दलित आँखाबाट छुवाछूतलाई हेर्दा

सीताराम थापा ६ पुष २०७६, आईतवार २२:४४

भनिन्छ, “जसको नाम, उसकै काम” जसको समस्या उसको पीडा-यतिमा सिमित हुन्न भन्ने यो प्रमाणमा आधारित अभ्यासको नवीन, अनुभूति हो यो । १६ वर्षको कुरकुरे बैंसमा जे दिमागमा भरीन्छ, त्यहि गर्ने उमेरमा म जुंङ्गाको रेखि नबस्दै काठमाडौ शहरबाट दुर दराज पर्वत( बागलुङ पाईताला खियाउँदै दलित गाउँ पसेर कर्म गर्न थाले । यहाँ दलित भन्ने ब्राहमणले समेत वर्गीय रुपमा ब्राहमणसंग मिलेर सिंगो दलित समुदाय लाई दमित बनाएको देखेँ । दलितभित्र पानी नचल्ने, उनीहरुभित्रै हुंँदा प्रेम भएपछि बलात्कारको मुद्वा हाल्न सघाउनु परेको खेपे, दलितभित्रै जातीय पर्खाल र ब्राहमणले पनि यौन प्यास चलाएको पनि बेहोरे । यी दृष्यहरु, काल्पनिक नभएर दलित समुदायको जातीय छुवाछूतका पीडामा सामाजिक अभियन्ताको रुपबाट नजिकबाट बसेर काम गर्दाको प्रतिनिधिमुलक घटनाहरुको अनुभूति हो । जब पर्वतको धाईरीङ र सिल्मिमा दलितको घरमै बसेर दलितको जीवनगाथा पढेँ ,आफु पनि दलितमा रुपान्तरण हुंँदै जातीय वर्गीय पिडाबोध असह्य हुँदोरहेछ । यसले उनीहरु स्वयं दलितहरुलाई पढाउनुपर्ने अनुभूति गरे । भर्खर ०४६ को बहुदल आएको तर “राता मशाल” भनिने क्रान्तिकारी र द्वन्दात्मक भौतिकवाद पढाउने तर त्यही ठाउँमा छुवाछुत र विभेद गर्दा मेरो मनमा अमनचैन हरायो । क्रान्तिकारी भनाउँदा समेत दलितकोमा बस्न त के, सांस्कृतिक रुपान्तरण अभियान केही नचलाएको देखेर आखाँमा आँसु मात्र हैन आगोका मुस्लाहरु सल्बलाउन थाल्यो ।

भर्खर ०४६ को बहुदल आएको तर “राता मशाल” भनिने क्रान्तिकारी र द्वन्दात्मक भौतिकवाद पढाउने तर त्यही ठाउँमा छुवाछुत र विभेद गर्दा मेरो मनमा अमनचैन हरायो । क्रान्तिकारी भनाउँदा समेत दलितकोमा बस्न त के, सांस्कृतिक रुपान्तरण अभियान केही नचलाएको देखेर आखाँमा आँसु मात्र हैन आगोका मुस्लाहरु सल्बलाउन थाल्यो ।

यो देखेर लोक –बाम दल भन्दा एक कदम अघि बढेर गैरदलित– भएपनि दलित जीवनमासँगै बसेर दलितहरु माथिको छोईछिटो हेलाहोचोको चरम अपमानमा आफुलाई दलितहरु भन्दा पिडाबोध पक्कै नै हुन्छ । “जस्को घाउ” उसलाई पीडा नहुने आफुलाई पीडा र हुटहुटी पनि उनीहरुसँगै बसेर खोज्दै जाँदा भेटे,जातीय विभेद, शोषण, अपमान संस्कृतिक ईतिहास बनेर मानव समाज हुर्किरहँदोरहेछ । पछि विभिन्न दर्शन र समाज विज्ञान अध्ययन गर्दा पनि व्यवहार र सिद्वान्त तालमेल नखाएको नवीन अनुभूति भयो । जब दलितसँगै बसेर विष्ट–बराजुले गर्ने विभेदकारी हेलाहोचो, चुस्ने र लुट्ने थिति लाई दलित संगै मिलेर पर्गेल्न थालियो । ब्राहमण–क्षेत्रीको जातीय अहंकारले मलाई विग्रिएको क्षेत्री संज्ञा दियो । धर्म फेर्ने कुजात, समाज बिथोल्ने भडुवा, द्वन्द्वको विदेशी दलाल पगोरी गुथे, युद्व थालनीको आगोको फिलिङ्गो आरोपितमा पनि दरिए । मलाई ब्राहमणवादले सम्झाएर भने, वालुवाको मुट्ठि पर्दैन दलितको मतो मिल्दैन, गाली गरे, खनिए, झम्टिए, “कुल मास्ने चोरमा दरिए । यसले झन् दलित जीवनप्रति पिडाबोध झांगिदै,मौलाउँदै गयो । दलित जीवन बराजुको आँगनमा श्रम गरि खानु छ, यसैले मेरो पिडाबोध स्वयं दलितको आत्मामा दलनको फिलिंगो बनेर सल्केला भनेर उचाल्नु, भडाउनु, फुटाउनु, पछार्नु विष्टको लागि सहज थियो । यसले मलाई झनै आक्रोस,आगोका लप्का बलेका आंँसु, चरम वितृष्णा, घृणाको बाछिटाको अनुभूति ह्वार ह्वार दन्कन थाल्यो । दिनभर विष्टको आँगन र बारीमा काम गरिखाने, दलित बा–आमाहरु साँझ जीवन पढ्ने शिक्षा, छलफल र संवाद नियमित हुन थाल्यो । सदियौ देखि स्वभाविक र सहज तर उनीहरुको चरम उत्पिडनको तस्बिर, उनीहरुको मनमा बल्न थाल्यो, यसको लागि समय लामो लाग्ने नै भयो । जीवन पढाउने, गाउँ नछाडेका लाई घुमाउन लाने, तालिम नलिएकाकालाई एकान्तमा लगेर मानव जीवनको प्रशिक्षण दिए । यति मात्र हैन कृषि पढेको म जेटियो बनेर बराजुसँग मागेर तिउन खाने संस्कृति भत्काउन बारीको फोहोर सफा गरि हरियाली तिउन फल्न थाल्यो । सरसफाई बढ्न थाल्यो । विहानी कक्षा पढ्नेहरु ईतिहांसमा दलित विधालय जान थाले । गैरदलितको लागी यति काम ठुलो क्रान्ति भएछ । पुर्खा , ईतिहास विरुद्व खनिने पहिलो विनासकारी भनेर गाउँबाट लखेट्ने कुचेष्टा गरे । अडिक मन झन् ज्वाला बनेर दमित माथिको पिडाबोध भरिएर आयो । दलित जीवनसँगैको पढाई र कर्मले मलाई किताबको अक्षर भन्दा दरिलो छाती बनाउन सघायो । मेरो शिक्षालय दलित जीवन बन्यो । मानक ईतिहास स्थिर नभएको दरिलो प्रमाण यहि दलित वस्तीकोे रुपान्तरणको झिल्का भएको मास्टार जि, मुखिया जि र नेताजिहरु लाई पनि पढाउन भ्याउथें । उनीहरु ओठ लपारेर नकार्दै हिँड्दा मेरा मन खुसी –पीडा दुवै बोधता हुन्थे । त्यहि बोधताको आत्मबलले दलित जीवन धारिलो सचेतता, संगठित जीवन र आन्दोलित हुनुको विकल्प थिएन । यसैले दलितहरुसंग तीन वर्षसँगै बिताउँदा विष्ट कहा,ँ मागेर तिउन नखाने, मरेको चौपया सिनो नखाने, रक्सी नियन्त्रण गर्ने, सन्तान स्कुल पठाउने, अन्याय विरुद्व बोल्ने गर्न थाले । साँझ झगडाको विकल्प समाज फेर्ने थिति बारे छलफल थाले । भोगिरहेको जीवन, समाज विकासक्रम, अपमान, छि–छि, दुर–दुर व्यवहारप्रति घृणा मेरो मन बाट दलित समाजको मनमा डढेलो सल्कियो । मलाई जातीय अपमानको पिडाबोधले तलाउमा ढुङ्गा–ढुङ्गा हानिरहेर समाज भत्काउने, द्वन्द्व बढाउने, सुतेको समाज ब्युझाउने संकल्पको बिजारोपण भयो ।

मलाई जातीय अपमानको पिडाबोधले तलाउमा ढुङ्गा–ढुङ्गा हानिरहेर समाज भत्काउने, द्वन्द्व बढाउने, सुतेको समाज ब्युझाउने संकल्पको बिजारोपण भयो ।

एक दिन सिल्मिका दलितहरुले जुंगौ देखि ज्याला नबढेको अभियान उठाए । त्यहीमा जोतेको, श्रम शोषण विरुद्व आवाज उठाए । मैले गाउँमा भूईचलो गएको अनुभूति गरें । अर्काे दिन उनीहरुले आवाजबिहिनको आवाजहरु माग सहित उठाए। यति मात्र हैन खेतीको मुखमा पारेर जुवा र हल्लुडो बटुलेर नजोत्ने हड्ताल ठोके। सिजन छल्ने भयो तिनको मन गलाउन मलाई ढुङ्गामुढा कर्साए, सर्कि्नि आमाहरु र बाको पछ्यौरी, पटुकि, मजेत्रोहरुले छोपे । फरिया र चौबन्दिले मलाई घेरेर माया गरे । जातिय र वर्गीय पिडाबोधको माया । यसमा भिमे नेपाली, जिरी र बेलकुमारी आमाहरुले मलाई माया गरेर बचाए । फलत सिजन जान नपाई दलित जोत्नेहरुको ज्याला बढाउने उद्वघोष चित्तामा बिष्ट-बराजुले टांसे ।
तब दलित जीवनको आंसुमा खुसी ओंठमा मुस्कान छायो । यहि खुसीमा पर्वत सिल्मिगैराबारीको खेतको फाँटमा बाली फलाउन दलित जनहरु फेरि हलो बाउसो नारेर काम गरे । बाली र परम्परागत दिने गरिएको श्रमको फल बढेकोमा दलित समाज खुसी देखिन्थे । तर बिष्ट र कम्युनिष्ट बाम दल नेता बेखुसी थिए । बिष्टको खेत भरी छरिएर खुसीले कर्म गरेको यो पंङ्तिकारले पनि हेरिरह्यो । जातीय अहंकारवादको सिमानाले घेरिएको पीडा बोधले मेरो उर्जाशिल बैँस, जीवन दलितहरु प्रति समर्पित भैइरहे । रचनात्मक र सृजनशिल यूवा जोस जाँगरहरु दलित बनेर लामो समय उभिए । जातिय पिडाबोध छिचोल्दै, दलित जीवनमा जुनकिरी बाल्दै र चेतना सल्काउदै कठिन, चुनौतिपुर्ण यात्रा युवा अवधिभर हिँडिरहें ।

लेखक सामाजिक अभियन्ता हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank