प्रशासनकाे सुरक्षामा सिरहामा चल्यो दलितको घरमा डोजर !

एसके कामती ७ पुष २०७६, सोमबार ०९:४६

सिरहा- वाढी र शितलहरको कहर झेल्दै आएका सिरहाका पाँच दलित परिवारको घरमा प्रशासनकै सुरक्षामा डोजर चलेको छ । अदालतको आदेश कार्यान्वयन गराउने नाउँमा शितलहरको बेला सिरहा नगरपालिका–६ बसपिट्टाका दलित महरा (चमार) समुदायको घरमा डोजर चलेको हो ।

सातादेखि चिसो हावा चलेर जनजीवन प्रभावित भैरहँदा घरवार विहिन बनाउने कार्य भएको छ । जमिन्दारले आफ्नो नीजि गुठी रहेकोले घर टहरा खाली गराउनु जिल्ला अदालत सिरहामा मुद्दा दिएका थिए । सोही मुद्दामा अदालतले घरटहरा खाली गर्न फैसला गरेपछि सिरहा नगरपालिका ६ बसपिट्टाका समतोलिया महरा, रामजी महरा, फुलचो महरा, राजकुमार महरा, रामवृक्ष महराको घरमा डोजर चलाएर भत्काएकाे हाे ।

राधाकृष्णा मन्दिर र पोखरी आफ्नो नीजि गुठी अन्र्तगत रहेको जमिन्दारका संरक्षक दामोदर प्रधानाङले बताए । आफ्नो अतिक्रमित जग्गा खाली गर्न अदालतमा मुद्दा दिएको र अदालतको फैसला अनुसार खाली गर्न खोजिएको प्रधानाङले बताए ।

जिल्ला अदालत सिरहाले घर टहरा खाली गराउने र चलन चलाउने दुई वटा मुद्दाको फैसला जमिन्दार परिवारको पक्षमा गरेको छ ।

यता उक्त जग्गामा बस्दै आएका दलित महरा(चमार) समुदायले पुस्तौदेखि बस्दै आएको र ऐलानी जग्गा भएको दावी गरेको छ । बसपिट्टा ६(क) २७१ कित्ताको करिब ३ विघा र २७० कित्ताको साढे १८ कट्ठा जग्गामा पोखरी र राधाकृष्ण मन्दिर रहेको जमिन्दार परिवारका संरक्षक दामोदार प्रधानाङले बताए ।

२४ कार्तिक २०७३ मा घर टहरा खाली गर्न र २१ जेठ २०७५ मा घर टहरा हटाई चलन चलाउन जिल्ला अदालत सिरहाले फैसला गरेको छ । जिल्ला न्यायधिशहरु देवेन्द्रराज पौडेल र तिर्थराज केसीले उक्त फैसला गरेको तहसिलदार सिताराम खड्काको भनाई छ ।

चिसोको मौसममा घरवार विहिन बनाउनु मानवीय संवेदना विपरीतको कार्य रहेको अनेरास्ववियूका सिरहा ईन्चार्ज अशेष गोईतले बताए । उनले भने,‘समान्य मानवीय धर्म अपनाएको देखिएको छैन् । चिसोमा विपन्न गरिबलाई जोगाउन केन्द्रित हुनुपर्नेमा उल्टो काम भएको छ ।’

चिसोमा घर भत्काउँदा स्थानीय सरकारका रुपमा रहेका सिरहा नगरपालिका मौन देखिएको छ । आफ्नै वडामा रहेको दलित परिवारको घर भत्काउँदा वडा अध्यक्ष विजय कुमार यादव मुकर्दशक बनिरहे । स्रोतका अनुसार निर्वाचनका वेला आफ्नो पक्षमा मतदान नगरेकोले घर भत्काउने बेलामा केही समय रोक्न पहल पनि नगरेको पीडित कारिदेवी महराले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank