मानिस चेतनशील भएकै कारणले उ अरु प्राणी भन्दा सर्वश्रेष्ठ प्राणी हो । त्यहि चेतनाका माध्यमबाट मानवले तुलनात्मक रुपमा सोचविचार गर्न सक्छ । सत्यतथ्य, न्यायअन्याय, हित्कारी र अहित्कारी लगाएत विभिन्न विषयमा आलोचनात्मक रुपमा आफ्नो विचार निमार्ण गर्न सक्दछ । मानिसको प्रमुख विशेषता भनेकै उसले आफ्नो र पुर्खाले आजेको ज्ञानलाई संग्रह र हस्तान्तरण गर्न सक्छ । जसलाई स्तुति र लिपिबध रुपमा संग्रह गरी आफ्नो आर्जित ज्ञानलाई पुस्तान्तर गर्न सक्दछ । त्यहि ज्ञानको माध्यमबाट उसले आफुलाई अरु भन्दा सर्बश्रेष्ठको प्राणीका रुपमा स्थापित गरेको छ । ज्ञान तथा चेतना निमार्णको लागि कहिँ न कहिँ आफ्ना पुर्खाले संग्रह गरेका ज्ञानलाई सहज तरिकाले ग्रहण गर्न पाउनुपर्दछ । दक्षिण एसियामा ज्ञान निमार्णको प्रकृयालाई ऐतिहासिक रुपमा हेर्दा प्रत्यक्ष अप्रत्यक्षरुपमा हिन्दु धर्म र त्यस बाट निमित्त सामाजिक संरचनाले महत्वपूर्ण भुमिका खेलेको पाइन्छ । त्यहि हिन्दु सामाजिक सँरचनाले ज्ञान र चेतना निमार्णको क्रममा कसैलाई काखा, कसैलाई पाखा गरेको थियो र अझै त्यसको प्रभाव समाजमा रहेको छ । ज्ञान निर्माणको क्रममा जो काखा परेका समुदायहरु थिए र छन् । उनीहरु ज्ञान र चेतनाको स्तरबाट धेरै माथि हुन पुगे फलस्वरुप उनीहरुको राज्यका स्रोतसाधन तथा नीति निर्माण गर्न सक्ने तह सम्मको अवसर प्राप्त गरे साथै आफ्नो पहुँच स्थापित गराए । तर पाखा परेका र पारिएका समुदाय, वर्ग, लिङ्गहरु भने राज्य , त्यसका अङ्ग र सामाजिक स्तरबाटै शोषण तथा उत्पीडनको सिकार भई सामाजिक, आर्थिक, राजनैतिक लगायतका संरचनाको पीँधको दलनको चपेटमा च्यापिन पुगे । जसले गर्दा उत्पीडनमा परेका समुदायका जीवनयापन निकै नै दयनीय, कष्टकर र संघर्षपूर्ण हुन पुग्यो ।
अझै पनि नेपालमा ज्ञान निर्माणको क्षेत्रमा दलित दृष्टिकोण बाट हेर्दा यस समुदाय केन्द्रित प्राज्ञिक कार्य निकै नै निराशावादी देखिन्छ ।
इतिहास दखि वर्तमान समयसम्म पनि दलितलाई अझै पनि ज्ञान आर्जनका निम्ति त्यति सहज परिस्थिति छैन । मनुस्मृतिमा नै प्रष्ट रुपमा जातिय रुपमा शिक्षा आर्जन गर्ने बारे उल्लेख गरेको छ । जसमा कुन जातिले के गर्न हुने के गर्न नहुने बारे उल्लेख गरेको छ । जहाँ दलितको लागि पढ्न, लेख्न साथै ज्ञान निमार्ण कार्यमा लागेको मात्र थाहा पाए पनि भौतिक सजायको कानुनी व्यवस्था थियो । जसले गर्दा दलित समुदायले शास्त्र सुनेकै ,पढेकै भरमा मुत्युदण्द र अङ्गभङ्ग हुनुपथ्र्यो । त्यहि मनुस्मृतिलाई आधार मानी निमार्ण भएको जयस्थिति मल्लको कानुन होस् वा आधुनिक युगको जङ्गबहादुर राणाको मुलुकी ऐन किन नहोस् । यी सबैले कहि न कहि दलितको ज्ञान निर्माण कार्यमा अबरोधका काँडेबार सृजना गरेका थिए-अझै छन् ।
प्राज्ञिक कार्य माध्यमबाट निमित्त ज्ञान, मानव विकास र सामाजिक न्यायका निम्ति अपरिहार्य रहेको छ । समय कालखण्डले ज्ञान आर्जन गर्न सिकाउने स्रोतहरु फरक फरक र विकसित हुदै गएका छन् । हिजो गुरुकुल , गुम्बा र मदरसाको आधुनिक स्वरुप नै आजको स्कुलहरुलाई लिन सकिन्छ । वर्तमान समयमा स्कुलले कुनै न कुनै माध्यमबाट विश्वमा भएका ज्ञानलाई बालबालिका सम्म पु¥याउने गर्दछ । आज कलिला बालबालिकाले कस्तो ज्ञान प्राप्त गरे त्यो ज्ञानले कहि न कहि मानिसको जीवनमा प्रत्यक्ष अप्रत्यक्ष भुमिका खेल्ने गर्छ । ती ज्ञानलाई सैद्धान्तिकरण र समाजलाई तुलनात्मक अध्ययन गर्न , मानिसको चेतनास्तरलाई विकसित गराउन समाजमा प्राज्ञिक कार्य हुन जरुरी रहेको छ ।
अझै पनि नेपालमा ज्ञान निर्माणको क्षेत्रमा दलित दृष्टिकोण बाट हेर्दा यस समुदाय केन्द्रित प्राज्ञिक कार्य निकै नै निराशावादी देखिन्छ । नेपालको जनगरणा २०६८ अनुसार नेपालको साक्षर दर ६५.७४ प्रतिशत रहेको छ । दलितको साक्षर दर ५२.४८ प्रतिशत जसमा पहाडी दलितको ६१.९३ प्रतिशत र मधेशी दलितको ३४.५० प्रतिशत रहेको छ । यस तथ्यांकबाट पनि अझै दलितहरु त्यसमा पनि मधेशी दलितहरुको ज्ञान निमार्णको अवस्था निकै नै कमजोर देखिन्छ । मानिसहरुमा ज्ञान तथा चेतनाको स्तर कस्तो छ । त्यस अवस्थाले सामाजिक न्यायको आन्दोलनमा महत्वपूर्ण भुमिका खेल्ने गर्दछ ।
नेपाली समाजमा दलित बारे प्राप्त प्राज्ञिक कार्य हुनसकिरहेको छैन । भएकाहरु पनि सैद्धान्तिक भन्दा पनि भावनामा केन्दित भएर लेखिएको पाइन्छ । अधिकांसका विषयवस्तु एउटै विषय वस्तुको वरिपरि केन्द्रित भएको पाइन्छ । त्यस्ता कार्य हिजोका दिन सम्म ठिक थिए होला तर आज हामीले सामाजिक न्यायका निम्ति तर्क संगत रुपमा सैद्धान्तिक दृष्टिकोण बाट लेखिन जरुरत छ ।
विश्वको राजनैतिक आन्दोलनलाई हेर्दा प्राय आन्दोलनको नेतृत्व त्यतिबेलाका शिक्षित समुहले गरेको पाइन्छ । तर नेपालमा अझै पनि जातियतालाई आधार मानी चरम विभेद, छुवाछुत जस्तो अपराधिक कार्य हुने गरेको पाइन्छ । यस्तो अवस्थामा पनि दलित समुदाय मौन बस्ने गरेको पाइन्छ । यद्यपी पछिल्लो समय त्यस्ता घटनाहरु बाहिर आउन थालेका छन् । विगतमा शिक्षित तथा चेतनशिल समुदायले दलित वर्गको लागि यो पुर्व जन्मको कर्म भनि एक प्रकारको मानसिक धारण निर्माण गरिदिए । जसले गर्दा दलित समुदाय जति उत्पीडनमा परे पनि पुर्व जन्मको कर्म भनेर आफ्नो भाग्यलाई धिकारेर सम्पुर्ण अन्याय अत्याचार, विभेद सहेर बस्न बाध्य भए । तर समय विस्तारै परिवर्तन हुँदै छ । दलितहरु पनि विस्तारै शिक्षित हुन थाले, तार्किक रपमा ज्ञानको खोजी गर्न थाले । जसले गर्दा उनीहरुमा क्रमश चेतनाको विकास हुँदै सत्य र असत्य, न्याय र अन्यायबिचको फरक छुट्याउन सक्ने भए । जसले गर्दा आज दलित सामाजिक न्यायका निम्ति आवाज उठाउन र दलित बारे बनाइएका मिथका विरुद्ध प्रश्न गर्न थालेका छन् । आज ती प्रश्नले मनुस्मृति , जयस्थिति मल्ल र जङ्ग बहादुर राणाले हिन्दु धर्म अनुसार निर्मित सामाजिक, सांस्कृतिक संरचनाहरु भत्किन थालेका छन् ।
डा. भिमराव अम्बेडकरले सम्पुर्ण उत्पीडनमा परेका समुदाय त्यसमा पनि दलितहरुलाई विशेष आब्हान गर्दै भनेका थिए “शिक्षित बनौ, सङगठित हौ र सङघर्ष गराैँ” । शिक्षा मानव जीवनको महत्वपूर्ण पक्ष हो । मानिसको आचरण र व्यवहार निर्माणमा यसको गहन जिम्मेवारी रहेको हुन्छ । यसले मानिसको सर्वतोमुखी विकास गर्दछ । मानिसलाई समाजको उन्नति र प्रगतिको शिखरमा पु¥याउने जिम्मेवारी र दायित्व पुरा गराउने सबल र सक्षम तुल्याउने कार्य शिक्षाले नै गरेको हुन्छ । शिक्षा विना यो कुराको कल्पनासम्म पनि गर्न सकिँदैन ।
हिजो हिन्दु सँरचनाले निर्मित जातिय छुवाछुत र विभेद सृजना गर्ने भनाईहरु, ज्ञानहरु भत्किन जरुरी छ त्यसका लागि तर्क संगत रुपमा दलित तथा उत्पिडित समुदाय केन्द्रित प्राज्ञिक कार्य हुन जरुरी छ ।
अझै पनि जातिय छुवाछुतका दृष्टिकोण बाट नेपाल , भारत लगायत दक्षिण एसिया मुक्त हुन सकिरहेको छैन । कुनै न कुनै स्वरुपमा समाजमा जातिय विभेदको स्वरुप रहेको पाइन्छ । दलित तथा उत्पीडनमा परेका समुदायका निम्ति महत्वपूर्ण विषय भनेको प्रश्न गर्न सक्नु हो । प्रश्न गर्दा हामी त्यस विषय बारे कतिको ज्ञान राख्छौ भन्ने कुराले विशेष अर्थ राख्ने गर्दछ ।
अझै पनि नेपाली समाजमा दलित बारे प्राप्त प्राज्ञिक कार्य हुनसकिरहेको छैन । भएकाहरु पनि सैद्धान्तिक भन्दा पनि भावनामा केन्दित भएर लेखिएको पाइन्छ । अधिकांसका विषयवस्तु एउटै विषय वस्तुको वरिपरि केन्द्रित भएको पाइन्छ । त्यस्ता कार्य हिजोका दिन सम्म ठिक थिए होला तर आज हामीले सामाजिक न्यायका निम्ति तर्क संगत रुपमा सैद्धान्तिक दृष्टिकोण बाट लेखिन जरुरत छ ।
हिजोका दिनमा दलित मुक्तिका निम्ति राजनैतिक आन्दोलन मात्र थिए होला तर आज राजनैतिक आन्दोलन संगसंगै प्राज्ञिक आन्दोलन हुनु जरुरी रहेको छ । राजनीतिले समग्र पक्षका लाई समावेश गरी रुपान्तरणका निम्ति महत्वपुर्ण भुमिका खेल्ने गर्दछ अझ त्यसमा प्राज्ञिकता लाई जोड्न सकिएको खण्डमा प्राप्त उपलब्धि लाई डकुमेन्टेसन गर्न सजिलो हुन्छ । साथै विश्वमा भएका र रहेका विभिन्न विषयलाई नेपाली कन्टेसमा जोडेर अध्ययन अनुसन्धान गर्न सहज हुन्छ । अबको सामाजिक आन्दोलनका निम्ति प्राज्ञिक कार्यको महत्वपुर्ण भुमिका हुन सक्दछ । हिजो हिन्दु सँरचनाले निर्मित जातिय छुवाछुत र विभेद सृजना गर्ने भनाईहरु, ज्ञानहरु भत्किन जरुरी छ त्यसका लागि तर्क संगत रुपमा दलित तथा उत्पिडित समुदाय केन्द्रित प्राज्ञिक कार्य हुन जरुरी छ । विगतका दलितले भोगेका विभेद, अन्याय अत्याचार, जीवनयापनका निम्ति गरेका संघर्ष, उनीहरुको आफ्नो ज्ञान, पेशा बारे लेखिन जरुरी छ र जसले गर्दा आफ्ना पुर्खाले गरेको दमनबाट बहिलेका पीडकका सन्तानका मानवीय चेतनाको विकास र पिडित समुदायमा आफ्नो हक अधिकार बारे तर्क सङ्गत रुपमा आवाज उठाउन सकुन । तसर्थ अबका दिनमा राजनैतिक आन्दोलन संगसंगै प्राज्ञिक आन्दोलन हुनु जरुरी छ ।
Leave a Reply