गुल्मीमा जनप्रतिनिधिलाई नै गरियो विभेद , मन्दिरमा दिइयो पातमा टिका

प्रेम सुनार ३ असार २०७६, मंगलवार १२:४२

प्रेम सुनार
गुल्मी–गुल्मीको वस्तु गाउँ जातीय विभेदको अखडा बन्दै आएको छ । आफुलाई शिक्षित र सभ्य समुदायको गाउँ भनेर चिनाउन चाहने धुर्कोट गाउँपालिका वडा नम्वर ५ साविक वस्तु गाविसमा दलित समुदायका जेष्ठ नागरिकहरुलाई जातिय विभेद गरेको समाचार सेलाउन नपाउँदै मंगलवार विहान दलित समुदायका अबोध ५ महिना बालकमाथि जातीय विभेद गरिएको छ ।

धुर्कोट गाउँपलिकाका वडा सदस्य टिका विश्वकर्माको नाति ५ महिनाका बालक ग्रेसन विकमाथि विभेद गरिएको हो । मंगलवार विहान नातिलाई सातो फुकाउन भन्दै विश्वकर्माकी श्रीमति सिता विश्वकर्माले लिएर त्यहाँको ऐतिहासिक कालिका मन्दिरमा लगेर गएकी थिईन ।

अन्य जातिका बालबालिकाहरु पनि त्यहाँ पुगेका थिए । पुजारी झबिन्द्र पोखरेलले अन्य जातिका बालबालिकाहरुलाई मन्दिर भित्रै लगेर टिका लगाई दिए । सिता विश्वकर्माका पाँच महिनाका नातिलाई मन्दिर भित्र पस्न दिईएन । पुजारी पोखरेलले मन्दिर बाहिरै राख्न लगाए । भित्रबाट पातमा टिका लिएर पुजारी पोखरेलले लगाउन भनि दिए ।
सिता विश्वकर्माले त्यसको विरोध गरिन । पुजारी पोखरेलले बरु म पुजा गर्न छाड्छु र मर्न परे पनि मर्छु तर म आफुले टिका लगाई दिन्न भनेर अडान लिए । विवाद निकै बेर चल्यो , दलित समुदायका मानिसहरु दर्जनौ जुटे तर त्यहाँका आफुलाई शिक्षित सम्भ्य र समाज सुधार गर्ने व्यक्ति भनेर औपचारिक कार्यक्रममा दावी गर्नेहरु एक जना पनि आएनन ।
बरु बालबालिकाहरु जुटेका थिए । जबकी जनप्रतिनिधी टिका विश्वकर्माका छोरा संजिव विश्वकर्माले क्षेत्री समुदायकी छोरी मनिषा केसीलाई विवाह गरेका हुन । उनै केसीको कोखबाट जन्मिएका छोरा ग्रेशन त्यो पनि पाँच महिनाको बालकमाथि त्यसरी जातीय विभेद गर्नु लज्जा स्पद मात्रै नभएर खेदजन्य भएको वडा सदस्य टिका विश्वकर्माले बताए ।
श्रीमति र नातिलाई मन्दिरमा विभेद गरेपछि केही समयपछि वडा सदस्य टिका विश्वकर्मा पनि मन्दिरमा नातिलाई लिएर गएका थिए । तर उही पुजारीले श्रीमतिलाई भनेजस्तै आफुले मन्दिर प्रवेश गराएर टिका लगाउन नसक्ने भनेपछि वडा सस्दय विश्वकर्मा घर फर्किएका थिए ।

स्मरण रहोस जेठ १ गते देखि सञ्चालनमा आएको जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा त्यहाँका दलित समुदायका बृद्धालाई विभेद गरेर केहि दलित अनलाईन समाचार आए पछि त्यस सञ्चालक समितिले खण्डन गर्दै कुनै प्रकारको विभेद नगरेको दावी गरेका थिए ।
पछिल्लो यो घटनाले उनीहरुको दावी त्यहाँका दलित समुदायको शब्दमा ‘दलितलाई सक्दो दबाउने कुरा उठे स्याल भाका मिलाउने’ भने जस्तै भएको छ ।
त्यस कालिका मन्दिर पुजा व्यवस्थापन समितिका अध्यक्ष भुपाल भण्डारीसँग ५ महिनाका बालकमाथि सम्म यस्तो विभेद ? भन्ने प्रश्न गर्दा उनले म आफु त्यति बेला नभएको, अरु सबैलाई निधारमा टिका लगाई दिदा ती बालकलाई पनि नलगाई दिनु पर्ने , कुनै कारण नभएको भन्दै अब त्यस्तो विभेद भए म आफु जिम्मेवार बन्ने उनले बताए ।
वडाका वडाध्यक्ष ढुृण्डिराज भण्डारी,धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले एकैचोटी परिवर्तन ल्याउन मुस्कील परेको तर जातीय विभेद गर्नेहरुलाई उजुरी परे अब कानुन अनुसार कार्बाही गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank