दैलेख- दैलेखका पत्रकार सन्दीप विकले नारायण नगरपालिका–६ मा रहेको नमूना बादी बस्तीका बादी समुदायका नागरिकलाई मास्क वितरण गरेका छन नेपाल पत्रकार महासङ्घ दैलेखका साधारण सदस्यसमेत रहेका विकले शनिबार बस्तीमै गएर मास्क वितरण गरेका हुन ।
विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि मास्क उपयोगी हुने भएकाले दलित बस्तीमा मास्क वितरण गरेको पत्रकार विकले बताए । “यो बादी समुदाय आर्थिक चपेटामा परेको छ”, उनले भने, “बस्तीमा छाक टार्नसमेत धौ–धौ छ ,मास्क किन्ने पैसा कहाँबाट पाउने । ’ त्यसैले केही मलम लगाउनका लागि भए पनि मास्क वितरण गरेको हुँ ।” करीब ३० घर जति रहेको यो बादी समुदाय गाडीको सामान लोड–अनलोड गरेर गुजारा गर्दै आएका छन् ।
Leave a Reply