प्रदेश २ का प्रमुख तिलक परियारले भने‘ मेरो प्रदेश दलितमैत्री भएर काम गर्छ ’

दलित अनलाईन ४ मंसिर २०७६, बुधबार २२:२१

काठमाडौं– प्रदेश सरकारले दलितका पक्षमा बनाएका कानुनहरुलाई कार्यान्वयनमा लैजान आफुले पूर्ण रुपमा सहयोग गर्ने प्रदेश दुईका प्रमुख तिलक परियारले बताएका छन् ।
नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले राजधानीमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्दै प्रदेश २ का प्रमुख तिलक परियारले दलितका पक्षमा लेखिएका कानुनहरुको पूर्ण रुपमा लागू गराउने बताएका हुन् ।
प्रदेश २ का प्रमुख तिलक परियारले २ नम्बर प्रदेश अन्य प्रदेशभन्दा दलितका पक्षमा ऐन कानुनहरु निर्माण गरेर अगाडि बढेको भन्दै प्रदेश सरकारलाई बनाएका कानुनहरु लागू गर्न पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘प्रदेश सरकारले दलितका पक्षमा राम्रा कानुनहरु बनाएको छ, त्यो लागू गर्न मेरो सहयोग रहन्छ ,’उनले भने‘ अन्य प्रदेश सरकार भन्दा दुई नम्बर प्रदेशले दलित समुदायको पक्षमा नै काम गर्छ । ’सांसद लक्ष्मी परियारले दलितका पक्षमा बनेका ऐन कानुनहरु लागू नुहँदा दलित समुदायमाथि झनै विभेदका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको बताइन् । कानुन बनाउँदा उदार हुने ,कार्यान्वयन गराउन कठिनाइ हुने प्रवृतिले दलितका पक्षमा लेखिएका कानुनहरु लागू हुन नसक्ने उनको तर्क थियो ।


दलित समुदायमाथि जातीय छूवाछूतका घटनाहरु बढ्दै गर्दा समेत सांसदहरु एकजुट भएर संसद अवरोध गर्न नसकिएको बताउँदै सांसद आशा विकले दलित समुदायको पक्षमा २६ जना सांसद नै एकजुट भएर लाग्नुपर्ने बताइन् ।
सांसद चक्र स्नेही, खिम विश्वकर्माले दलित समुदायको हक अधिकार स्थापित गराउन दलितका पक्षमा लेखिएका ऐन कानुनहरु लागू गराउन दलित सांसदहरु पार्टीभन्दा माथि उठेर आवाज उठाउनुपर्ने टिप्पणी गरे ।


सभासद एंवम राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष विनोद पहाडीले दलित समुदायका पक्षमा बनेका ऐन कानुनहरु खोसिदै गएका बेला समेत सडक, सदनमा एकजुट भएर आवाज उठाउन नसकेको दाबी गरे । दलित समुदायमाथि श्रृखंलाबद्ध घटना घटिरहेका बेला समेत संसद र सडकमा एकसाथ आन्दोलन गर्न नसक्नु दलित आन्दोलनको कमजोरी भएको पहाडीको विश्लेषण छ । मनविरे र सेतो दमाईलाई सडकबाटै न्याय दिलाउन सफल भएको भन्दै पहाडीले अजित मिजारको शव अस्पतालमै रहँदा समेत सडक र सदनमा एकसाथ संघर्ष गर्न नसकिएको दावी गरे ।

संसदभित्रको सांसदहरुको समय, उठाउनुपर्ने प्रश्न र प्रस्तावहरु कसरी दर्ता संसोधन गर्ने तथा उनीहरुको निर्वाचन क्षेत्रको उचित र प्रभावकारी प्रतिनिधित्व कसरी गर्ने भन्ने विषयमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु डा. वुद्धि नेपालीले प्रशिक्षित गरे ।
प्रतिष्ठानका अध्यक्ष रणेन्द्र वराली, महासचिव सरोजदिलुले दलित समुदायको पक्षमा लेखिएका हक अधिकारलाई सुनिश्चित गर्न बनेका कानुनहरुको कार्यान्वयन गराउन दलित सांसदहरु एकढिक्का भएर सदनमा उभिनुपर्ने बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank