विदेशबाट फर्किएर मुसहर वस्तीमा नि:शुल्क शिक्षा

पचुलाल माझी २८ कार्तिक २०७६, बिहीबार २०:५५

धनुषा–विदेशबाट आई चारै तिर घुम्ने, राम्रो लुगा लगाउने, खाने, ऐश्वर्य जीवन जिउने प्राय जसोको सोच हुन्छ । तर धनुषा जिल्ला लक्ष्मिनियाँ गाउँपालिका वडा नं २ सिनुरजोडा निवासी श्रीदेव सदाले विदेशबाट फर्किए लगत्तै आफनो टोलमा १३० जना मुसहर, यादव, मण्डल, साह लगायत अन्य जातिको बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने काम शुरु गरेका छन् । उनले आफनै घरको अगाडी रहेको खाली ठाउँमा साँझको २ घण्टा पढाउने काम सुरु गरेका हुन् ।
श्रीदेव सदा अरुले जस्तो निःशुल्क शिक्षा दिने नाममा भजाउने र कमाउने उद्देश्यमा छैनन् । उलने आफु विदेशमा जदाँ अनपढ नेपालीले भोग्नुपरेको दुःख पिडा विदेशमा गएर कसैले भोग्नु नपरोस् भन्ने उद्देश्यको साथ निःशुल्क शिक्षा दिएको बताउँछन् । विदेशमा अनपढ व्यतिmहरुले अपमान, हेला खेप्नुको साथै कडा गर्मीमा भोकै प्यास कमाएको पैसा घर पठाउने वेलामा केही नजानेकोले पढेलेखेका व्यतिmलाई पैसाको साथै नास्ता खुवाउने, रिचार्ज कार्ड दिनुपर्ने बाध्यता परिस्थिति झेल्नुपरेका समस्यालाई देखेर आफुले शिक्षामा जोड दिएको सदाको दावी छ । ‘मेरो कुनै स्वार्थ छैन, म मेरो समुदायलाई शिक्षित बनाउन चाहन्छु ,उनले भने,‘ शिक्षित बनाउनु नै आँखाको ज्योति खोल्नु हो । ’

विदेशमा काम गर्ने मुसहर युवाहरुले कमाएको पैसाबाट इच्छा अनुसार जम्मा गरी नेपालमा स्थापना गरेको “जय श्री शवरी माता मुसहर एकता युवा सेवा समाज नेपाल” नामक संस्था मार्फत पहिला पनि अप्ठयारोमा परेकाहरुलाई आर्थिक सहयोग गर्नुको साथै बालबालिकाहरुलाई शैक्षिक सामग्री, विद्यालय पोशाक समेत वितरण गरेको सदा बताउँछन् । विदेशमा बसेको वेला नै आफनो गाउँ समाजमा रहेको व्यतिmहरुले त्यस्तो बाध्यता परिस्थिति झेल्नु नपरोस् भनी बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने सोच बनाएको सदाको दाबी छ ।
सदा त्यही दुखी आत्महरुलाई केही मलमलमपटी लगाउने उद्देश्ले नै आफुले मुसहर बस्तीमा शिक्षाको ज्योति बाड्ने गरी निशुल्क शिक्षा दिने स्कुल शुरु गरेको छन् । विदेशबाट फर्किए लगत्तै निःशुल्क ट्युशन शुरु गरेको र यसलाई निरन्तरता दिदै गएका छन् । मुसहरले निःशुल्क शिक्षा लिने मात्र हैन कि आफनो लगायत अरु जातिको बालबालिकाहरुलाई पनि आ–आफनो टोलमा निःशुल्क शिक्षा दिने परिपाटीको विकास गर्नको लागी अनुरोध पनि सदाले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank