सामाजिक अभियन्ता कमला श्रेष्ठको लोक दोहोरी ‘सेतै कपास’को चर्चा

दलित अनलाईन ५ मंसिर २०७६, बिहीबार १८:१४

काठमाडौँ – स्वदेश होस् या विदेश । नेपाल र नेपालीहरु प्रतिको माया र सद्भाव, प्रत्येक नेपालीहरुले झल्काउँछन् नै । आफुहरु जुनसुकै ठाउँमा रहे पनि नेपाली संस्कृति र लोक भाकाहरुको विस्तारै अन्र्तराष्ट्रिय बजारमा देखापर्ने मात्रै होइन कि ,नेपाल र नेपाली चिनारी बोकेका गीत संगीतहरु र चलचित्रहरुले समेत राम्रो बजार पाउन थालेका छन् । पछिल्लो समय नेपाली लोक भाकाले सजिएका लोक दोहोरीहरुले बजार निकै तताएको छ ।
नेपाली गीत संगीतमा आफ्नो फरक प्रस्तुतीका साथ छुट्टै पहिचान बनाउन सफल भएकी गायिका कमला श्रेष्ठले स्कटल्याण्डबाट आफ्नो पहिलो प्रस्तुती लोक दोहोरी गीत ‘सेतै कपास’ लिएर दर्शक स्रोताको मन जित्न सफल भएकी छिन् ।


नेपाली समाजको लोक कलालाई झल्काउने लोक दोहोरी गीत ‘सेतै कपास’मा लोक गायिका कमला श्रेष्ठ र गायक सुजन तिगेला लिम्बुको स्वर रहेको छ । गीतमा शब्द र संगीत एक नारायण भण्डारीको रहेको छ भने संगीत संयोजन कृष्ण वि.कले गरेका हुन् । कमला र सुजनको संयुक्त स्वरमा रहेको गीतको भिडियो पाँच दिनमा युट्युवमा २९ हजारले हेरिएको छ भने फेसबुकमा १ लाख १० हजार ८ सय ११ भियोर्स भएको छ । भिडियोमा गायिका श्रेष्ठ र गायक लिम्बुको स्वयंम् मुख्य अभिनय रहेको छ । भिडियोमा अन्य थुप्रै कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशनमा रहेको उक्त भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन भने सम्पादन विष्णु शर्माले गरेका हुन् ।


स्कटल्याण्डमा रहे पनि नेपाली परिवेशलाई सुहाउँदो प्रस्तुतीहरु एकपछि अर्को गर्दै पस्कने गायिका कमलाले बताइन् । नेपाल स्पोर्टस क्लव, स्कटल्याण्ड, नेपाल स्कटल्याण्ड एसोशिएसनमा आवद्ध भएर स्कटल्याण्डमा नेपाली कला र संस्कृतिको प्रवद्र्धन गरिरहेकी गायिका कमला श्रेष्ठ अन्य विभिन्न च्यारिटी संस्थाहरुमा पनि संलग्न भएर बेलायत तथा नेपालका विभिन्न भागहरुका असहायहरुको सहयोगार्थ विभिन्न च्यारिटी कार्यक्रममा सहभागी भइ रहन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank