सरकार समक्ष मानव अधिकार संरक्षण मञ्चको आठ बुँदे अपिल

दलित अनलाईन २७ चैत्र २०७६, बिहीबार २२:४९

काठमाडौ– मानव अधिकार संरक्षण मञ्च (मासम)ले कोरोना भाइरस (कोभिड–१९)को संभावित नियन्त्रण, रोकथाम र उपचारलाई सरकारले प्रभावकारी बनाउन चालेका कदमको उच्च सम्मान गदै आठ बुँदे सुझाव सरकारलाई दिएको छ ।
मानव अधिकार संरक्षण मञ्च (मासम)बाट विहिबार अध्यक्ष र महासचिवले जारी गरेको विज्ञप्ती मार्फत सरकारको उच्च सम्मान गदै आठ बुँदे सुझाव सरकारलाई दिएको हो ।
अध्यक्ष नवदत्त ढुंगाना र महासचिव गणेश वि.केद्धारा.जारी गरिएको विज्ञप्ती भनिएको छ : लकडाउनको कष्टसाध्य यस अवधिमा आम नेपालीका लागि नै असहज भएको कुरामा कसैको दुई मत छैन । त्यसमा पनि गर्भवती तथा सुत्केरी महिला, जेष्ठ नागरिक, वालवालिका, उत्पीडित दलित समुदाय, अपांगता भएको समुदाय, विपन्न, हरवाचरवा, मुक्त हलिया, कमैयालगायत भूमिहिन र दैनिक ज्यालादारी गर्दै जोखिमपूर्ण अवस्थामा रहेका समुदाय तथा परिवारहरुको आवश्यतालाई ध्यान दिदै सरकारबाट भएका घोषणाका आधारमा विना भेदभाव तोकिएको मापदण्डका आधारमा न्यायपूर्ण ढंगले वितरण गर्न अपिल गर्न गर्दछौं । मानवअधिकार संरक्षण मञ्च (मासम)ले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ ।

मानवअधिकार संरक्षण मञ्च (मासम)नेपालको तर्फबाट कोरोना भाइरस (कोभिड–१९) 

विरद्धको अभियानमा जारी गरिएको सार्वजनिक

अपिल तथा विज्ञप्ति  

विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को संभावित नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी बनाउन यही २०७६ चैत्र ११ गतेदेखि हाम्रो मुलुक लकडाउनमा छ । नेपाल सरकार उच्चस्तरीय समितिसहित विभिन्न प्राविधिक समूहहरु निर्माण गरेर देशका ७ वटै प्रदेश र सम्पूर्ण स्थानीय तहमा विशेष संजालमार्फत सम्पूर्ण शक्तिकासाथ नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । यसबीचमा महामहिम राष्ट्रपतिज्यू र सम्माननीय प्रधानमन्त्री ज्यूबाट राष्ट्रका नाममा भएका अलग अलग संबोधनले आम जनसमुदायमा आशाको संचार भएको छ । हालसम्म नेपाल सरकारका तर्फबाट भएका सम्पूर्ण प्रयास र प्रयत्नहरुप्रति गौरव गर्दै मासम नेपालका तर्फबाट हार्दिक स्वागत तथा धन्यवाद ज्ञापन गर्दछौं । हालसम्मका सिकाईका आधारमा निम्न कुरामा ध्यान दिन निम्न सुझावहरु अपिल गर्दछौं ।
१. कोभिड –१९ बाट हुनसक्ने संभावित महामारीमाथि विजय हासिल गर्न पहिलो तत्काल (छ“T”-Testing, Tracing, Treatment, Teamwork, Trekking & Monitoring को योजना गागू गर्न, दोस्रोे रेमिटयान्सबाट ठूलो योगदान हुंदै आएको हाम्रो सिंगो अर्थतन्त्र अस्तव्यस्त हुने संभावना छ । यसका लागि ग्रामिण अर्थतन्त्रलाई बढावा दिन । तेस्रो हाम्रा सामु खडा भएका चुनौतिलाई अवसरमा बदल्दै हामीले हिजोको परिस्थितिमा गरेका योजनाहरुलाई कोभिड १९ पछिको परिस्थितिमा सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक तुल्याउन विकासको नयाँ मोडल निर्माणमा जुट्न अपिल गदछौं ।
२. विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रकोपलाई ‘पेन्डेमिक’ घोषणा गरेसँगै हजारौंको संख्यामा विदेशमा रहेका नेपाली घर फर्कने क्रममा सूचनाको अभावमा एकातिर छिमेकी राष्ट्र भारतको सिमानामा अलपत्र अवस्थामा रहेका छन् भने अर्कोतिर विशेष गरी प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा विशेषगरी भारतबाट आएकाहरुबाट व्यापक अवज्ञा भइरहेको छ । भने विदेशबाट आएकाहरु प्रति समाजमा अत्यन्तै नकारात्मक धारणाका कारण कतिपय ठाउँमा बहिष्करणसम्मको अवस्था सृजना भएकोले आवश्यक पहल गर्न अपिल
गर्दछौं ।
३. यस महासंकटबाट उत्पन्न हुने संभावित महामारीको उद्धार, राहत, बजार अनुगमनलगायतका कार्यमा साँझ बिहान बाहिर निस्कनुपर्ने, कार्यालय खोल्नुपर्ने, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग ओहोरदोहोर भइरहने र राहतका काममा लाग्दा जनतासँग घुलमिल हुने र शंकास्पद संक्रमितलाई क्वारेन्टाइनसम्म ल्याउदा लैजादा स्थानीय जनप्रतिनिधिहरु कोरोना संक्रमणको उच्च जोखिममा पुग्ने संभावनाप्रति संवेदनशील भई आवश्यक स्वास्थ्य सामाग्रीहरुको प्रायाप्त व्यवस्था गर्न अपिल गर्दछौं
४. लकडाउनको कष्टसाध्य यस अवधिमा आम नेपालीका लागि नै असहज भएको कुरामा कसैको दुई मत छैन । त्यसमा पनि गर्भवती तथा सुत्केरी महिला, जेष्ठ नागरिक, वालवालिका, उत्पीडित दलित समुदाय, अपांगता भएको समुदाय, विपन्न, हरवाचरवा, मुक्त हलिया, कमैयालगायत भूमिहिन र दैनिक ज्यालादारी गर्दै जोखिमपूर्ण अवस्थामा रहेका समुदाय तथा परिवारहरुको आवश्यतालाई ध्यान दिदै सरकारबाट भएका घोषणाका आधारमा विना भेदभाव तोकिएको मापदण्डका आधारमा न्यायपूर्ण ढंगले वितरण गर्न अपिल गर्न गर्दछौं ।
५. संकटको यस घडिमा सार्वजनिक संचार र नागरिक शिक्षाको लागि रेडियो, टेलिभिजन, मोबाइल, फोन, इन्टरनेट जस्ता सूचना प्रविधिको भरपुर प्रयोग गर्न गराउन, बिपद्को अवस्थाबारे प्रत्येक दिन आधिकारिक सूचना दिनुपर्ने र प्रेस तथा नागरिकहरुको सूचनामा पहुँच सुनिश्चित गर्न, नागरिक र राज्यबीच संचार सम्बन्धको लागि स्थानीय भाषामा समेत व्यापक प्रचारप्रसार गर्नका लागि मानवअधिकार तथा नागरिक समाजलाई योजनासहित परिचालन गर्न नेपाल सरकार समक्ष अपिल गर्दछौं ।
६. हालको यस कठिन युद्धमा आफुलाई जोखिममा राखेर अहोरात्र खटिनुभएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मी, कर्मचारी, निजी क्षेत्र तथा नागरिक समाजलगायतका स्वयंसेवकहरुको प्रोत्साहन, सुरक्षा र मनोबल बढाउन आवश्यक समन्वय र सहजीकरण गर्न संघ, प्रदेश र स्थानीय तहसम्म सर्वदलीय सर्वपक्षीय संरचनाहरु निर्माण गरेर अघि बढ्न अपिल गर्दछौं । साथै बिपन्न र अभावमा परेका परिवारहरुलाई दैनिक उपभोग्य बस्तुहरुको आपूर्ति गर्न, त्रासदिमा बाँचेका जनताहरुको स्वास्थ्यको पूर्ण ख्याल राख्न, सकारात्मक र आधिकारिक सूचनाहरु प्रवाह गर्न, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारका क्वारेन्टाइन र आइसोलेशन कक्षहरुको बिशेष निगरानी गर्न सम्पूर्ण राजनीतिक दलहरुसमक्ष अपिल गर्दछौं ।
७. अहिले गहुँ काट्ने तथा भित्र्याउने समय हो । लकडाउनका नाममा एकोहोरो आपूर्ति व्यवस्थाको मात्र कुरा गरेर पुग्दैन यसका साथसाथै स्थानीय उत्पादन प्रणालीलाई योगदान हुने गरी ग्रामीण क्षेत्रमा असंगठित खालका कृषि कार्यलाई प्रोत्साहित गर्दै एकल श्रमको माध्यमबाट गर्न सकिने खेतीपातीका कामहरुलाई प्रोत्साहित गर्न र शहरी तथा अर्धशहरी क्षेत्रमा रहेका संगठित मजदुरहरु, साना मझौला उद्योग र निर्माण भएका संरचनामा काम गर्नेहरु सबैको तथ्यांक अद्यावधिक गर्ने र तिनीहरुलाई कोभिड १९ पछि सामाजिक सुरक्षासहित विकासको नयाँ मोडलका योजनाहरु मार्फत उनीहरुको आयआर्जन र मर्यादित रोजगारीको सुनिश्चित गर्ने कार्यमा कुशलतापूर्वक काम गर्न अपिल गर्दछौं ।
८. विश्वका शक्तिशाली तथा अत्याधुनिक विज्ञान र प्रविधियुक्त मुलुकले पनि समाधानको सहजबाटो अबलम्बन गर्न नसकेको यस विश्वव्यापी महासंकटको बेला अहोरात्र काम गर्नुपर्ने समयमा मानवीय संवेदनशीलतामाथि स्वार्थवस खेलवाड गर्ने, गैरजिम्मेवार अभिव्यक्ति दिने, समाजमा भ्रम सृजना गर्ने जस्ता क्रियाकलाप गर्ने व्यक्तिहरुप्रति सजग रहन र उत्पन्न भ्रमबाट विचलित नभई यस महायुद्धमा अर्जुन दृष्टिकासाथ विजय प्राप्त गर्ने लक्षकासाथ एकताबद्ध भएर अघि बढ्न नेपाल सरकार, सम्बद्ध निकाय तथा आम नागरिकहरुमा मासम नेपालहार्दिक अपिल गर्न चाहन्छौं
अध्यक्ष
नवदत्त ढुंगाना
महासचिव
गणेश वि.के.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank