भुइँ मान्छेको कथा

विक्रम पवन परियार १९ मंसिर २०७६, बिहीबार २०:२३

दलितको मुख्य अर्थ हो, दलन गरिएको, हेपिएको , चेपिएको वा समाज र राज्यबाट तिरस्कार गरिएको अर्थात ती समुदायका मानिसहरू जो आर्थिक अनि सामाजिक रूपले पिछडिएका छन् र जो आर्थिक रूपमा सामाजिक रुपमा, शिक्षाको दृष्टिकोणले, राजनीतिक र धार्मिक रूपले प्राचीन कालदेखि उच्च वर्गहरू (जनताति, बाहुन तथा छेत्री आदि हिन्दु जातिहरू मात्रै हैन )द्वारा शोषण र उत्पीडन गर्नको निम्ति समाजमा जातीय वर्ग विभाजन गरिएको थियो । र आज पनि उत्तिकै छ । हुन् त नेपालमा भेदभाव अनि छुवाछुत गर्नेहरूलाई कडा कारवाही गर्ने कानुन पनि सरकारले नबनाएको होइन तर त्यो कागजमा मात्र सिमित छ । कानुन बनाउने ठेकेदार र दलाल सरकारले कागजमा नै सिमित बनाएको छ । नत्र कानुन दह्रो थियो भने गाउँ समाजको हरेक कुनामा आजपनि यो भेदभाव कायम रहने थिएन । दलितले उपल्लोे जातिलाई प्रेम गर्न पाएनन् । यो पनि एउटा विभेद नै हो । क्षेत्रीले ब्राह्मणका सन्तानलाई र दमाईका छोरा छोराछोरीले ब्राह्मण समुदायका छोराछोरीलाई प्रेम गर्न र विवाह गर्न नपाइनु पनि ठुलै विभेद हो ।

एउटा पुरानो घर छ पुरानै बाटो छ पुरानै सम्बन्ध छ घरसँग । यात्रा उहीँ पुरानै छ । जीवन शैली पनि उस्तै छ । आदर गर्ने शैली पनि पुरानै छ । ज्यादै हेपिएको यौटा बस्ती छ । म त्यहि बस्तीमा जन्मि हुर्केको , पढेको मेरो एउटा पुरानो समाज छ जहाँ धेरै सपनाहरूको फाँट छ त्यही फाँटमा मुस्किलले रमाएको छु । घरभन्दा अलि पर मैले क, ख पढेको एउटा स्कुल छ त्यहि स्कुलमा हुर्केका मेरा सपनाहरू जीवितै छन् । ती सपनाहरू फैलिएर पहाड बने तर ती पहाडहरूले सुस्केरा पाएनन् ।
घरभन्दा मुनिबाट बग्ने खानी खोलाबाट धेरै रहरहरू बगेका छन् । रहरहरू समुन्द्रमा गएर मिसिए तर आज ती रहरहरू कति छट्पटाइरहेका छन् । जब नदीका छालहरू देख्छु तब आँखाका परेलाहरूबाट तप्किरहन्छन् पिडाका फूलहरू । जब ईतिहासका पानाहरू पल्टन्छ आँखै अगाडि तब समाजको ऐना बनेर टक्क अडिन्छ घडीका काँटाहरू । जबसम्म सरकारले कडा कानुन बनाउँदैन तबसम्म ब्युँझिरहने छन् चिहानबाट शासक । राजतन्त्र ढल्यो भनेर खुसी भएर के गर्नु ? गणतन्त्र आयो जनताको सरकार बन्यो भनेर खुसी हुनु पनि बेकार छ । सिंहदरबारको रुप फेरियो तर के गर्नु त्यो दलित बस्ती जसको आँखाले कहिल्यै समान रूपमा हेर्न चाहेन सधैँ उहीँ छुवाछुत । म त्यहि बस्तीबाट बजारमा आएको एउटा कवि हुँ । र असंख्य कविता हुँ । समाज मलाई मान्छेको व्यवहार गरेन बहुत दुख लाग्छ । त्यो समय बढो मुस्किल थियो । मान्छेको जात अनुसारको व्यवहार । छुवाछुतले अझै पनि चिमोटी रहन्छ मलाई । हरेक दिन पत्रपत्रिकामा मन्दिर, धारो छोएको निहुँमा कुटिएको र मारिएको समाचार छापिन्छ त्यतिबेला साह्रै दुख्छ मुटु । लाग्छ मैले म मान्छे बन्न के गर्नु पर्छ म त्यहि गर्थेँ । हुन चाहिँ मान्छेको प्रमाणपत्र कस्तो हुने होला ? मलाई यहि प्रश्नले पिरोलि रहन्छ ।

कथित उपल्लो जाति भन्नेहरू आफुलाई के सोच्दा हुन् ? म तीन छक पर्छु । जीवनका हो त्यो पनि मान्छेको । मान्छेले मान्छेकै दर्जामा राखियोस् । दलित भनेको के हो ? बहुत जान्न चाहेँ । शब्दकोष हेरेँ । दलित दमाई कामीलाई नभनिँदो रहेछ ।

 

म हुर्कँदै थिएँ । पात्रो फेरिँदै थियो । बजारमा नयाँ पात्रो आयो कि भित्तामा नयाँ पात्रो झुन्याइ हाल्थेँ । प्रत्येक दिन पात्रो हेर्थेँ गतेबार हेर्थेँ । कुन गतेमा कुन तिथि पर्छ । कति गते बिदा छ ? सबै सबै नछुटाइ हेर्ने बानी थियो मेरो । घाम अस्ताएपछि गतेमा गोलो लगाउँथेँ । र अर्काे गते सुरु हुन्थ्यो । बर्षैपछि पात्रो फेरिएजस्तै मेरो उमेर पनि फेरिन्थ्यो । उमेर फुल्दै गएपछि म स्कुल जानसक्ने भएँ । एक दिनको कुरा हो स्कुल जाने मेरो पहिलो दिन । नयाँ लुगा नयाँ झोला । झोला बजारबाट किन्नु पर्ने थिएन । स्कुल ड्रेस कतै सिलाउन दिनु पर्ने थिएन । बा आफैँ लुगा सिलाउन जान्ने हुनुहुन्थ्यो । बाले ड्रेस सिलाई दिनु भयो । सुर्काने झोला पनि सिलाई दिनु भयो । मेरो कलिला नयाँ पैतालाले स्कुलको प्राङ्गणमा टेक्यो । पहिलो पटक मजस्तै एउटै रङका मान्छेहरू देखेँ । मन फुरुँग भयो । छाती चौँडा भयो । साथमा स्कुल पढ्दै गरेका मेरो आफ्नै दाइ हुनुहुन्थ्यो । दाइ हुन्जेल आँखाबाट आँसु आएन । जब दाइ मलाई कक्षा कोठामा छोडेर आफ्नो कक्षा कोठामा जानू भयो म रोएँ । बस्नै मन लागेन । गुरुले फकाउनु हुन्थ्यो । बिस्तारै फकिएँ । बिस्तारै बिस्तारै स्कुलको आफैँँ स्कुल जाने भएँ । यस्तो क्रम चल्दै गयो । पास हुँदै गएँ । उमेर बढ्दै गयो । जब बुझ्न थाले म दमाई रहेछु । विद्यालयमा खाजा लिएर जाने चलन थियो । खाजा खानेबेला छुट्टै बसेर खानु पथ्र्यो । सानो हुँदा त यस्ता कुराले छुँदैनथ्यो । तर बुझ्ने भएपछि साह्रै मन दुख्थ्यो । रुन मन लाग्थ्यो । लाग्थ्यो म मान्छे हैन कि ! मनमा अनेक कुरा खेल्थ्यो । विद्यालयका गतिविधि सबै घरमा सुनाउँथे ।

बा भन्नू हुन्थ्यो बाबू हामी सानो जातले ठूलो जातले खानेकुरा फलफुल बाहेक केही छुनु हुन्न । म दङ्ग पर्थेँ । होटल भित्र सम्म पस्न पाइन्नथ्यो । जे किन्न मन लागे पनि घर बाहिरैबाट किन्नु पर्थ्यो । एक दिन मेरो साथी दिनेश बिक र म मुलपधेरामा ( ढुङ्गे धारो भएको ठाउँ ) जाँदै थियौँ । बाटोमा श्राद्ध गरेर आएका बाहुन बाजे भेटियो । बाजेको हातमा सिदा बोकेको झोला थियो । बाजेले हामीलाई भित्तामा साइड लाग भने । मेरो साथीले नसुने झैँ झोला छोइदियो । बाजेले हामी दुबैलाई लखेटे । हामी खुब दौडियौँ । बाजेले भेटेनन् ।
बेलुका घरमा गयौँ । काका ( घरमा साथीको बुबा ) ले दिनेशलाई भक्कु कुटे । नरमाइलो लाग्यो । म सानैदेखि अलि बिद्रोही स्वभावको थिएँ । मैले प्रश्न गरेँ । हामी पनि मान्छे हौँ हामीले किन छुन नहुने ? तपाईंले अर्चापेको खुकुरीले उनीहरू मासु काट्छन् । त्यहि खुकुरी बनाउने मान्छे किन चल्दैन ? मेरो सवालको जवाफ दिनुको सट्टा काकाले उल्टै झपारेर लेखेट्नु भयो । म दुगुरेर आफ्नै घर आएँ । बा पहिल्यैदेखि कम्युनिस्ट हुनुहुन्थ्यो । सबै कुरा बालाई सुनाएँ । बाले सम्झाउनु भयो । बाको अनुहार रिसले रातो भएको थियो । छोयो रगत नै बाहिरिएला जस्तो । दिनहरू बित्दै गएँ । मभित्र पनि मान्छे सबै एउटै हो भन्ने कुरा अबगत भयो । यस्तै एकदिनको कुरा करिब दशमा आठमा पढ्थे हुँला । विष्ण खत्री ( मेरो बाको जजमान् ) दाइको बिवाह थियो । बजाउन जान्नेहरू ज्यालामा पञ्चेबाजा बजाउन गए । म अलि सन्कि थिएँ । छुटै लाइन बसेर कुकुरलाई भन्दा पनि टाढा बसेर कतै खाना चाहन्नथेँ । हामी दुई भाइ ( काको छोरो ( नारायण नेपाली ) जन्त गयौँ । हामी खुब नाच्न सिपालु पनि थियौँ । हामी नाच्दै नाच्दै गयौँ बेहुलीको घरसम्म । बारिको चौरमा भतेर थियो । बुबाहरू सबै छुट्टै अलग्गै लाइनमा हार मिलाएर बसे । म र दाइ क्षेत्रीहरूकै हारमा बस्यौँ । खाना बाँड्दै आए बाँड्दै आए । जब दुलाहको छेउमै बसेको नजिकै ब्राह्मण बाजे अगाडि आए हामी दुइभाइ देख्न साथ खाना हाल्नै छोडे । हामीलाई प्रत्येक्ष भन्नै सकेनन् र सरासर फर्केर भान्सातिर गए । उनले अरूलाई जानकारी दिए । हामीलाई भतेर बाट उठाइयो । म छक्क परेँ । सोचेँ हामी मान्छे थियौ तैपनि कुकुरको व्यवहार गरियो । म सानै भएपनि स्वभाव फरक थियो । कसैको थिचो मिचो सहनै सक्दिनथेँ । हामी मान्छे हैन ? यहि प्रश्न गरेर म घर फर्किएँ । रातभरि निद्रा नै लागेन छट्पटी रहेँ । आँखाबाट आँसु खस्थ्यो । किताब पानाहरू पल्टाएँ जहाँ जहाँ दलित शब्द छ सबैमा कालो मसिले केरी दिएँ । ताकी यो आँखा दलित शब्दै देख्न नपरोस् । फुच्चे भएपनि क्रान्तिकारी सोच थियो मभित्र । कथित उपल्लो जाति भन्नेहरू आफुलाई के सोच्दा हुन् ? म तीन छक पर्छु । जीवनका हो त्यो पनि मान्छेको । मान्छेले मान्छेकै दर्जामा राखियोस् । दलित भनेको के हो ? बहुत जान्न चाहेँ । शब्दकोष हेरेँ । दलित दमाई कामीलाई नभनिँदो रहेछ । हेपिएका जुन सुकैका समुदायलाई पो दलित भनिँदो रहेछ । मैले यहि बुझेपछि दलित शब्दमा घृणा गर्न छोडि दिएँ । मलाई दमाई शब्दमा कुनै घृणा पनि छैन । मलाई गर्व लाग्छ दमाई हुन पाएकोमा जसमा धेरै कलाहरू छन् । संस्कारहरू छन् । आदर गर्ने शैली दलित भित्रै छन् । सानादेखि ठुलासम्मलाई उस्तै व्यवहार गर्ने एक मात्रै समुदाय हो दलित । जसले जात अनुसारको सम्बोधन गर्दैन । म पानी लिन जान्थे पँधेरामा जब क्षेत्री ब्राह्मणले पानीको गाग्री लिएर आउथे म पछि हट्नु पथ्र्यो । बाटो हिँड्दा कि छेउमा कि भित्तामा लाग्नु पथ्र्यो । मन साह्रै दुख्थ्यो । समय अगाडि बढ्दै गयो । म पनि लक्का जवान भएँ । किशेर अवस्थामा प्रवेश गरेपछि जीवनमा एकचोटि लब पर्दाे रहेछ । मेरो पनि लव पर्याे तर फरक समुदायसँग । उनी क्षेत्री थिइन म दमाई थिएँ । हामी दुवै स्कुल पढ्दै थियौँ ।

क चिनेदेखि आठ सम्म सँगै पढ्यौँ । पढाइ राम्रो थियो । प्रेमले हाम्रो पढाइलाई कहिल्यै कमजोर बनाएन । तर जातले गर्दा प्रेम कमजोर बनाएको आभाष हुन्थ्यो मलाई । उनी पनि धेरै चाहन्थिन् म पनि उत्तिकै चाहन्थेँ । तर चाहेको जस्तो कहिल्यै हुँदो रहेनछ । हामी छुट्यौँ । छुट्दा मन बेस्सरी दुख्दो रहेछ । म काठमाडौं आएँ । काठमाडौं पनि उस्तै छुवाछूतको दलदल थियो । परिचय खुलाए कोठा पाउनै मुस्किल । फरक थर भनेँ कोठा त पाएँ । कतिखेर घरबेटीले निकालिदिने हो पत्तै नहुने । स्कुल पढ्दैदेखि गीत कविता लेख्थेँ । साहित्यमा केही गर्छु भन्ने त्यति बेलै देखि लाग्थ्यो । मलाई ढाँट्न आउँदैनथ्यो । ढाँटेको कुरा कतिन्जेल टिक्छ र । एक दिन घरबेटी बासँग कुरा गर्दागर्दै दमाई हुँ । दमाई शब्द फुत्न बाहिरियो । ढाँटेको कुरा टिक्दो रहेनछ मैले त्यसपछि थाहा पाएँ ।कोठाबाट निकालिएँ । मन झन दुख्यो । सोच्थेँ म मान्छे हैन रहेछु कि भन्ने भान हुन्थ्यो । मान्छेको उत्पतिमा कुनै जात पक्कै थिएन । जन्मँदा फरकफरक समुदाय थिएन । फरकफरक थर थिएन । एउटै थियो । मान्छेको उत्पति हुँदा दुई जना थिए होलान् । त्यहि दुई बाट जन्मेका हौँ । मान्छे थुप्रँदै गएपछि समुदाय बन्यो । गाउँ बन्यो । टोल बन्यो र देश बन्यो । बिस्तारै साम्राज्यवाद घुस्यो । राज्य दलालीको हातमा पर्याे त्यस पनि जात छुट्टाए । जात सँगै छुवाछुत गरियो । यसरी किन बुझ्दैन मान्छे ।

समाज परिवर्तको नारा लगाएर हिँडियो । छुवाछुतको विद्रोह गरेर हिँडियो । कथित यो समाजले मलाई मान्छे त स्विकार्याे तर आजसम्म मलाई मन्दिरको पुजारी हुन दिएन । मैले नै सिलाएको धजापतका मन्दिरको शिरमा चढायो तर मलाई मन्दिरको न ढोका छुन दियो न त थालिमा लगेको नैवेद चढाउन दियो । म मन्दिरबाट पनि अछुत भएको यौटा समाजको ऐना हुँ नत्र हेर्नू त मेरो अनुहार ? तपाईंले भेटाउनु हुनेछ भुँई मान्छेको कयौँ कथाहरू ।
लाग्छ समाजको हेपाह प्रवृत्ति देखेर केही गरुँ जस्तोे लाग्छ तर सपोर्ट गर्नेे कोही पाइन्नँ । म एउटा यस्तो समुदायको मान्छे हुँ जहाँ दलित बाटै छुवाछुत हुन्छ । कामीले ( दमाइले छोएको खाँदैन । यसरी किन जातको निर्माण गरियो ? आजसम्म चित्त बुझ्दो जवाफ संबिधानले पनि दिन सकेन । कहिले कही लाग्छ म कस्तो मान्छे भएर जन्म लिएछु । जन्म दिने बाआमालाई पनि के दोष दिनु । मान्छे जन्मने मर्ने त एउटा सत्य प्रकृया हो ।

जब गणतन्त्रको पहिलो सरकार माओवादी भयो । सरकारको सपथ लिनु अघि दलितको आवाज सडकको कुनै कन्टेनरमा हालिदिएछन् विचरा अनपढ दलितलाई के थाहा ? अहिले हाम्रै आवाजलाई कुल्चेर सरकार हिँड्छ । जनयुद्धमा दलितले धेरै ज्यान गुमाए । कति वेपत्ता भए कुनै अत्तोपत्तो छैन । बाँचेकाहरूले पनि न्याय पाएनन् । न्यायका लागि लडेका दलितले के पाए ?

 

हामीलाई विहानै देख्न साथ साइत पर्याे भन्छन् । ठूला जात भन्नेहरू । विवाह, ब्रतबन्ध लगायत अन्य काममा दमाईलाई अघि लगाइन्छ । हामी मख्ख परिदिन्छौँ । मख्ख पर्नु नबुझेर हो । बुझ्नेहरू दुखि हुन्छन् । यसो गर्नुमा पनि विभेद छ । कुनैपनि मान्छे अघि पछि लाग्नु साइत पर्नु हुँदैहैन । यो त एउटा भ्रम हो । भ्रम कोही नपरे हुन्छ । दमाई कामी सार्की जो(कोही पनि पढ्न पाउने अधिकार दिइएको थिएन । सफा भएर बस्न कस्लाई मन हुँदैन ? तर मन हुँदाहुँदै पनि ब्राह्मण समयुदायले बन्चित गराएको हो । उनीहरू दमाई कामी लगायतलाई त्यो समयमा पढेको देख्नै चाहँदैन थिएँ । सफा र चिटिक्क परेर हिँडेको देख्नै चाहँदैन थिएँ । मन हुँदाहुँदै पनि स्वतन्त्रबाट बन्चित थियो मेरो समुदाय । पन्चायत ढल्यो , बहुदल आयो त्यसपछि मात्रै अलअलि खुलेर बिद्रोह गर्न खोजे दलितहरूले पढ्न थाले साना बालकहरू । बुझ्न थाले इतिहासमा लेखिएका अक्षरहरू र त ५२ सालदेखि विद्रोह सुरु भयो । तर त्यो बिद्रोहले सरकार त ढल्यो तर अझैँ पनि हामी माथिको विभेद निर्मुल हुन सकेन । यो दुखद कुरा हो । राज्य सत्ता त ढलायौँ । संविधान बनायौैँ । सरकारमा माओवादीलाई राख्यौैँ तर छुवाछूत अझैँ निर्मुल हुन सकेन यो हामी सबैको विडम्बना हो ।

एकदिनको कुरा थियो म विद्यालयमा जाँदै थिएँ । गेट प्रवेश गरेँ । माओवादीको ठूलै प्रभाव थियो मलाई पनि । तर कक्षाकोठामा अर्कै माहोल थियो । संगठन बनाउन आएका माओवादीहरू थिए । राजाको फोटो च्यात्दै आए । मेरो छेउमा आएपछि च्यात्नैै दिइनँ । उनीहरूले भने भाइ दलित र छुवाछूतको उत्पादक यिनै हुन् । मैले प्रश्न गरेँ ! ईतिहास के हो ? इतिहास लेखिँदा राम्रो पक्ष मात्रै लेखिन्छ कि नराम्रो पक्ष पनि लेखिन्छ ? इतिहासको परिभाषा बताइदिनुस् । यदि मलाई चित्त बुझाउन सक्नु भयो भने तपाईंले च्यात्नै पर्दैन मै च्याति दिन्छु । उ छक्क पर्याे र मेरो किताबमा भएको राजाको फोटो र जीवनी लेखिएको पाना च्यात्ने आँट गरेन । संगठन विस्तार भयो । म पनि संगठनमा बस्न चाहेँ । साविक नाम भन्दा फरक नाम लेख्नु पर्ने रहेछ । सबैले फरकफरक नाम लेखेँ मैले पनि फरक तर अलि उट्पट्याङ नाम लेखाएँ ( वातावरण ) कोठामा गलल हाँसेँ । माओवादीका प्रतिनिधि पनि हाँसे र भने भाइ नाम भएन । मलाई रिस उठ्यो र रिस नसेलाउँदै प्रश्न गरेँ । तपाईंहरूको नाम चाहिँ गुराँस हुने, आगो हुने, हुलास हुने , पहरा हुने मेरो नाम चाहिँ किन न हुने ? यदि “वातावरण ” हुन्न भने “इन्भेस्टमेन्ट” लेखिदिनु यति भनेको के थिएँ झन हाँसोले कोठा नै थर्कियो । जति गर्दा पनि मैले मानिनँ लेख्न बाध्य बनाइ छाडेँ । यो मेरो जिद्दीपन थियो ।

अहिले बुझेर या नबुझेर हो दलितको विषयमा धेरै वहस हुने गरेको छ । सबै चर्चामा आउनकै लागि खरो उत्रेका छन् । कुनै समय प्रचण्ड र बाबुराम यानिकी माओवादीले प्रमुख एजेन्डा नै दलितको आवाज थियो । जताततै दलितलाई प्रयोग गर्दै आए । हामी माओवादीको साधन भयौँ । सत्तामा नपुन्जेल हामीलाई प्रयोग गरे । उपभोग गरे । जब सत्तामा पुगे तब हामीलाई फाल्तु जनावर जस्तै सडकको किनारमा छाडिदिए । अझैँ पनि हामीलाई साधनका रुपमा हेरिरहेका छन् । राजतन्त्र ढलेपछि छुवाछूतको अन्त्य हुन्छ भन्ने पुर्ण विश्वास थियो तर सोचेजस्तो भएन । माओवादी दलितको आवाज लिएर सरकारमा गयो । जब गणतन्त्रको पहिलो सरकार माओवादी भयो । सरकारको सपथ लिनु अघि दलितको आवाज सडकको कुनै कन्टेनरमा हालिदिएछन् विचरा अनपढ दलितलाई के थाहा ? अहिले हाम्रै आवाजलाई कुल्चेर सरकार हिँड्छ । जनयुद्धमा दलितले धेरै ज्यान गुमाए । कति वेपत्ता भए कुनै अत्तोपत्तो छैन । बाँचेकाहरूले पनि न्याय पाएनन् । न्यायका लागि लडेका दलितले के पाए ? ती दिनहरू सम्झिँदा मन भतभति पोल्छ । हामी कपडाका डिजाइनर हौँ त्यो सबैलाई थाहै भएका कुरा हुन् । द्वन्द्वकालमा माओवादीको कम्ब्याट सिलाउनु पथ्र्यो ।

एक दिनको कुरा हो जुनेली रात थियो । आकाशमा पूर्णीमाको जूनले नियाली रहेको थियो दलित बस्तीलाई पनि । त्यहि जूनले पुरै गाउँलाई पनि नियाली रहेको थियो । जून त एउटै थियो आकाश एउटै थियो तर जूनले दलित बस्तीलाई घटी ब्राह्मण बस्तिलाई बढी प्रकाश दिएन सबैलाई समान रुपमा नै प्रकाश दियो । बेलुकाको त्यस्तै ८ बजेको हुँदो हो चाडपर्वको दिन थियो । भान्छामा आमा भात र मासु पकाउँदै हुनुहुन्थ्यो । एक हुल माओवादी आए । सिमित परिवारलाई मात्रै भनेर पकाएको खाना सबैले बाँडिचुडी खायौँ । खाना खाइसकेपछि टोलभरिका कपडा सिलाउने जति सबैलाई मेसिन बोकाएर जङ्गल तर्फ लगेँ । बुबा दाइहरू घर नफर्कुन्जेल पिरैपरिमा बस्नु परेको थियो । आज पनि त्यो दिन सम्झँदा लाग्छ हामीले ब्यर्थै पसिना बगाएछौँ ।

मान्छे किन विद्रोही हुन्छ ? बिस्तारै बुझ्दैछु । जबसम्म दलित ( दलित बिचमा छुवाछुत हट्दैन र दलित ( दलित बिचमा एकता हुँदैन तबसम्म छुवाछूतको अन्त्य हुँदैन । मेरो ब्रह्मले यहि बुझ्यो । तपाईंहरूले पनि अब त बुझ्ने हो कि ! जसरी सरकारको गतिविधि मैले बुझेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank