका छन् । खास खास अवधिमा पृथ्वीमा उत्पन्न अकल्पनीय घटनाक्रमले मानव जातिमात्र नभै सम्पूर्ण प्राणी जगतकै अस्तित्व निमिट्यान्न हुने गरी प्रलय भएको खगोलशास्त्रीहरू बताउँछन् ।

उच्च भौतिक संरचना समेतको आधुनिक समाज निर्माण भइसक्दा पनि मानव जातिमा सल्कने किटाणु, जिवाणु विरुद्ध लड्ने रोग अनुसारको प्रतिजीवी (ब्लतष्(दष्यतष्अक) दवाइ पत्ता लगाउन नसक्दा विश्वमा भीषण महामारी फैलिएर ठुल्ठूला मानवीय क्षति भएको इतिहास साक्षी छ । आज भन्दा सय वर्ष अगाडि सन् १९१८ मा स्पेनिस ‘फ्लु’ को महामारीबाट मात्र विश्वमा करिव ५ करोड मान्छेको मृत्यु भएको थियो । त्यसबखत भारतमा मात्र त्यस ‘फ्लु’ ले २ करोडको ज्यान लिएको थियो । तत्पश्चात् विश्वव्यापी रूपमा फैलिएको रोग एभिएल ‘फ्लु’, हङकङ ‘फ्लु’, आदिबाट २० औँ लाख मानिसले ज्यान गुमाउनु परेको थियो । त्यसपछि पनि सार्स ‘फ्लु’२००२, स्वाइन ‘फ्लु’,२००९, मर्स ‘फ्लु’, २०१२, इबोला भाइरस २०१३, जस्ता महामारीबाट विश्वभर मानव जातिले कालसँग कुस्ती खेलेर भयानक विपत बेहोरेको जगजाहेर छ ।

प्रतिजीवी औषधी आविष्कार नहुँदासम्म नेपाली समाजमा हैजा (खुलखुले), क्षयरोग (खबटे) औलो, बिफर, कुष्टरोग, प्लेग आदि महामारीका कारण गाउँका गाउँ मासिएको कुरा अझै बृद्धबृद्धाहरू बताउँछन् । जतिबेला मृतकको तथ्यांँक राख्ने माध्यम विकास नभएकोले यति नै सँंख्यामा मानवीय क्षति भयो भन्न सक्ने अवस्था थिएन । तथापि त्यतिबेला पनि रोग नसरोस् भनेर बार पर्खाल लगाएर गाउँ बाराना गरिन्थ्यो । अति ग्रसित विमारीलाई जङ्ंगलबास राखिन्थ्यो ।

 

झण्डै ३५०० वर्ष पूर्वबाट शुद्र वर्ण र त्यस अन्तगत पनि पेसाका आधारमा विभिन्न जातमा पर्गलेर अछूत बनाइएका दलित समुदायले अहिले प्रश्न गरिरहेका छन्, थाहा पाउनु भो महासाय ! बहिष्करण (कोरेन्टाइन) बासको पीडा कस्तो हुँदो रहेछ ? आफै जस्ता मानिसबाट हुने छुवाछूतको विभेद र वहिष्करणको पीडाले पिल्सिएर मर्नु भन्दा जुनसुकै प्रकोपले मर्न पनि तयार छौ तर जातीय पीडा सहन्नौ भनेर दलितहरू निजी स्वार्थ सारा त्यागेर संगठित भएर संघर्षको मैदानमा उत्रेका कारण बल्ल थाहा पाउनु भो ?

यतिबेला महामारीको रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोपले संसारभरका मानवजातिलाई हायलकायल पारिरहेको छ । धर्तीमाथिको सबै आकाशबाट कोरोना नामको गोली र बम बर्षाको मेहरो चलिरहेको छ । कहाँ कति घाइते हुने हो, कतिबेला कसको ज्यान जाने हो, केही ठेगान छैन । यसबाट जोगिन घरमै मुण्टो लुकाउँनु र मान्छे मान्छेबीच छुुवाछूत बाराना गर्नुको विकल्प छैन । एउटा देशको मान्छेले अर्को देशको मान्छेलाई नछुने, एउटा प्रदेशको मान्छेले अर्को प्रदेशको मान्छेलाई नछुने, एउटा जिल्लाको मान्छेले अर्को जिल्लाको मान्छेलाई नछुने, एउटा गाउँकाले अर्को गाउँकालाई नछुने हुँदाहुँदा रोगको शँका लागेमा एउटै घरकाले पनि आफ्नै परिवारबीच छुवाछूतको व्यवहार गर्नुपर्ने बेला सबैले बेहोर्दै छौँ ।

हिन्द उपमहाद्वीप भित्र तथा हिन्दु धर्मशास्त्रको आधारमा बनाइएको जात व्यवस्थामा मात्र प्रचलित मानव मानव बीचको छुवाछूत प्रथाको व्यवहारिक पीडा आज सारा दुनियाले अनुभूत गरेका छन् । झण्डै ३५०० वर्ष पूर्वबाट शुद्र वर्ण र त्यस अन्तगत पनि पेसाका आधारमा विभिन्न जातमा पर्गलेर अछूत बनाइएका दलित समुदायले अहिले प्रश्न गरिरहेका छन्, थाहा पाउनु भो महासाय ! बहिष्करण (कोरेन्टाइन) बासको पीडा कस्तो हुँदो रहेछ ? आफै जस्ता मानिसबाट हुने छुवाछूतको विभेद र वहिष्करणको पीडाले पिल्सिएर मर्नु भन्दा जुनसुकै प्रकोपले मर्न पनि तयार छौ तर जातीय पीडा सहन्नौ भनेर दलितहरू निजी स्वार्थ सारा त्यागेर संगठित भएर संघर्षको मैदानमा उत्रेका कारण बल्ल थाहा पाउनु भो ?

आज जसरी कोरोनाको आशंकामा आफ्नै परिवारको सदस्यलाई समेत अलग्ग राखेर छोइन्छ कि भन्ने त्रासले टाढैबाट भातपानी दिएर फर्लक्क फर्कने गरिन्छ । हिजो त्यसरी नै दलित समुदायका कामदारलाई अलग्ग आँगनको डिलमा बसाएर टाढैबाट भातपानी दिइन्थ्यो र खाएको भाँडा उसैले पखालेपछि पनि दिनभर घाममा सुकाएर साँझ मात्र भित्र लाने गरेको होइन र ? आज कोरोना पुष्टि भएका रोगीलाई उपचारको लागि कमसेकम हस्पिटलको एउटा सुरक्षित बिस्तरामा त राखिन्छ । हिजो शुद्र समुदायका अभियुक्तले सानै कसुरमा पनि सजायको लागि जेल पस्नुपर्ने भयो भने अछूत भित्र राखेमा कारागार छोइन्छ, अन्य जातका कैदी विटुलो हुन्छन् भनेर सिधै भिरबाट गुल्ट्याउने गरेकाले आजसम्म गाउँठाउँमा कामी लडाउँने भीर, मान्छे काट्ने खोला नाम रहेको प्रमाण छैन र ?

मानव जातिलाई आइपर्ने महाविपत मूलतः दुई प्रकारको हुन्छ । एउटा प्राकृतिक अर्को राजनीतिक । भूकम्प, सुनामी, हिमपात, बाढी, पहिरो, आगजनी, रोगका महामारी, जस्ता प्राकृतिक प्रलयबाट असंख्य मानिसले अकाल मृत्युवरण गरेर लड्दै मानिसको जाति यहाँसम्म विकास भएर आएको हो । अर्को भयावहको कारण राजनीतिक स्वार्थले युद्ध सिर्जना गरेपछि हुन्छ । शीतयुद्ध, मल्लयुद्ध, महायुद्ध, धार्मिकयुद्ध, जातीययुद्ध, जमिन र जलको लागि हुने युद्ध, बहूमूल्य धातु–तेल लगायत खनिज पदार्थमा आदिपत्य जमाउनको लागि हुने युद्ध आदि र राज्यसत्ता प्राप्तिको लडाइँ तथा वर्ग संघर्ष । प्राकृतिक होस् वा राजनीतिक दुवै लडाईमा मानव जातिले भयङ्कर धनजनको क्षति भोगेको इतिहास छ । मानव समाजको सृष्टिमा नै स्वस्थानी ब्रतकथाका अनुसार विष्णु (देवताहरू) र मधु कैटव (दैँत्यहरू) को दिव्य पाँच हजार वर्ष लडाइँ भयो भनिएको छ । कृष्ण जन्मेदेखि एकसय दुई वर्षको उमेरसम्म महाभारतको लडाईको वर्णन गरिएको छ । त्यसमा कति मान्छे हताहत भए होलान अनुमान गरिसाध्य छैन । वर्तमान समाजकै कुरा गरौँ भने पनि गुगल सर्च गरी हेर्दा प्रथम विश्वयुद्धमा करिव २ करोड र दोस्रो विश्व युगमा करिव साढे ७ करोड मान्छे मरेको पाइन्छ । अमेरिकाले जापानमा ठोकेको अणुबमको प्रहारले मात्र करिव ३ लाख मानिस खरानी भएको पाईन्छ ।

संसारमा भएका सबै किसिमका लडाइँहरू महत्वकाँक्षा र स्वाभिमानको लागि भएका थिए । यसरी नै जातीय स्वभिमानको लडाइँ लड्नेमा अफ्रिकाका नेलसन मण्डेला, अमेरिकाका मार्टिन लुथरकिङ, भारतका डा.भिमराव अम्बेडकर र नेपालका सर्वजित विश्वकर्मा जस्ता नेताहरूको योगदान स्मरणयोग्य छ । जातीय समानता र स्वाभिमानको संघर्षमा उत्पीडितहरूले जति बर्कत पोखे पनि, राज्यले केही जमर्को गरे पनि, मानव अधिकारवादी एवम् सञ्चार जगत जस्ता निकायहरूले जति ध्यानाकर्षण गराए पनि अहिलेसम्म समाजमा विद्यमान जातीय कलङ्कको प्रकोप कोरोनाको भन्दा कम छैन । योे सत्य कुरा आज स्वयम आइसोलेसनमा बस्न बाध्यकारी नागरिक सबैमा बल्ल महसुस भए होला जस्तो लाग्छ । खुकुरी आफै अचानो हुनु पर्दा मात्र अचानोको मर्का बुझ्दछ भन्ने कुरा स्पष्ट भएको छ ।

मनिस आफैमा सम्वेदनशील प्राणी भएको नाताले आफ्ना वंश इतिहासलाई सिँहावलोकन गर्दै राष्ट्रिय सम्वृद्धि र भावी सन्ततीको उन्नतिको लागि पनि केही कठोर संघर्ष गर्नुपर्ने अपरिहार्य छ । यस अर्थमा विश्वका सबै मानव मिलेर कोरोना भाईरस लगायत भ्रष्टाचारको भाइरस, सामाजिक कुसंस्कारको भाइरस समेत मानव जातिलाई कहर कटाउने सबै किसिमका अमानवीय भाइरस निर्मूल पार्ने युद्धमा सबैले आ–आफ्ना मोर्चाबाट डटेर लडौँ । भाइरस रहित समाज सिर्जना गर्न अघि बढौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank