बागलुङमा बाम गठबन्धनका खिम विक्रम शाहीको विजय भोजमा दलितमाथि विभेद

दलित अनलाईन १६ मंसिर २०७६, सोमबार २१:२९

काठमाडौँ – शनिबार ५२ पदका लागि भएको उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको एक, प्रदेशसभाका ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ का लागि भएको निर्वाचनको नतिजा आइसकेको हो । चुनाव जितेपछि जनतासामु पुगेर भोज–भतेर, विजय ¥याली र सभा गर्ने विजय उम्मेदवारहरुको होडबाजी सुरु भइसकेको छ । तर ढोरपाटन नगरपालिका वडा नम्बर ६ घैयाखेत हाडीखानी डल्लामा भने विजय ¥याली र सभा गरिसकेपछि भोज खाने बेलामा दलितमाथि जातीय विभेद भएको छ ।

कसरी भयो दलितमाथि विभेद ।
सोमबार ढोरपाटन नगरपालिका वडा नम्बर ६ घैयाखेत हाडीखानी डल्लामा बाम गठबन्धनका विजय उम्मेदवारको विजय ¥याली र सभा थियो । वडा ६ का अध्यक्ष जीवनकुमार पुन वडामा थिएन । पुन नेपाली कांग्रेसबाट वडा अध्यक्षमा जितेका हुन् । बाम गठबन्धका स्थानीय नेताहरु र कार्यकर्ताकाे साझेदारीमा विजय उत्सव मनाउने गरी स्थानीयहरुलाई आव्हान गरेका थिए । सोही आव्हानलाई स्थानीय क्लबहरुले सहयोग गर्ने गरी १ बजेबाट वडामै ¥याली निस्किएको थियो । वडा नम्बर ६ घैयाखेत हाडीखानी डल्लामा जनजाती र दलित समुदायको बस्ती छ । बाजागाजा सहित ¥याली सुरु भयो । ¥यालीमा विजय उम्मेदवार खिम विक्रम शाही र बाम गठबन्धनका नेताहरु  उपस्थिति थिएन । ¥याली र सभाको नेतृत्व स्थानीय बाम कार्यकताहरुले र जनजाती समुदायले गरेका थिए । ¥याली र सभा साढे चार  बजेसम्म सकियो । डल्लामा राखिएको भोज भतेर कार्यक्रममा जब सुरु भयो ,तब दलित समुदायमाथि धम्की दिदै उनीहरुले विभेदमा उत्रिए । खासीको मासु र चिउरासहित थालमा जनजातीहरुले खान सुरु गरे । यता दलितहरुलाई मासु हात र टपरीमा दिनथाले पछि दलित समुदायले प्रतिकार गरेका थिए । दलित समुदायको माग सामूहिक भोज खानुपर्ने थियो । र जनजातीहरुलाई थालमा खुवाउँदा आफुहरुलाई अलग्गै राखेर खुवाएको प्रति भोज बाहिस्कार गरेका हुन् ।
सम्पूर्ण छन्त्यालले दलित समुदायका व्यक्तिहरुलाई एकै ठाउँमा बसेर खाना खुवाए बुढापाकाहरुले भोज बहिष्कार गर्न भन्दै एउटै थाल समेत चलाउन नसकेको बताए । ‘हामीले एउटै ठाउँमा बसेर खुवाउन सकिनन्, उनीहरुलाई अलग्गै राखेर खुवाएका हुँ,’उनले भने,‘ सबैलाई समान हुँदैन । ’

प्रहरीमा जाहेरी दिने
स्थानीय दलित अधिकारकर्मी रणबहादुर विश्वकर्माले भोज खुवाउने बेलामा दलित युवाहरुलाई परिचालन गरौ भन्दा समेत सम्पूर्ण छन्त्यालको नेतृत्वबाट इन्कार गरी खसीको मासु हातमा दिएपछि आफुहरुले बहिष्कार गरेको बताए । ‘हामीले पटक पटक भन्यौं, तर हामीलाई सार्वजनिक रुपमै विभेद गरेपछि हामीले विवाद गरेका हौं ।’
विश्वकर्माका अनुसार यस अघि बाटो निर्माण सम्पन्न भएपछि गरिएको कार्यक्रममा पनि जनजातीहरुले आफुहरुलाई विभेद गरेको र आगामी दिनहरुमा विभेद नगर्ने प्रतिवद्धता जनाएका थिए । सभा र ¥यालीको समयमा सँगै नाचगान गरेका व्यक्ति विमल छन्त्याल ,निम्मबहादुर छन्त्याल र उमेश भण्डारीले ज्यान मार्ने गरी धम्की दिएको रणबहादुर विश्वकर्माले बताए । ‘हामीले किन यस्तो विभेद भन्दा, दलित भएर धेरै बोल्छस् भन्दै धम्की दिए । ’
विश्वकर्माको अनुसार मंगलबार जातीय विभेद सम्बन्धी प्रहरीमा जाहेरी दर्ता गर्ने बताइएको छ ।

विजय उम्मेदवार विना नै हुन्छ भोजभतेर
मंसिर १४ गते भएको उपनिर्वाचनमा, बागलुङ क्षेत्र नं. २, प्रदेश (ख) बाट राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संयुक्त गठबन्धनका तर्फबाट साझा बाम उम्मेदवारका खिम विक्रम शाही विजय भएका छन् । सोमबार बागलुङ निर्वाचन कार्यालयबाट प्रमाण पत्र बुझेपछि उम्मेदार सहित बागलुङमा विजय जुलुस निकालिएको थियो । बाम गठबन्धनको मंगलबार ढोरपाटनमा विजय विशाल जनसभा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank