बागलुङ–२ (ख)बाट समाजवादी पार्टीका उम्मेदार अशोककुमार विश्वकर्मा को हुन् ?

दलित अनलाईन २१ कार्तिक २०७६, बिहीबार २१:२७

काठमाडौं– मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको लागि बिहीबार दल र स्वतन्त्र उम्मेदवार गरी जम्मा ६७ जना आकांक्षीले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले मनोनयन दर्ताका लागि बिहीबार बिहान १० बजेदेखि १ बजे अपरान्हसम्मको समय तोकेको थियो । सो अवधिमा प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नम्बर २, प्रदेश अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’, दाङ क्षेत्र नम्बर ३ ‘ख’ र भक्तपुर क्षेत्र नम्बर १ ‘क’ मा दल र स्वतन्त्र उम्मेदवार गरी ६७ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ ।
समावेशी तथा समानुपातिक सिद्धान्तलाई आत्मसाथ गरेको आलम जप्ने राजनीतिक दलहरुले उपनिर्वाचनमा भने समावेशीको सिद्धान्तलाई बाइपास गरेका छन् । विभिन्न दल र स्वतन्त्र उम्मेदवार सहित ६७ जनाले उपनिर्वाचनमा मनोनयन दर्ता गर्दा एक जना मात्र दलित उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
ठूला पार्टी भनिएका दलहरुबाट एक जना पनि दलित उम्मेदवारलाई टिकट दिन सकेनन् । समाजवादी पार्टीले बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपचुनावमा अशोककुमार विकले उम्मेदवार दर्ता गरेका छन् । समाजवादी पार्टीले बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्यमा उम्मेदारी दर्ता गरेको हो । तीनवटा प्रदेशसभा निर्वाचनका लागि ४५ जनाले उम्मेदवारी दर्ता गर्दा एक जना दलित समुदायका व्यक्ति अशोककुमार विश्वकर्मा समाजवादी पार्टीबाट निर्वाचनमा भाग लिएका छन् । जसमध्ये १४ जना स्वतन्त्र हुन् । तीमध्ये भक्तपुरमा सबैभन्दा बढी १० छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी, राप्रपा र साझा पार्टीबाट गरेर जम्मा ११ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । बाग्लुङ–२ ‘ख’को प्रदेशसभा निर्वाचनका लागि मात्रै ८ दलीय र २ स्वतन्त्र गरी १० जनाले मनोनयन दर्ता गराएका छन् । उक्त क्षेत्रमा सत्तारुढ नेकपाकै शेरमान घर्तीले वागी उम्मेदवारी दिएका छन् भने । अशोककुमार विश्वकर्मासँग यसैगरी बागलुङ निर्वाचन क्षेत्र नं. २ को (२) मा रिक्त प्रदेश सभा सदस्य पदमा रा.प्र.पा. (संयुक्त) का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार बि.क., राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारी (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, नेपाली काँग्रेसका जितबहादुर शेरचन, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले, शेरमान घर्तिमगर (स्वतन्त्र) र मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगर गरी जम्मा १० जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । यसमा कस्ले मार्ला बाजी ? चुनावी नतिजाले देखाउने नै छ ।

अशोककुमार विक को हुन ?
अशोक कुमार विश्वकर्मा ढोरपाटन नगरपालिका–१ निवासी दलित अगुवा नेता तथा समाजवादी पार्टी गण्डकी प्रदेशका सदस्य हुन् । समाजवादी पाटीमा प्रवेश गर्नुअघि उनी नेपाली काङ्ग्रेसमा आबद्ध थिए । गएको स्थानीय तह चुनावमा काँग्रेसकोतर्फबाट नगरपालिका–१ को वडाध्यक्षमा उम्मेदवार दिएका विकले वडाध्यक्षमा हारेका थिए ।
बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपचुनावमा उम्मेदारी दर्ता गरेका विश्वकर्मा समाजवादी पार्टीमा प्रवेश गरेको डेढ वर्ष मात्र भयो । दलित समुदायको बाहुल्यता रेहको क्षेत्र पनि हो, बागलुङ–२ (ख) । दलित समुदायबाटै उमेदवार पाएपछि, दलित समुदायले मतदान गर्ने वातावरण बनेको समाजवादी पार्टीले ठहर गरेको छ । दलित समुदायको हक हितका कुरा रहँदै गर्दा पूर्ण समानुपतिक, समावेशीता र शुसासनका सवालमा जिम्मेवार ढंगले आफ्नो पाटले पार्टीले कुरा उठाउँदै आएकोले सोही अनुसार आफ्नो उम्मेदारी रहेको विश्वकर्माले बताउँछन् । उम्मेदार विश्वकर्माले यस अघिपनि दलित समुदायको हकहितको लागि सक्रियताका साथ आवाज उठाउदै आएका छन् । सबैखाले विभेदको अन्त्य र समतामूलक समाज निर्माणको उद्देश्य पूरा गर्न आफू उम्मेदवार बनेको विकको भनाइ छ । गाउँमै बसेर जनताको दुःख, सुखमा सघाएकाले चुनाव जित्ने विश्वकर्माको आत्मविश्वस छ ।
“राजनीतिक, सामाजिक अभियानमा मेरो भूमिका छ, पछाडी पारिएका उत्पीडित वर्ग, समुदायको हितमा पनि मैले काम गरेको छु”, विकले भने, “म युवा पनि भएकाले जनताको साथ पाउनेमा ढुक्क छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank