सन्दर्भग्रन्थको पुनरावलोकन तथा साहित्य समीक्षा

डिबी नेपाली २१ चैत्र २०७६, शुक्रबार १३:१२

२.१ नेपाली अध्येताबाट प्रकाशित साहित्य समीक्षा
कुनैपनि जातिको जातीय सभ्यता, रीतिरिवाज र संस्कृतिको सामूहिक स्वरूप नै त्यो जातिको समग्र संस्कृति हुन्छ । समग्रमा आम शिल्पी(दलित)समुदाय भौतिकशास्त्री हुन् । पृथ्वी सृष्टिको सुन्दर प्राकृतिक सृजना भएर पनि आफैमा पूर्ण छैन् । प्राकृतिक सृष्टिको यहि खाँचोलाई पुरा गर्न आदिम युगदेखि नै मानवले नवीन सौन्दर्यको सृष्टि गर्दैआएको छ । यसलाई नै हामी ललितकला भन्दछौ । वास्तवमा दक्षिण एशिया लगायत समग्र विश्वमा नै ललितकलाका आविष्कारक,सृजनाकार, शिल्पकार र अनादिकालीन शिल्पसभ्यताका विकासकर्ता आम शिल्पी(दलित) समुदाय नै हुन् । कुनैपनि प्रकारको प्रकृतिप्रदत्त वस्तुलाई पुख्र्यौली ज्ञान, सीप, अनुभूति र शिल्पको मिश्रणद्धारा सौन्दर्य थपेर जाज्वल्यमान बनाउनु ललितकला (शिल्पशास्त्र) को मुख्य कार्य हो । यो कार्य शिल्पी(दलित) भनिने तथा श्रमजिवी जातिले नै गर्दै आएको तथ्य घामजत्तिकै छर्लङ्ग र निर्विवाद रहेको छ (पराजुली, २०६३ः१) ।
कर्णालीका शिल्पी/दलित समुदायको सामाजिक–साँस्कृतिक सम्पदा अध्ययनका क्रममा सामाजिक– सांस्कृतिक, आर्थिक–राजनीतिक तथा ऐतिहासिक दृष्टिकोणबाट समेत समीक्षा गर्ने जमर्को गरिएको छ । कर्णाली प्रदेशका सीमान्तकृत शिल्पी (दलित) समुदायको ज्ञान, सीप, कला, प्रविधि र संस्कृति बारे लोकसाहित्यसँग सम्बन्धित प्रकाशित सामग्रीहरूको अध्ययन र विश्लेषण गरिएको छ । प्रदिप रिमाल(२०२८)ले कर्णाली लोक संस्कृति (खण्ड ५), साहित्य, सङ्गीत र कलाको बारेमा विं.सं. २०२८ सालमा शताब्दी पुरुष सत्यमोहन जोशीको नेतृत्वमा सिञ्जाखोला उपत्यकालाई प्रमुख कार्यक्षेत्र बनाएर कर्णाली प्रदेशको बृहत् संस्कृति सर्वेक्षण गरिएको थियो जुन अध्ययन पाँचवटा विषयमा केन्द्रित थियो १) ऐतिहासकि अन्वेषण २) भौगोलिक अन्वेषण ३) सामाजिक–सांस्कृतिक अन्वेषण ४) भाषा अन्वेषण ५) लोकसाहित्य, सङ्गीत र कला अन्वेषण । यी पुस्तकहरूको गहनता, महत्व र सांस्कृतिक उत्खनन्को गाम्भीर्यतालाई मनन गरी विं.सं. २०२७/०२८ सालको मदन पुरस्कार विज्ञान र दर्शन विषयमा कर्णाली लोक संस्कृति खण्ड १ देखि ५ सम्मका यिनै पुस्तकका लेखकहरूलाई प्रदान गरिएको थियो । कर्णालीका लोक बाद्यवादक मध्ये दमाई नै प्रमुख हुन् । दमाहा, सुनाई (सहनाई), नर्सिङ, ढोल, ताल( झ्याली), मादल, हुड्का, बाँसुरी आदि बाजाहरू दमाईले बजाउँछन् । चाडपर्व, मेला, उत्सव, विवाह र ब्रतबन्ध आदिमा उनीहरूले नै बाजा बजाउने काम गर्छन । जनश्रुति अनुसार दमाहा बजाउने हुनाले नै दमाई नामकरण भएको भन्ने पनि कथन रहेको पाइन्छ । यसरी पुर्खौदेखि दमाईबाजा बजाउने कामलाई निरन्तरता दिएर यस जातिले आजसम्म आफ्नो लोक संङ्गीतलाई जिउँदो तुल्याउँदै आएका छन् । उनीहरूले चैत्रे दशैंमा भगवतीको थानमा बडाबाजा, बिहेमा पयानो, रोपाइँमा चोपाउने, साउन पूर्णिमामा पैठ, ठूलो दशैंमा प्रार्थना, छैंटीमा जग्गेबाजा, श्रीपञ्चमीमा बढाइँ बाजाका लोकधुनहरू बजाउने गर्छन् । सनाई बजाउन निकै सिपालु उनीहरू सासलाई नरोकी पौन फेरेर सनाइ बजाउँछन् । सिँजाली दमाईका आफ्नै मौलिक रागहरू पनि छन् । ती मध्य एक हो–ढाडेकोटी राग । यस रागमा “नेपाली रंकने घाँट बिटौती फुटेको, क्या गर्नु करिमै यस्तो पिरती छुटेको” ६ र सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेत भन्ने गीत बजाइन्छ । यो राग खास गरी जन्ती जाँदा बजाईन्छ । जुम्ली राग र पैठु राग पनि दमाईले बजाउने विशेष राग हो । यिनै विषयलाई समावेश गरेर यस पुस्तकमा सीमान्तकृत शिल्पी/दलित समुदायको कला, संस्कृति र कर्णाली शिल्पसभ्यताको बारेमा बिस्तृतरूपमा विवेचना गरिएको छ ।

रामशरण दर्नाल (२०६१) ले नेपाली बाजा पुस्तकमा नेपालका विभिन्न जाति जनजातिको मौलिक बाजा, तिनीहरूको बिगत, वर्तमान र साङ्गीतिक (बादी, गन्धर्व, दमाई र चमार) जातिको बारेमा बिस्तृतरूपमा चर्चा गरेका छन् । दर्नालले अहिलेसम्म लोप भइसकेका थुप्रै बाजागाजाको समेत लामो फेहरिस्त प्रस्तुत गररेका छन् । जसमा–बानो, बिजुलीबाना, रास, ढोपवाना, मार्फा, शिखरबाना र काहल आदि बाजा मन्दिर बाहेक अन्यत्र कतै पनि प्रचलनमा देखिँदैनन् । यी बाजा दमाई जातिले परापूर्वकालदेखि केवल मन्दिरमा मात्र बजाउँदै आएका थिए । त्यस्तै नेपाली संङ्गीत आकाशबाट लोप भइसकेको पेशेवर कलाकार जाति धादी (ढाँढी) को बारेमा समेत पुस्तकमा चर्चा गरिएको छ । तर, विं.सं. २०६८ सालको जनगणानुसार कञ्चनपुर जिल्लामा यो जातिको संख्या १८ जना देखाइएको छ । जसमा महिला दश र पुरुष आठ जना रहेका छन् । दर्नालले नेपाली सङ्गीत क्षेत्रका विभिन्न प्रकारका बाजागाजाको बारेमा चर्चा गरेका छन् । जस्तै–तारबाजा(तत्वाद्य) कोट्याएर र रेटेर बजाइने बाजा, फुकेर बजाइने(शुषिरवाद्य) छिद्रबिहीन र छिद्रसहितका बाजा, छालाले मढिएका(आनद्धवाद्य) खरीबिहीन तथा खरीसहितका तालबाजा र ठोकेर बजाइने(घनवाद्य), कोट्याएर तथा ठोकेर बजाइने सहायक तालबाजाहरूको बारेमा खोज अनुसन्धान र विश्लेषण गरेका छन् । प्रा.डा.सूर्यमणि अधिकारी(२०६०) ले बाइसे राज्यको इतिहास पुस्तकमा कर्णाली खस साम्राज्यको विभाजन पछि बनेको बाइसे राज्यको बारेमा बिस्तृतरूपमा व्याख्या र वर्णन गरेका छन् । डा.अधिकारी(२०६१)ले खस साम्राज्यको इतिहास पुस्तकमा पहिलाको मध्यपश्चिम र सुदूरपश्चिम प्रदेश लगायत वरिपरिको भू—भागसमेत खस साम्राज्यको फैलावट र पतनका बारेमा व्याख्या र विश्लेषण गरेका छन् । अहिलेसम्म खस सम्राटहरूका नेपाली भाषामा लेखिएको तीनवटा वंशावली प्राप्त भएका छन् ।

जातीय नश्लका हिसाबले पहाडका शिल्पी/दलित समुदाय समेत तीनवटा मिश्रित नश्लको रहेको पाइन्छ–मंगोल–किराँत, खस र द्रविड । छुट्टै जातीय पहिचानको स्थान दिन विष्टले आनाकानी गरेका छन् । कर्णालीका शिल्पी/दलित समुदायको सामाजिक–सांस्कृतिक सम्पदा (स्थिति विश्लेषण) र ७ तपस्या गरेको निहुँमा रामले हत्या गरेका “शम्बुक” शुद्र, द्रविड, शिल्पी(दलित)का पुर्खा थिए ।

 

पहिलो वंशावली अछाम कुइका गाँउका विष्णुभक्त उपाध्यायका घरमा प्राप्त भएको हो । दोस्रो वंशावली बालेश्वरका दानसिंह मुनरालबाट प्राप्त गरी अन्वेषक पूर्ण प्रकाश नेपाल ‘यात्री’ले प्राचीन नेपाल संख्या ७७ को पृष्ठ ७ मा प्रकाशित गरेका छन् । तेस्रो श्रीपाली वंशावली अघल्लिा दुई वंशावली भन्दा धेरै महत्वपूर्ण रहेको लेखकले उल्लेख गरेका छन् । वंशावलीको प्रारम्भमा नै खस सम्राटहरूको गोत्र वशिष्ठ उल्लेख गरिएको छ । उनीहरूले कुलायन मष्टो र विन्ध्यवासिनीलाई इष्टदेवी मान्ने गरेको उल्लेख छ । तापनि खस सम्राटहरूका अभिलेखहरूमा तिनको संकेतसम्म पाइएको छैन । रमेश खड्का(२०५६)ले कर्णाली नामक पुस्तकमा कर्णालीलाई नेपाल एकीकरणभित्र गाभ्नु अघि सम्पन्न र शक्तिशाली रहेको उल्लेख गरेका छन् । जब एकीकरण अभियानमा नेपाली भूगोलभित्र गाभियो सोही बेलादेखि कर्णालीको दुःखका दिन सुरु भए भन्ने निष्कर्ष रहेको छ । कर्णालीका दुःखका कारण र समाधानका उपाय समेत पुस्तकले सुझाएको छ । डोर बहादुर विष्ट (२००२) ले सबै जातको फूलबारी पुस्तकमा कर्णाली प्रदेशको मानवशास्त्रीय तथा समाजशास्त्रीय दृष्टिकोणबाट व्याख्या गरेका छन् । यस पुस्तकमा नेपालका जाति जनजाति बारे बिस्तृत चर्चा छ । तर उनले शिल्पी (दलित) सीमान्तकृत उत्पीडित समुदायबारे छुट्टै पहिचान लेख्न भने कन्जुस्याइँ गरेका छन् । जातीय नश्लका हिसाबले पहाडका शिल्पी/दलित समुदाय समेत तीनवटा मिश्रित नश्लको रहेको पाइन्छ–मंगोल–किराँत, खस र द्रविड । छुट्टै जातीय पहिचानको स्थान दिन विष्टले आनाकानी गरेका छन् । कर्णालीका शिल्पी/दलित समुदायको सामाजिक–सांस्कृतिक सम्पदा (स्थिति विश्लेषण) र ७ तपस्या गरेको निहुँमा रामले हत्या गरेका “शम्बुक” शुद्र, द्रविड, शिल्पी(दलित)का पुर्खा थिए ।
मनु, राजा जयस्थिति मल्ल र जङ्गबहादुर राणाको समयसम्म जात उकाल्ने र खसाल्ने क्रम तीब्ररूपमा भइरहेको थियो । त्यसैगरी पृथ्वीनारायाण शाहले एकीकरणको क्रममा थुप्रै मंगोल किराँतमुलका राजालाई समेत तल्लो जातमा राखेका थिए । सुदूरपश्चिम र कर्णाली प्रदेशमा खसआर्यको ठूलो समूहको प्रवेश पछि शिल्पी(दलित) समुदाय आफ्नो थात्थलो, राजकाज, संस्कृति र अनादिकालीन कर्णाली शिल्पसभ्यताबाट विस्थापित भए । यी तथ्यहरुमा– अहिलेसम्म सुदूरपश्चिम र कर्णालीमा शिल्पी समुदायको जातीय नाममा दर्जनौ गढी, किल्ला कोटहरुको नामकरण हुनु, यस क्षेत्रमा ठूला र चर्चित देविदेवता शिल्पी समुदायकै पूर्खाहरुले प्राप्त गर्नु, अनादिकालीन कर्णाली शिल्पसभ्यता, कला र साँस्कृतिक सम्पदा ९६ प्रतिशत भन्दा बढी यीनै समुदायको रहनु, विभिन्न ठाँउमा शिल्पी समुदाय अहिले पनि भूमिपति(मट्या)को रुपमा रहनु, झाँङ्ग्री विद्या र नाचगान कलासँस्कृति कुमशाल्याकथित तल्ला जात) जातिहरुको हो भन्ने तथ्य इतिहासविदहरुले इतिहासमा उल्लेख गर्नु, विभिन्न बहानामा थुप्रै ठाँउमा शिल्पी समुदायको आम नरसंहार गरिएको इतिहास पाइनु, क्षेत्रगत र ऐतिहासिक निरन्तरताको रुपमा अहिले पनि उनीहरुको देशै भरिमा कर्णालीमा पहिलो ठूलो जनसंख्या रहनु, ऐतिहासिक दस्तावेजहरु र स्थलगत अध्ययनका क्रममा स्थानीय बूढापाका र जानकारहरुका अनुसार शिल्पी समुदाय कर्णालीका अनादिकालीन मूलवासीको रुपमा रहेको प्रष्ट हुन्छ ।

सामाजिक–आर्थिक, धार्मिक, शैक्षिक, सम्पति, सत्ता, शक्ति र मानव जीवन माथिका सबै क्षेत्रमा बन्देज र नाकाबन्दी लगाएर पनि पूर्ण रुपमा आफ्नो पकडमा लिन संभव नएकोले नै शिल्पी(दलित) समुदाय माथि छुवाछूत र भेदभाव लादिएको हो । यसक्रममा शिल्पी(दलित) समुदायका महिलालाई शासकहरुले अनैतिक सम्बन्ध राखेपछि जन्मिएको शिल्पी(दलित) समुदायका केही थर खसआर्यसँग मिल्न गयो । नेपालका विभिन्न जातिका थर मूलतः स्थान विशेष, काम विशेष, घटना विशेष र अन्य विभिन्न कारणको आधारमा बनेको पाइन्छ । जस्तै– सुदूरपश्चिम र कर्णाली प्रदेशका कतिपय ठाँउ र कामको आधारमा पनि थर कायम भएको छ । अछामको दर्नाबाट दर्नाल थर बन्यो, राजाको सामान देखरेख र भण्डार गर्ने व्यक्ति भण्डारी भए । नेपालमा अहिले लगभग पाँचसय थरहरू अस्तित्वमा छन् । ती मध्ये पचासी प्रतिशत थरहरू श्रीपालीवंशको उदय अवधिभित्र सिर्जना भएको मानिएका छन् । आधुनिक नेपालका निर्माता पृथ्वीनारायाण शाहले काठमाडौ उपत्यकालाई नाकाबन्दी गर्ने सामरिक योजना अनुसार मकवानपुरका राजासँग ससुराली नात तोडे । नेपाल विजय पछि आफ्नो जेठान मकवानपुरे मगर राजा दिग्वन्धन सेनलाई जिउँदै छालाकाढी मारेर उनका सन्तानलाई जात पतन गरी सार्की जातिमा झारिदिए । मगरबाट सार्की भएका थुप्रै मंगोल किँरात मूलका सार्की जातिमा कायम भएका छन्(याख्खाराई, २०५३ः१९) । शिल्पी(दलित)का धेरैजसो जाति समुदायको कतिपय आफ्नै नश्ल र वंशबाट अहिलेसम्म कायम रहेको मौलिक थरहरू पनि छन् । कतिले भन्ने गर्छन द्रविड हिमाल, पहाडका शिल्पी÷दलितका पुर्खा होइनन् । त्यसो हो भने रामले हत्या गरेका शंम्बुकलाई शुद्रका पूर्खा कसरी मान्न सकिन्छ ? यदि पुर्खा मान्ने नै हो भने हिमाल, पहाडका शिल्पी/दलितमा पनि द्रविड नश्लको रक्त मिश्रण रहेकोमा दुईमत छैन । यसरी हेर्दा हिमाल तथा पहाडका शिल्पी÷दलितहरू कसैले भनेको जस्तो ठ्याक्कै एउटै खसआर्य नश्लका मात्रै छन भन्नु सरासर झुट र भ्रम हो । मुलतः हिमाल तथा पहाडका शिल्पी (दलित) समुदाय अनार्य द्रविड, मंगोल किँरात र खस नश्लको मिश्रित जातिहरूबाट विकास भएका छन् । द्रविडहरुलाई अनादिकालीन शिल्पसभ्यताबाट विस्थापित गरिए पछि शुद्र बनाए, शुद्र हुँदै चार वर्णमा विभाजित गरी अछुत बनाए, अछुत पछि उत्पीडित र दलित बनाएका हुन् । ८ र सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेत बाह्रौं शताब्दीमा खस साम्राज्य फैलिनु अघि कर्णाली प्रदेशमा शिल्पी समुदायका पुर्खाहरूले विकास गरेको वैभवशाली अनादिकालीन कर्णाली शिल्पसभ्यता, गौरव र शक्तिशाली राजा, राज्य, कोट, किल्ला, गढी, भूमिपुत्र र जिम्मावाल रहेको इतिहास पाइन्छ । उनीहरू ज्ञान, सीप, कला, प्रविधि तथा सांस्कृतिक सभ्यताका त मुहानै हुन् । यसरी यो सत्य तथ्य र प्रमाणित इतिहासलाई पुरै वेवास्ता गरी सबै जातको फूलवारी भित्र शिल्पी (दलित) फूललाई डोरबहादुर विष्टले अटाउन नसक्नु आफैंमा आश्चर्यजनक मानिन्छ । इतिहासकार र लेखकले यी समुदायलाई अन्देखा वा बेवास्ता गरे जस्तै विष्ट पनि उनीहरूकै लाइनमा एकाकार भएका छन् । विष्टको पुस्तकको पृष्ठ ६८–७७ सम्म “हामी बाहुन–क्षेत्री” शीर्षकमा लामो व्याख्या र विवेचना गरेका छन् । तर शिल्पी/दलित समुदायलाई छुट्टै खण्डमा परिचय र व्याख्या गर्न सम्भवत तात्कालिन जातीय अहंकार र दम्भले नै रोकेको हुनुपर्छ । चर्चित समाजशास्त्रीको रुपमा रहेका विष्टलाई शिल्पीसमुदायको गौरवशाली ज्ञान, सीप, कला, प्रविधि, संस्कृति र शिल्पसभ्यताको बारेमा पक्कै पनि जानकारी थियो । तर दमाई र गन्धर्व जातिको आफ्नै मातृभाषा दमु र पिङ्गुल लिपिबारे भने उनले जानकारी राखेको देखिँदैन, जानकारी भए उल्लेख गर्दाहुन् । यसबाट उनले पनि उत्पीडित समुदायलाई उपेक्षा गरेको देखिन्छ । तसर्थ विष्टले पनि शासकीय अहंकारवादलाई नै मलजल गर्ने काम गरेको आभाष पाइन्छ । यो अति नै बिडम्बनापूर्ण कुरा हो ।
झाङ्ग्रीको प्रसंगमा इतिहास सँस्कृतिविद वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कामी जातिको ढालतलवार(कामी)नाच वृत्तचित्र निर्माणको चरणमा अन्र्तवार्ता गर्ने क्रममा स्मरणीय कुरा भन्नु भएको छ । जोशीसँग २०७० सालमा गरिएको कुराकानीको अन्र्तवार्ता  folk Culture Nepal च्यानलमा गएर कामी (ढालतलवार) नाच वृत्तचित्रमा हेर्न र सुन्न सकिन्छ । वहाले भन्नु भएको छ :
“अहिले पनि त्यो दमाईमा,कामीमा,सुनारमा धामी(देवता) चढ्यो भने त बाहुनले ढोगी हाल्छनि– गोसाइँ महाराज…..गोसाइँ महाराज…..भन्दै ! अँ…अँ…अँ…हुँ…हुँ…हुँ…भन्दै धामी काम्न थाल्छ । ल..ल…ल… देउता चढ्यो, देउतारमष्टो प्रकट भयो भन्ने वित्तिकै ऊ(काम्ने मान्छे) चाँहि आफ्नो आसनमा बसिहाल्छ । सबैको आ–आफ्नो बस्ने आसन हुन्छ । देउता चढ्यो…देउता चढ्यो… धामी चढ्यो भन्ने वित्तिकै सारा मान्छेहरु आएर हात जोडेर गोसाइँ महाराज….. गोसाइँ महाराज…. भन्छन् ।”
डोटी राज्यद्वारा प्रसारित तमाम अभिलेखहरुमा शासकलाई ‘राई’ र निजको उत्तराधिकारीलाई ‘गोसाइँ’ उल्लेख गरिएको छ । पूर्ण प्रकाश नेपाल यात्रीको सिंजाको ऐतिहासिक रुपरेखा पुस्तकको पृष्ठ १३५ मा उल्लेख भएको यो तथ्यले समेत शिल्पी समुदायको यस क्षेत्रमा राजकाज रहेको तथ्यलाई थप प्रमाणित गर्दछ । चुडामणि बन्धु (२०२८) ले कर्णाली लोक सँस्कृति (भाषा), खण्ड–४ मा, पृष्ठ ७५ को “धर्म–सँस्कृति” शीर्षकमा डाङरि शब्दको शाब्दिक अर्थ धामीको सहायक वा सहयोगी भनि उल्लेख गरेका छन् । डाङरा शब्दबाट नै डाङरि भएको हुँदा डाङरा शब्दको शाब्दिक अर्थ धामी भन्ने हुन्छ । यसर्थ धामीको सहायकलाई डाङराबाट डाङरि भनिएको हो । यसको शाब्दिक अर्थ यति राम्रो अर्थात् धामीझाँङ्ग्री विद्याका मूलश्रोत भन्ने हुँदाहुँदै किन अपमानित गरियो ? विशेष गरी धामीझाँङ्ग्री विद्याका मूल कामी जातिलाई किन, कसरी र कहिलेबाट डाङरा शब्दबाट अपमानित गर्न थालियो ? थप खोज अनुसन्धानको विषय बनेको छ । परिश्रमी,मेहनती र श्रमपसिनामा बाँच्ने समुदायलाई घृणा, अपमान र तिरष्कारपूर्ण सामाजिक, आर्थिक र राजनीतिक प्रणालीको उपज पनि हुनसक्छ । पुस्तकले सम्मानजनक पहिचानको बारेमा सुक्ष्म रुपमा उल्लेख गरेर सम्बन्धित समुदायको गौरवशाली पहिचान र अस्तित्वलाई ऊजागर गर्न खोज्नु सकारात्मक कुरा हो ।
प्रा.डा. मोतीलाल पराजुली र डा. जीवेन्द्र देव गिरी (२०६८) ले नेपाली लोक साहित्यको रूपरेखा पुस्तकमा लोक साहित्य सिद्धान्त, लोकगीत र लोकपद्य, लोककाव्य, लोककथा, नेपाली लोकनाटक, लोकोक्ति, उखान टुक्का र गाँउखाने कथाका बारेमा गहन विश्लेषण, चर्चा, परिचर्चा र विवेचना गरेका छन् । यो पुस्तकमा नेपाली लोकगाथाका विभिन्न प्रकारका रूपमा कर्खा, भारत, चैत्र, चाँचरी, रामायण, धमारी, सवाई, पैकेली, संगिनी आदिबारे उल्लेख गरिएको छ । विशेष गरी (पृष्ठ १४०–१७१) सम्म शिल्पी÷दलित समुदायभित्रका दमाई जातिमा रहेको लोपोन्मुख श्रुतिलोकवाङ्मय काव्य सम्पदाको रूपमा अझै जीवित रहेको कर्खा, भारत, चैत्र र चाँचरीको बारेमा वर्णन गरेका छन् । डा.गोविन्द आचार्य (२०६३) ले राप्ती लोकसाहित्य पुस्तकमा तात्कालिन राप्ती अञ्चलको दाङ उपत्यका भित्रको मानव जीवनका ज्ञान, सीप, कला, प्रविधि तथा सांस्कृतिक पाटा पक्षलाई विहंगमरूपमा प्रकाश पारेका छन् । पुस्तक (पृष्ठ १९३ र १९४) मा चमारे नाच र दमाई नाचबारे चर्चा गरेका छन् । त्यसैगरीपृष्ठ १९८ मा सरायँ नाचबारे उल्लेख छ । मनोरञ्जन र खुशियालीमा यो नाच नाच्ने गरिन्छ । सरायनाच वडादशैको बेला शक्तिपीठ र विभिन्न कोटका देवीलाई खुशी तुल्याउन नाचिन्छ ।

विष्टको पुस्तकको पृष्ठ ६८–७७ सम्म “हामी बाहुन–क्षेत्री” शीर्षकमा लामो व्याख्या र विवेचना गरेका छन् । तर शिल्पी/दलित समुदायलाई छुट्टै खण्डमा परिचय र व्याख्या गर्न सम्भवत तात्कालिन जातीय अहंकार र दम्भले नै रोकेको हुनुपर्छ । चर्चित समाजशास्त्रीको रुपमा रहेका विष्टलाई शिल्पीसमुदायको गौरवशाली ज्ञान, सीप, कला, प्रविधि, संस्कृति र शिल्पसभ्यताको बारेमा पक्कै पनि जानकारी थियो ।

पाल्पाको जोगेपानीमा कामी जातिले यो नाच विशेषरूपमा नाच्ने गर्दछन् । पाल्पा कै कन्टीपोखरा भन्ने स्थानमा यो नाच चैते दशैमा पनि नाचिन्छ । कतिपय स्थानमा यो नाच नाच्दै शक्तिपिठको जमरा सेलाउने (विसर्जन गर्ने) चलन पनि रहेको छ । यस नृत्यमा वाद्यवादनका रूपमा मादल, डौंरी मुरली र झ्याली प्रयोग गरिन्छ । नाचमा सहभागी गोलो घेरामा उभिएर हातमा एक–एक ओटा नाङ्गा तरबार लिई दुई–दुई जनाको जोडी वनी तरवार ठोक्काएर नाच्ने गर्दछन् । यो नाचमा महिला सहभागी हुने चलन छैन । पूर्ण प्रसाद आचार्य(२०७५) ले जुम्ली मार्सी धान शीर्षकमा कर्णाली प्रदेशको मात्रै नभएर विश्वकै अग्लो स्थानमा फल्ने मार्सी धान खेतीप्रणाली, यसको महत्व र संरक्षणबारे बिस्तृत व्याख्या र विवेचना गरेका छन् । उत्पीडित शिल्पी(दलित) समुदायभित्रका दमाईजाति बिनाको मार्सीधान रोपाइँ अधुरो अपुरो हुने गर्दछ । रोपाइँ चलिरहेका खेतको छेउमा आठ–दश जना पञ्चैबाजा बजाउने दमाई र तीन–चार जना हुड्कोवादक दमाई तैनाथ रहेका हुन्छन् । जसले रोपाइँलाई थप रौनक बनाईदिन्छ । नाचगान र बाजाको रोमाञ्चक धूनले सबैलाई मोहित बनाइदिएको हुन्छ । सबैभन्दा ठूलो खेतलाई डाब भनिन्छ । त्यहि डाब(जिउलो)मा पुल्ती हालेर वरिपरी गोलो घेरामा बसी बीचमा खाँबोमा ध्वजापताका झुन्ड्याइन्छ । पुल्ती हाल्ने रोपार र अरुले टीका लाउने गरिन्छ । त्यसपछि विशेष प्रकारको बाजाको धुनमा केही क्षण नाचगान गर्ने गरिन्छ । पुस्तकको पृष्ठ२१ मा छोटो चर्चा र पृष्ठ ५८ र ५९ मा दमाई कलाकारको नाचगानको तस्वीरबारे आचार्यले उल्लेख गरेका छन् । मार्सी धानको बहुगुणी औषधी र स्वादमा दमाई साङ्गीतिक थेरापीको विशेष प्रभाव रहेको अनुमान गर्न सकिन्छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको (२०६३/वर्ष ३६) शोधमूलक अर्ध—वार्षिक प्रज्ञा (पृष्ठ ५१–५३) मा “यात्रा स्वदेशकोः सन्दर्भ सांस्कृतिक सम्पदाका” शीर्षकको उप-शीर्षकमा मुगु जिल्ला रारा तालस्थित मुर्मा गाँउको बारे प्रकाश दर्नालले चर्चा गरेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको शोधमूलक चौमासिक प्रज्ञा(२०५४/पूर्णाङ्क ८५/वर्ष २८)को गोष्ठी विशेषाङ्कमा डा.रामनिवास पाण्डेय(पृष्ठ७४–८८) ले “दुल्लु–दैलेखक्षेत्रको वास्तुकला” शीर्षकमा बिस्तृतरूपमा व्याख्या र विश्लेषण गरेका छन् । खासगरी यस क्षेत्रका ललितकला, वास्तुकला, ज्ञान, सीप, कला, प्रविधि र मौलिक संस्कृतिबारे परिचर्चा र विवेचना गरेका छन् । त्यस्तै नेपाल प्रज्ञा–प्रतिष्ठानको शोधमूलक अर्धवार्षिक प्रज्ञा(२०६६÷पूर्णाङ्क १०२÷वर्ष ४०) को पृष्ठ १४–२७ मा डा.जीवेन्द्रदेव गिरीले “सुर्खेतमा १० र सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेत प्रचलित केही लोकनाच र तिनमा गाइने गीतहरू”शीर्षकमा त्यस क्षेत्रका जाति जनजातिमा पाइने विभिन्न गीत सङ्गीत र नाच संस्कृतिबारे उल्लेख गरेका छन् । विशेष गरी शिल्पी/दलित जातिभित्रका दमाई र बादी जातिको नाचबारे छोटकरीमा चर्चा छ । दमाई जातिको हुड्के र दमाईनाच तथा बादी जातिमा प्रचलनमा रहेको बादी नाचको बारेमा वर्णन गरेका छन् । विं.सं.२०४६ सालको राजनीतिक परिवर्तनपछि शिल्पी÷दलित तथा जनजाति बारे थुप्रै लेख रचना प्रकाशित भएको छ । तर, शिल्पी.(दलित)का बारेमा प्रकाशित लेख,रचना प्रायः जातीय विभेदमा आधारित नै बढी प्रकाशन गरिएको पाइन्छ । उनीहरुको कलासँस्कृति, मौलिक पहिचान र साँस्कृतिक सम्पदाको बारेमा कमै अध्ययन भएको छ । माथिका विभिन्न अध्येताबाट भएको खोज, अध्ययनले शिल्पी/दलित समुदायको अनादिकालीन शिल्पसभ्यताको विविध पाटा र पक्षमा थोरै भएपनि प्रकाश पार्न सफल भएको छ ।
२.२ विदेशी अध्येताबाट प्रकाशित साहित्य समीक्षा
नेपाल बाहेक विदेशबाट समेत सीमान्तकृत शिल्पी (दलित) समुदायको ऐतिहासिक, राजनीतिक, आर्थिक तथा सामाजिक–साँस्कृतिक विषयमा खोज, अध्ययन–अनुसन्धान भएको पाइन्छ । ऐतिहासिक रुपमा राज्यले नै पुरातन हिन्दूबादी तहगत वर्णव्यवस्थालाई वैधानिकता दिने काम गरेकोले अझै अपेक्षाकृत खोज, अध्ययन भएको छैन । परम्परागत मानवीय पुख्र्यौली पूँजी ज्ञान, सीप, कला, कौशल, प्रविधि र मौलिक संँस्कृतिमा यी समुदाय मूलश्रोतकै रुपमा रहेका छन् । उनीहरुको अनादिकालीन शिल्पसभ्यता स्वदेशको मात्रै नभएर विश्वसम्पदाकै पूँजीको रुपमा रहेको पाइन्छ । यहि महत्व र गाम्भीर्यताका आधारमा विदेशी अध्येताहरुले समेत शिल्पी/दलित समुदायको बारेमा खोज,अध्ययन–अनुसन्धान गरेका छन् । विदेशी विद्धानहरूबाट गरिएको खोज अध्ययन भाषाको समस्याले गर्दा सर्वसाधरणका पहुँचभन्दा बाहिर छन् । नेपालका शिल्पी (दलित) समुदायको बारेमा अध्ययन गर्ने पहिलो विद्धान फ्रान्सका ए.डब्लु म्याक्डोनाल्ड हुन् ।

उनले सन् १९७० मा नेपालका शिल्पी(दलित)हरूको अध्ययन गरेका थिए । उनीपछि ब्रिटिस नागरिक ए.पी.ले सुदूरपश्चिमाञ्चलका सार्की, बाहुन, क्षेत्री र ठकुरीहरूको बीचको पारम्परिक सामाजिक–आर्थिक अन्र्तसम्बन्धलाई विश्लेषण गरिएको छ । वि.सं. १९१० मा जङ्गबहादुर राणाद्धारा निर्मित मुलुकी ऐनको विस्तृत अध्ययन गरी नेपालको जातीय विभाजनको कानुनी आधारको विश्लेषण गर्ने जर्मनीका विद्धान अन्ड्रस होफरले सन् १९७९ मा प्रकाशन गरेको नेपालमा जातीय श्रृंखला र राज्य (Caste Hierarchy and State in Nepal) नामक पुस्तकमा नेपालको जातीय विभाजनलाई राज्यले दिएको कानुनी मान्यताबारे विस्तृत रूपमा व्याख्या गरेका छन् । त्यसैगरी बेलायती अनुसन्धान टोलीमा संलग्न ब्लार्की क्यामरेन र सेडानले नेपालको राजमार्गको अध्ययन गरी सन् १९७९ मा नेपालमा किसान मजदूर (Peasants and workers is Nepal) नामक पुस्तक प्रकाशन गरी भारतीय औद्योगिक पूँजीवादको बिस्तारले नेपालका कालीगढ सीमान्तकृत समुदाय (शिल्पी/दलित) को परम्परागत कला संस्कृति तथा पेशामा परेको नकारात्मक प्रभावबारे विश्लेषण गरिएको छ । त्यसमा पनि विशेष गरी छालाको काम गर्ने सार्की जातिलाई बढी नकारात्मक असर पु¥याएको कुरा उल्लेख छ । प्रो.डा. ग्रेगोरी ग्याब्रियल मस्कारिनेकको सन् १९९८ मा प्रकाशित ‘The Ruling of the Night (नेपाली अनुवाद–रात्रीका निर्देश, अनुवादक : शीलु घिमिरे)’ पुस्तकमा नेपाली झाङ्ग्री मन्त्रका मौखिक पाठको नृजातीय आलेखहरु समेटिएको छ । जाजरकोट, रुकुम र अन्य क्षेत्रमा समेत भ्रमण गरी लगातार सात वर्षको कर्णालीका शिल्पी/दलित समुदायको सामाजिक–सांस्कृतिक सम्पदा (स्थिति विश्लेषण) र ११ कठिन परिश्रम र अन्वेषणपछि त्यो पुस्तक तयार पारेका थिए ।
पुस्तकमा विशेष गरी कामी झाङ्ग्रीहरूको बारेमा विशेष अनुसन्धान र खोज गरिएको छ । नेपाली समाजको छुवाछूततथा जातीय भेदभावको एैंजेरुको बारेमा लेखक दुःखी र चिन्तित भएको देखिन्छ । रात्रीका निर्देशको नेपाली अनुवादको परिचयमा लेखक लेख्छन्– “नेपाली परम्पराका प्रमुख अंश यस तल्ला जातिका उद्गम स्थान हुनाले महत्वपूर्ण नबनेका यो महत्वपूर्ण तर पुरै बेवास्ता गरिएको नेपालको सांस्कृतिक पक्षलाई अझ बिस्तृत रूपले प्रतिवेदित गर्नकोनिम्ति अन्ततोगत्वा मैले अझै अर्को एउटा नेपाली झाङग्रीका पाठ र अनुवादकका श्रृंखला प्रकाशित गर्ने विचार गरेको छु र हार्वर्ड पूर्विय संग्रह अन्तर्गत प्रकाशनको निम्ति यो स्वीकृत भइसकेको छ ।” ग्याब्रियल लगायत विभिन्न अध्येयता र तथ्यहरूबाट मानव सभ्यताका मुहान मूलस्रोत शिल्पी/दलित समुदाय हुन् भन्ने प्रमाणित भइसकेको छ । यसरी पुष्टि हुँदाहुँदै पनि शिल्पी/दलित समुदायको मौलिक कला, संस्कृति, सभ्यता र मौलिक पैतृक सम्पत्तिलाई राज्यले आजसम्म किन गुमनाम राखेको छ ? प्रश्न गम्भीर र विचारणीय छ ।
(डिबी नेपालीद्धारा लेखिएको कर्णालीका शिल्पी दलित समुदायको सामाजिक सास्कृतिक सम्पदा: यसको बाँकी अंशअर्को हप्ता प्रकाशित हुनेछ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank