किरिया बस्ने तयारी गरेका बालकद्धयलाई मन्दिरमा पुजारीबाट जातीय विभेद

दलित अनलाईन असार २३, २०७६

बागलुङ–गल्कोट नगरपालिका–१, दुदिलाभाटी बजारस्थति रहेको शिवालय मन्दिरका पुजारीले किरिया बस्ने तयारी गरेका दुई बालकलाई विभेद गरेका छन् ।
शिवालय मन्दिरका पुजारी बलाराम सुवेदीले किरिया बस्नु अघि बर्तबन्धनका लागि मन्दिर पुगेका अर्जुनबहादुर सुनार र कर्णबहादुर सुनारलाई दलित भएकै कारण बर्तबन्धन नगरी विभेद गरेका हुन् ।
आइतबार गाउँमा रहेको शिवालय मन्दिरमा जुम्लाह बालकद्धय बाबुका किरिया बस्नु अघि मन्दिरमा गएर बर्तबन्धन गर्न आफन्तका सहयोगमा पुगेका थिए । मन्दिरमा पुगेका उनीहरुलाई मन्दिरका पुजारी बलाराम सुवेदीले मन्दिरका मूल ढोका नखोलि बर्तबन्धन नगर्ने अडान दोरा¥याँदै विभेद गरेको पीडितहरुको भनाई छ ।
पुजारी बलाराम सुवेदीलाई दलित समुदायका बालकहरुलाई आफुले बर्तबन्धन नगर्ने अडान लिदै मन्दिरको ढोका बन्द गरी मन्दिरभित्र बसेपछि उनीहरुले धार्मिक विधि अनुसार मन्दिर बाहिर बसेर बर्तबन्धन गरेका थिए । बालकहरुलाई मन्दिर लिएर गएका मनप्रसाद सुनार, गनप्रसाद सुनार र सोमबहादुर सुनारले शिवालयका मन्दिरका पुजारी सुवेदीसँग पटक पटक विन्ती गरेपनि पुजारीले बर्तबन्धन गर्न इन्कार गरेको उनीहरुको भनाई छ ।
बालकका बाबु ताराबहादुर सुनारको गत शुक्रबार कुवेतमा आकास्मीत निधन भएर यो हप्ता नेपाल ल्याउने तयारी भइरहेको छ । बाबुको किरिया बस्नुअघि छोराहरुको बर्तबन्ध हुनुपर्ने मान्यताका कारण उनीहरुका बर्तबन्धन गर्न मन्दिर लगिएको थियो ।
५ वर्ष अघि स्थानीय निलबहादुर खड्काले आफ्नै लगानीमा मन्दिर निर्माण गरी समाजलाई हस्तान्तरण गरेका थिए । दुदिलाभाटीका स्थानीयको सल्लाहमा नै बलाराम सुवेदीलाई मन्दिरको पुजारी बनाइएको छ । मन्दिरमा पुजारी भएपछि सुवेदीले पटक पटक मन्दिरमा जातीय विभेदको व्यवहार गदै आएको दलित समुदायको दावी छ । २०७४ सालको शिवरात्रीमा पनि मन्दिरमा दलित समुदायका महिलालाई पुजा गर्न पुजारीले रोक लगाएका थिए । पुजारी सुवेदीले जातीय विभेद गरेको गाउँलेहरुलाई जानकारी भएपछि स्थानीयहरुले गाउँभेला राखेर पुजारीले गरेको जातीय छुवाछूतको घटनालाई साम्य पारिएको थियो ।
बलकद्धयलाई विभेद गर्ने पुजारीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने दलित समुदायको माग छ । जातीय छुवाछुत तथा कसुर सजाय ऐन २०६८ अनुसार र नयाँ संविधान अनुरुप कारवाही प्रक्रिया अगाडि बढाउने उनीहरुको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank