शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा १९ जना पक्राउ

दलित अनलाईन ४ श्रावण २०७६, शनिबार २३:०८

नेता तथा कार्यकर्ता पक्राउको विरोधमा  राजधानीमा  प्रदर्शन

काठमाडौं– लोक सेवा आयोगको विज्ञापन खारेजीसँगै आरक्षित कोटा सुनिश्चित हुनुपर्ने माग राखेर सुरु भएको आन्दोलन देशव्यापी हुँदै गएको छ । चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेर आन्दोलन चर्काउँदै लगे पनि सरकार र लोक सेवा आयोगले आफ्नो ढंगबाट आन्दोलनलाई बेवास्ता गर्दै गएपछि आन्दोलन विस्तारै देशव्यापी रुपमा उठ्न थालेको हो ।
संघियता र समानुपातिक समावेशी सिद्धान्तको मर्म विपरीत लोक सेवा आयोगले जेठ १५ गते ९ हजार १ सय ६१ स्थानीय तहका कर्मचारीहरुको लागि विज्ञापन जारी गरेको थियो । उक्त विज्ञापनको आधारमा लोक सेवा आयोगले साउन ४ गते (आज शनिबार)बाट परिक्षा सुरु गरेको छ ।
आन्दोलनरत आरक्षण बचाऔं आन्दोलनले सधैजस्तो आन्दोलनको कार्यक्रम अन्तर्गत परिक्षा विथोल्ने रणनीति अपनाए पनि परिक्षा विथोल्ने कार्यक्रममा अवरोध गर्न सकेनन् ।
आन्दोलनरत आरक्षण बचाऔं आन्दोलनले लोक सेवा आयोगबाट संचालन हुने परिक्षालाई लक्षित गर्दै प्रदेश १ मा बन्दको आह्वान गरे पनि बन्दको खास प्रभाव पर्न सकेन् । खोटाङ्गको सदरमुकामस्थित दिक्तेल बहुमुखी क्याम्पसमा रहेको परीक्षा केन्द्रमा परीक्षा सुरु हुनै लाग्दा ‘आरक्षण बचाऊ आन्दोलन’का युवाहरु प्रवेश गरेर केही थान प्रश्नपत्रहरु च्यात्न खोजेका थिए । प्रश्नपत्र च्यात्ने प्रयास गरेको आरोपमा ४ युवाहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

संविधानले व्यवस्था गरेको समावेशी तथा समानुपातिक सिद्धान्तलाई लोकसेवा आयोगले कटौती गरेको भन्दै आन्दोलनमा उत्रिएको आरक्षण बचाऔं आन्दोलनले देशका विभिन्न ठाउँमा आफ्ना नेता तथा कार्यकर्ता पक्राउकाे विरोधमा  राजधानीमा  विरोध प्रदर्शन गरेकाे छ । उनीहरुले राजधानीको भृकुटीमण्डपदेखि सुरू गरेका ¥याली पुतलीसडक ,बागबजार,शहीदगेट, असन हुँदै न्यूरोडको जुद्द सालिक पुगेर कोणसभा गरी सकिएको थियो । कोणसभामा बोल्दै आरक्षण बचाऔं आन्दोलनको तर्फबाट सन्जु सिंह विश्वकर्माले सरकारले प्रतिगमनतर्फ उन्मुख भएको भन्दै लोक सेवा विज्ञापन तत्काल नसच्चाए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

बन्दको अवज्ञा गरेको भन्दै झापामा बसमा तोडफोड गरे । पूर्वपश्चिम राजमार्ग अन्र्तगत विर्तामोड नगरपालिका १० स्थित बुट्टाबारी नजिकै बिहान पश्चिमबाट पूर्वतर्पm जाँदै गरेको मे १ ख २७९५ नम्बरको बसलाई ३ वटा मोटरसाइकलमा मास्क लगाएर आएका बन्दकर्ताहरुले तोडफोड गरेका थिए ।
प्रदेश नं. १ मा आह्वान गरिएको बन्दका क्रममा इटहरीबाट १५ जना पक्राउ परेका छन् । बन्द गराउँदै हिडेकालाई आरक्षण बचाऔं आन्दोलनका प्रतिनिधिलाईं प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जनजाति महासंघका सुनसरी जिल्ला अध्यक्ष रामकुमार राईंसहित १५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका १५ जनालाई तीन ३ घण्टा पछि छाडिएको थियो ।
आरक्षण बचाऔं आन्दोलनको तर्फबाट आदिवासी जनजाति महासंघ इटहरीले लोकसेवाको विज्ञानका विरुद्दमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । बाढी पीडितको अवस्था बुझन इटहरी आएका बेला सभापति देउवालाईं उनीहरुले ज्ञापनपत्र बुझाएका थिए ।

लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरी परीक्षा लिएको विरोधमा शनिबार सिरहाको लहानमा प्रदर्शन भएको छ । आरक्षण बचाउ आन्दोलन संयोजन समिति सिरहाको आयोजनामा लहानको शहीद चोकमा गरिएको प्रदर्शनमा प्रहरीसँग करिब एक घण्टा घम्साघम्सी भयो ।

आरक्षण बचाऔं आन्दोलनको आदिवासी जनजातिको अगुवाइमा प्रदेश ५ मा पनि आन्दोलनको प्रभाव खास देखिन सकेन् । शनिबारको परीक्षा असफल पार्ने र बिथोल्ने उद्देश्यसहित आन्दोलन घोषणा गरे पनि आन्दोलनकारीहरु प्रभावकारी ढंगबाट परीक्षा केन्द्रहरुमा समेत पुग्न सकेनन् । बुटवलका ३४ वटा परीक्षा केन्द्रमध्ये कुनै पनि केन्द्रमा आन्दोलनकारीहरु बिहान ७ बजे पुग्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank